जिटिएको वार्ताको पत्र विनय तामाङलाई आउने वित्तिकै विमल खेमा किन रातारात ‘गोर्खाल्याण्डपन्थी’ बने?

विज्ञापन

आलोचना

रोशन गिरीहरूलाई हर्षित देखियो। जिटिएको रिभ्यु बैठक स्थगित हुँदा भुपेन्द्र यादव र गृहमन्त्रीलाई धन्यवाद पो दिए। यो धन्यवाद किन? पोस्पोन गरेकोमा। के पोस्पोन? जिटिएको रिभ्यु बैठक। किन? किन भन्दा यो वैठकको पत्र विनय तामाङकोमा पुग्यो। त्यो पोस्पोन गरिएको वार्ता फेरि गर्दा पत्र विमलकोमा पुग्नुपर्छ। त्यसैले त विष्टजी भन्छन्, ‘लोकतन्त्रमा जनताद्वारा निर्वाचित नगरिएका व्यक्तिहरूले प्रतिनिधि गरिरहेका हुदैनन्।  ‘जिटिएको रिभ्यु बैठकको पत्र विनय तामाङकोमा कसरी पुग्यो, पुग्नुपर्ने त विमलकोमा हो, किन भने विनय तामाङको दल चुनाउमा हारेको छ, विमलहरूले जितेको छ। त्यसैले यो गडबडी भयो, त्यसैले सरकारको स्पष्टिकरण पर्खौं, नआत्तौं’-विष्टले यही भनेका त हुन्। होइन र?


सपना छेत्री


२७ जुलाई २०२० मा जिटिए रिभ्यु मिटिङको निम्ति जिजिएम अध्यक्ष बिनय तामाङ र जिटिए चेयरमेन अनित थापालाई निमन्त्रणा पत्र पठाएको छ भनेर मिडियामा आए पश्चात् दुवैले यो मिटिङ दि गोर्खाल्यान्डको निम्ति हो भने जानेछौँ भनेर आफ्नो पक्ष राखे।

त्यसपछि भाजापाका घटक दल वा भाजपा समर्थितहरूको टिप्पणी भटाभट आयो।

३१ जुलाई २०२०-को प्रेस विज्ञप्तीमा सांसद राजु विष्टले भने, म सबैलाई  यस प्रस्तावित बैठकको महत्व र परिणीतिहरूबारे अडकलबाजी गर्नुको साटो गृहमन्त्रालयद्वारा डाकिएको बैठकको प्रकृति र उद्देश्यबारे थप स्पष्टीकरणको प्रतीक्षा गर्न अनुरोध गर्न चाहन्छु।

यो वयानले धेरै अर्थ बोकेको थियो। एउटा सोझो अर्थ हो, पत्र पठाउनुपर्ने एउटालाई थियो, पुग्यो अर्कोलाई। सरकारीपक्षको पत्रले विमल खेमाले मागेको वार्ता जिटिएकै हो भन्ने पुष्टि गर्छ। तर पत्र अर्कोतिर पुग्दा समस्या जन्मियो।

नत्र राजु विष्टले कुन ‘थप स्पष्टिकरण’-को प्रतीक्षा गर्न आह्वान गरेका हुन् त?

भाजपाको घटक दल जिजिएम (बिमलपन्थी)-का महासचिव रोशन गिरीलेले आफ्नो बयान सोही दिन दिए। उनले भने, भाजपाले आफ्नो सङ्कल्प पत्रमा पनि गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) पार्टीको मुद्दा स्थायी राजनैतिक समाधान र छुटेका एघार जात गोष्ठीलाई मान्यता गर्ने बिषय नै समावेश गरेको छ।

राजु विष्टले सरकारको स्पष्टिकरणको प्रतीक्षा गर्नु भनेर जुन गडबडलाई सङ्केत गरेका थिए, त्यसलाई जिटिएको रिभ्यु बैठक स्थगित गरेपछि आएको गिरी वयानले पुष्टि गऱ्यो।

विनय तामाङको मेलमा पत्र पुगेपछि विमल खेमाहरूको रातारात दोडधुप भएको गिरीको वयानले देखायो। गिरीअनुसार उनीहरूले भूपेन्द्र यादवलाई भेटे। भेटेर सबै वास्तविकता बताए। मानिलिउँ, विमल खेमाले जिटिएको रिभ्यु होइन स्थायी राजनैतिक समाधानको मागको वार्ता गरे। भूपेन्द्र यादवले गल्ती भएको महसुस गरे। बताउनेले यथार्थ बतायो, बुझ्नेले पनि बुझ्यो। त्यसो हो भने हुनुपर्ने के हो त?

हुनुपर्ने जिटिएको रिभ्यु बैठक खारेजी होइन र। हुनुपर्ने त स्थायी राजनैतिक समाधानको वार्ता हो। तर भयो के?

भयो के भने, जिटिए रिभ्यु पोस्पोन भयो।

हुनुपर्ने खारेज हो। तर भयो पोस्पोन।

हुनुपर्ने पिपिएसको वार्ताको घोषणा हो, भयो जिटिए रभ्युको तारिक स्थगित।

स्थगित भनेको केही समयपछि वार्ता गर्ने भनेको हो। केहीपछि वार्ता केमा हुन्छ त फेरि? स्पष्ट नै त छ, वार्ता त जिटिएकै हुन्छ।

तारिक मात्र सऱ्यो समस्या त त्यत्तिकै बस्यो त।

तरै पनि रोशन गिरीहरूलाई हर्षित देखियो। जिटिएको रिभ्यु बैठक स्थगित हुँदा भुपेन्द्र यादव र गृहमन्त्रीलाई धन्यवाद पो दिए। यो धन्यवाद किन? पोस्पोन गरेकोमा। के पोस्पोन? जिटिएको रिभ्यु बैठक।

किन? किन भन्दा यो वैठकको पत्र विनय तामाङकोमा पुग्यो। त्यो पोस्पोन गरिएको वार्ता फेरि गर्दा पत्र विमलकोमा पुग्नुपर्छ। त्यसैले त विष्टजी भन्छन्, ‘लोकतन्त्रमा जनताद्वारा निर्वाचित नगरिएका व्यक्तिहरूले प्रतिनिधि गरिरहेका हुदैनन्।

 ‘जिटिएको रिभ्यु बैठकको पत्र विनय तामाङकोमा कसरी पुग्यो, पुग्नुपर्ने त विमलकोमा हो, किन भने विनय तामाङको दल चुनाउमा हारेको छ, विमलहरूले जितेको छ। त्यसैले यो गडबडी भयो, त्यसैले सरकारको स्पष्टिकरण पर्खौं, नआत्तौं’-विष्टले यही भनेका त हुन्। होइन र?

यो कुरा सही हो भनेर केले पुष्टि गर्छ त?

रोशन गिरीको विज्ञप्तीमा रहेको ब्राकेटभित्रको ‘गोर्खाल्याण्डपन्थी’ शब्दले। जिटिएको वार्ता स्थगित गरेको खुसीमा आभार व्यक्त गर्दै आएको विज्ञप्तीमा अचानक ब्राकेटभित्र ‘गोर्खाल्याण्डपन्थी’ किन आयो?

कुरा स्पष्ट छ, मैले माथि उल्लेख गरेको गडबडी भयो। त्यसैले। सरकार विमल र विनयमा झुक्कियो। त्यसैले नझुक्कोस् भनेर गोर्खाल्याण्डपन्थी लेख्न बाध्य पऱ्यो।

विमल खेमाको मुद्दा यदि गोर्खाल्यान्ड हो र भूपेन्द्र यदावलाई रोशन गिरीले स्पष्ट कुरा बुझाएका हुन् भने जिटिए मिटिङ खारिज हुनुपर्ने होइन त?

मिटिङको बिषय जिटिए छ , न त पिपिएस छ न त ११ जनजाति, न त गोर्खाल्यान्ड। पोस्पोन हुँदैखेरी गिरीहरूले हर्कबढाई गर्नुले के बताउँछ?

मिटिङ पोस्पोन गरेको मेल पनि विनय तामाङलाई नै आयो। यसरी वार्तामा बोलाउँदा पनि विनय तामाङकोमा नै मेल आउनु, स्थागित गर्दा पनि विनय तामाङकोमा नै आउनु अनि रातारात विमल खेमा विज्ञप्तीमा ‘गोर्खाल्याण्डपन्थी’ हुनुले वास्तविकता छर्लङ्ग पारेन र?

कुरा के स्पष्ट छ भने, अब हुने वार्ताको बिषय जिटिए नै हो र त यादवले स्थगित गरे।  गिरीहरू गोर्खाल्याण्डपन्थी नै हुनु हो त यादवले स्थागित होइन वार्ता खारेज गरेर गोर्खाल्याण्डको निम्ति वार्ता गर्ने नोटिस सार्वजनिक गर्थे। जिटिएकै बैठक स्थगित गराउँदा गिरीहरूको खुसी ‘वार्ताको चिट्ठी गलत ठाउँमा पुगेको थियो, धन्न त्यसलाई रोकियो’ भन्नेमा हो भन्ने स्पष्ट भएन र?

वार्ता खारेज गरिएको भए विमल खेमाको हर्कबढाई जायज हो भन्नु।

यसरी जनतालाई धोकामा राख्नु हुँदैन। साधारण जनताले राजनीति बुझ्दैन भन्दैमा यस्तो चलखल गर्नु राम्रो होइन। साँच्चै राजु विष्ट इमान्दार छन् भने उनले शीघ्र नै घटक दल लिएर बैठक गरुन् र जिटिएको होइन गोर्खाल्याण्डको निम्ति वार्ताको नोटिस मागुन्। जिटिएको चिट्ठी गलत ठाउँ पुगेकोमा स्पष्टिकरण नमागुन्।

अहिलेसम्म त स्थायी राजनैतिक समाधानको नाममा जिटिए-3 को एक्सरसाइज भइरहेको छर्लङ्ग भइसक्यो। यसरी सरासरी झुक्याएर जनतालाई ठग्नु हुँदैन। यस्तै अइमान्दारीको कारण, रणनीतिहिनताको कारण पहाड विभाजित हुनु परेको हो।

अलग राज्य र स्थायी राजनैतिक समाधानको निम्ति भाजपासित राजनैतिक इच्छाशक्ति हुँदो हो त  लद्दाखजस्तो राज्य सरकारको कुनै मत बिना नै नयाँ युनियन टेरिटोरी अथवा राज्य नै निर्माण गरिसक्नुपर्ने। वार्ता किन चाहियो? मेनिफेस्टोमा उल्लेख गरेको मुद्दालाई लागू गर्नुपर्ने बेला फेरि वार्ता, त्यो पनि जिटिएको। यसले तर गोर्खाप्रति भाजपाको कुनै इच्छाशक्ति छैन भन्ने नै बुझाउँछ।

वार्ता बिना नै भाजपाले गोर्खाल्याण्ड राज्य घोषणा गर्नुपर्ने हो। तर यसो नगरेर फेरि वार्तामा अल्झाउनुले भाजपाले गोर्खालाई चुनाउमा प्रयोग मात्र गरिरहेको हो भन्ने पुष्टि गर्छ।

यी गतिविधिहरूले गोर्खाको मुद्दालाई फेरि चुनावी रणनीतिको लागि प्रयोग गरेको बुझिन्छ। गोर्खाले भाजपालाई जनमत दिइसकेको छ। फेरिफेरि जनमतको आवश्यकता नै छैन।

भाजपाले केवल बचन पूरा गर्नु पऱ्यो। तर त्यसो नगरेर  वार्ता गराउने खेल चुनावको राजनैतिक युद्ध मात्र हो भन्ने बुजिन्छ।

अन्त्यमा यी जम्मै चलखेलहरूले गोजमुमो विनय खेमाका अध्यक्ष विनय तामाङ अनि सचिव अनित थापाले भनेका ‘गोर्खाल्यान्डलाई गठबन्धनले चुनावी बाजारीकरण गरिरहेछ। सत्ताको निम्ति उनीहरू आफै पनि आशे हुँदै जनमानसलाई पनि आशे मात्र बनाइरहेछ’ भन्ने कुरालाई नै सत्य साबित गर्दैन र?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया