अलगढा बजारमा आगलागी, आठवटा दोकान जलेर नष्ट

विज्ञापन

कालेबुङ, 7 अगस्त:


राती लगभग 12 बजीतिर अलगढा बजारमा आगलागी हुँदा आठवटा दोकान जलेर नष्ट भएको छ। अलगढा बजारमा रहेको दूईवटा लुगा दोकान, एउटा राशिन दोकान, एउटा रेस्टुरेन्ट, एउटा गिफ्टगाउस, टेलर दोकान, सेलुन  लगायत आठवटा दोकान आगलागीको चपेटमा परेको छ।

स्थानीय सुमित छेत्रीले दिएको जानकारी अनुसार राती आगलागी भएको थाहा पाएपछि स्थानीयहरू अनि अलगढा पुलिसले आगोलाई नियन्त्रणमा ल्याउन भरसक प्रयास गरेका थिए।

कालेबुङबाट अग्निशन विभागको गाडी पनि घटनास्थलमा पुगेपछि आगोलाई नियन्त्रण गर्न सकिएको थियो। सट सर्टिकको कारण आगजनी भएको हुनसक्ने अनुमान गरिएको छ।

पीडितहरूका अनुसार कोरोना भाइरसको कारण अघिदेखि नै व्यवासायीहरूलाई आर्थिक समस्या त छँदैथियो। त्यसमाथि झनै आगजनी भएपछि अझ ठूलो समस्या आइपरेको छ। यसैले पीडितहरूले सरकारबाट सहयोगको आशा गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया