बन विभागले विज्ञापनमा गऱ्यो फेरबदल: नेपाली भाषालाई पनि गऱ्यो अन्तर्भुक्त

कालेबुङ, 7 अगस्त:

पश्चिम बङ्गाल सरकारले गत 22 जुलाईमा 2 हजार ‘बन सहायक पद’-मा भर्तीको निम्ति जारी गरेको विज्ञापनलाई फेरबदल गर्दै नयाँ अधिसूचना जारी गरेको छ। पुरानो अधिसूचनामा बङ्गाली भाषा पढ्नसक्ने अनि लेख्नसक्नेको निम्ति मात्र 60 अङ्क छुट्टाइएको थियो। नयाँ अधिसूचनामा नेपाली लगायत राज्यको सबै मान्यताप्राप्त भाषाहरूलाई समान मान्यता दिने बताएको छ।

दार्जीलिङका सासंद राजु विष्ट, विधायक निरज जिम्बा अनि जीटीए अध्यक्ष अनीत थापाले यसबारे पश्चिम बङ्गाल सरकारको भेदभावपूर्ण नीतिको विरोध गर्दै राज्यलाई पत्रचार गरेका थिए। यसै सम्बन्धमा दार्जीलिङका विधायक निरज जिम्बाले एउटा प्रेस विज्ञप्ति जारी गर्दै पश्चिम बङ्गाल सरकारप्रति आभार प्रकट गर्दै सबैको संयुक्त प्रयासको कारणले नै नयाँ अधिसूचना जारी गराउनमा सफल भएको दावी गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन