विमलपक्षले रूदेन लेप्चा अनि विनयपक्ष विरूद्ध प्राथमिकी दर्ता गर्न चाहने:  मारवाडी समुदायले दिएको योगदानको उपहास भएको छ-अनील लोप्चन

विज्ञापन

कालेबुङ, 7 अगस्त: गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङपक्षले गोजमुमो केन्द्रिय सदस्य रुदेन लेप्चा अनि गोजमुमो विनय तामाङपक्षविरूद्ध प्राथमिकी दर्ता गर्ने चाहने भएको छ। प्राथमिकी दर्ता कहिले गर्ने सो स्पष्ट नरहे पनि गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय उपाध्यक्ष अनील लोप्चनले जारी गरेको प्रेस विज्ञप्तिमा एफआईआरको प्रसङ्ग उल्लेख छ।

‘रुदेनज्युले गर्ग र घोषको नाममा तमाम अल्सङख्यक सुमदायलाई प्रत्यक्ष वा परोक्षरुपमा चेताउनी दिएर मानसिक यातना दिएका छन्’-गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय उपाध्यक्ष अनीत लोप्चनले भनेका छन्, ‘युवा मोर्चा यस विज्ञप्ति मार्फत नै रुदेन लेप्चाज्यु र वहाँको पार्टी विरुद्ध एफआईआर दर्ता गर्न चाहन्छौँ।’

लोप्चनले पुलिस प्रशासनलाई पनि अवगत गराउँदै कुनै पनि सत्तामा कुनै पनि पार्टी स्थायी नहुने कुरा जनाएका छन्।

विज्ञप्तिमा अझ भनिएको छ, ‘गत ६ अगस्टमा विनयपन्थी नेता रुदेन लेप्चाज्युले पप्पुज्यु (आनन्द गर्ग) र घोषज्यु(समीर घोष)-हरुलाई लिएर एउटा प्रेस वार्तामा अल्पसङ्ख्यक समुदाय माथि जुन बयानबाजी दिए त्यस निन्दनीय र निम्न स्तरीय सोचको युवा मोर्चा घोर भत्सर्ना जनाउँदछ। दशकौँदेखि नङ र मासु जस्तो सम्बन्ध रहेको बहुसङ्ख्यक र अल्पसङ्ख्यक पहाडवासीको न्यानो सम्बन्धमा बिष घोलेर आफ्नो राजनैतिक रोटी सक्ने यस प्रकारका स्वार्थी तत्वहरुसित सँधै पहाड चनाखो बस्न पर्ने समयरहेको छ।’

विज्ञप्तिमा भनिए अनुसार गोर्खा जातिले सदेव मैत्री-प्रेम, भाइचारा, सम्प्रदायिक सद्भावना कसरी कायम राख्न पर्छ अथवा “अनेकतामा एकता” भन्ने उदाहरण देशलाई नै प्रदान गरिरहेको समयमा रुदेन लेप्चा र वहाँको पार्टीको वयानले कतै पनि राम्रो हुँदैन भन्ने लोप्चनलाई लागेको छ।

‘हाम्रो जाति जहाँ अल्पसङ्ख्यकमा बसोबासो गरिरहेका छन् त्यहाँ हाम्रोहरुलाई असुरक्षा हुने छ साथै स्वतन्त्र पूर्वदेखि हाम्रो पहाडको उन्नतिको निम्ति मारवाडी समुदायले दिएको योगदानको उपहास भएको छ, जो कसैले पनि हाम्रो भूभागको चौर्तफी विकास गर्नमा सहयोग गरेका छन् उनीहरु प्रति धन्यवादी हुन पर्छ न कि पुर्वाग्रहले ग्रसित भएर आफ्नो स्वार्थसिद्धको निम्ति सबैलाई मोलेर जोखिममा हाल्नु नहुने अनि नेतृत्वहरुले बयानबाजी गर्दा वर्तमान र भविष्यमा हुने दुर्गामी प्रभावलाई मध्यनजर राखेर बोल्न पर्ने सुझाव युवा मोर्चा राख्दछ’-विज्ञप्तिमा भनिएको छ।

पहाडमा सबै यतिका दिनसम्म शान्ति श्रृङखला, सम्प्रदायिक सद्भावनालाई बँचाएर मैत्री-प्रेमभावले बसिरहेको भएपनि रुदेन लेप्चाको बयानले शान्ति श्रृङखलामा आँच आएको अनि केही घटना भए रुदेन लेप्चा, उनको दल अनि उनीहरूलाई पालन पोषण गर्ने प्रशासन दायी हुने बताइएको छ।

विज्ञप्तिमा विमल गरुङद्वारा नेतृत्व गरिरहेका गोजमुमो पार्टीले आफ्नो दलको स्थापनाकालदेखि अल्पसङ्यक समुदायको सुरक्षा र हितको निम्ति कार्य गरिरहेको उल्लेख गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया