वन विभाग मन्त्रीलाई अनीत थापाको आभार

विज्ञापन

कालेबुङ, 7 अगस्त:  वन विभाग,पश्चिम बङ्गाल सरकारले “बन सहायक” पद को निम्ति नयाँ अधिसूचना निकाल्दै नेपाली लगायत राज्यको सबै भाषाहरूलाई समान मान्यता दिएकोमा जीटीए अध्यक्ष अनीत थापाले राज्यका वन मन्त्री राजीव व्यनार्जीलाई पहाडका नेपाली भाषी परीक्षार्थीको तर्फबाट आभार प्रकट गरेका छन्।

गत 22 जुलाईका दिन “बन सहायक” पद को निम्ति निस्केको विज्ञापन अनुसार वनविभाग अन्तर्गत कालेबुङ अनि दार्जीलिङ डिभिजन लगायत राज्यभरी कुल 2000 अस्थायी पदको नियुक्ति हुने भएको थियो। त्यस नियुक्तिको निम्ति मागिएको शैक्षिक योग्यतामा बंगाली भाषा बोल्नेलाई 30 अंक, लेख्नेलाई 30 अंक अर्थात कुल 60 अंक छ भने नेपाली भाषाको कुनै उल्लेख थिएन।

‘१ अगस्त २०२० को दिन बन विभाग मन्त्री राजीव व्यानर्जीलाई पत्राचार गरेर जीटीए क्षेत्र अनि गोर्खा बाहुल्य तराई अनि डुवर्स क्षेत्रका नेपाली भाषी परीक्षार्थीको निम्ति यो मापदण्ड छूट दियाजावस् या नेपाली भाषालाई पनि अन्तरभुक्त गरियोस भनी पत्राचार गरेको थिए’-थापाले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मन्त्री महोदयले हाम्रो निवेदन अवश्य सुन्नु हुनेछ अनि नेपाली भाषाको सम्मान गर्दै नेपाली भाषी गोर्खा भाई बहिनीहरूलाई यो पदको नियुक्तिमा प्रतियोगी हुने उचित अनि समान मौका दिनेछन भन्ने मेरो विश्वास थियो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया