भोलदेखि जीटीए क्षेत्र खुल्ला: केवल कन्टेनमेन्ट जोनमा मात्र हुने लकडाउन

विज्ञापन

दार्जीलिङ, 8 अगस्त: भोलिदेखि जीटीए क्षेत्रमा लकडाउन नहुने भएको छ। जीटीएले दुई सप्ताहदेखि दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक नगरपालिका लगायत केही बजारहरूमा लकडाउन गरिरहेको थियो। दुई हप्ता लकडाउन पूर्ण भएपछि आज जीटीए अध्यक्ष अनीत थापाले एउटा प्रेस विज्ञप्ति जारी गर्दै अब लकडाउनलाई अघाडी नबढाएको घोषणा गरेका छन्।

‘संक्रमणको अवस्था हेरेर, भविष्यमा हामी लक डाउन केवल कनटेनमेन्ट (Containment) क्षेत्र मा मात्र लगाउने छौं’-थापाले भनेका छन्, ‘म यो घोषणा गर्दैछु कि अहिले चलिरहेको जीटीएको पूर्ण लक डाउनलाई बढाइएको अथवा विस्तार गरिएको छैन।’

संक्रमणको अवस्था हेरेर, भविष्यमा लक डाउन केवल कनटेनमेन्ट (Containment) क्षेत्र मा मात्र लगाउने जीटीएले निर्णय गरेको छ।

जीटीएले लकडाउन नबढाउने निर्णय गरेपनि स्वास्थ्य निर्देशको पालन गर्दै मास्क अनिवार्य रूपमा लगाउन आह्वान गरिएको छ। विज्ञप्तिमा अनीत थापाले अझ भनेका छन्, ‘यदि अहिले गर्दै गरेको जाँचको प्रवाह (ट्रेन्ड) लाई निरन्तरता दिनु सक्यौं भने, जुन असल अनि उत्साहवर्दक छ, हामी आगामी सप्ताह भित्र कोरोना संक्रमणको रेखालाई समतल बनाउन सक्षम हुनेछौं।’

जीटीएले लकडाउनलाई अघाडी नबढाउने निर्णय गरेपनि राज्य सरकारले भने अघिबाट नै लकडाउनको केही तारिखहरू निर्धारित गरिसकेको छ। सरकारले पहिलेको तारिखहरूमा केही फेरबदल ल्याउँदै 20 अनि 21 अगस्त र 27 अनि 28 अगस्तको दिन लकडाउन घोषणा गरेको छ। 31 अगस्तको पूर्वघोषित लकडाउनमा फेरबदल गरिएको छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया