साम्प्रदायिक भेदभाव बढाउने बहसहरू बन्द गरिदिनुहोस्- अनित थापा

विज्ञापन

अनुरोध

म रूदेनज्युलाई पनि बिन्ती गर्छु, हामी गोर्खा समुदायका हौं। यहाँ राजनीतिमा पनि गोर्खा कै नेतृत्वमा राजनीति चलाउने प्रथा छ। यहाँ काम गर्दा भिजन लिएर नै काम गर्नु पर्छ। कसैले ताण्डव मचाउँदा हामीलाई पनि मनमा लाग्छ। तर जसले ताण्डव मच्चायो उ माथि नै हामी बर्सिनु पर्छ।सम्पूर्ण समुदायलाई मुछ्नु हुँदैन। जसले भूल गर्दैछ उसैलाई बोलाएर  कुरा बुझेर, सम्झाएर समाधान गर्नु पर्छ। समुदायलाई नै मुछ्दा घटनाले ठूलो रूप लिँदैछ। रूदेनज्यूले पनि व्यक्तिगत रूपमा गोर्खाहरू माथि थिचो मिचो हुँदैछ भन्ने महसुस गरेर, एउटा समुदायलाई घात पर्ने कुरा बोल्नु भयो।त्यसरी नै दार्जीलिङका विमल झावर भाईले पनि बोल्नु भयो। सही ढङ्गमा नबोल्दा कुरा बिग्रेर गयो। झावर भाईले पनि गोर्खा सक्षम छैनन्, यहाँ समस्या भयो भने बाहिर बस्ने गोर्खालाई धेरै समस्या हुन्छ भन्ने जस्ता बयान दिए। बोल्दा खेरी सोचेर बोल्नुपर्छ। यस्ता साना साना वाक्यहरूले ठूलो रूप लिनसक्छ।


अनित थापा


आज फेरि तपाईंहरू समक्ष यसरी आउनु पऱ्यो। हिजो मात्र म कालेबुङ आइपुगें। कालेबुङमा एक सप्ताह अघि कोभिडको रोकथाम गर्न डाकिएको लक डाउनको समयमा, एउटा झुण्डले सडकमा उत्रेर नाराबाजी गरेका थिए। म सबै धर्मलाई सम्मान गर्छु। त्यस बेला पनि मैले यो विषयमा तरिका ठीक भएन भनेको थिएँ अनि आज पनि त्यही भन्छु।

राम मन्दिर बनाउँदा सबै खुशी छन्। मन्दिर निर्माणको पावन अनुष्ठानको दिन मेरो घरमा पनि मेरा आमा बाबाले अनुष्ठान राम्ररी समापन होस् भनेर पूजा गर्नु भयो। तर मैले त्यति बेला पनि निवेदन गरेको थिएँ कि धर्मको नाममा राजनीति नगर्नु होस् अनि आज पनि म त्यही निवेदन गर्छु।

पहाडको संस्कारमा हामी पहिलादेखि नै मिलेर बसेका छौं अनि म भोलिको दिनमा पनि मिलेर नै बस्न चाहन्छु। पहाडमा मारवाडी, बिहारी, भोटिया, नेपाली सबै नङ र मासुको सम्बन्ध राखेर आजसम्म मिलेर बसेका छन् अनि भोलिको दिनमा पनि यसरी नै मिलेर बसेको म हेर्न चाहन्छु।

दार्जीलिङ पहाडको इतिहासमा कहिले पनि साम्प्रदायिक अमेल अनि झगडा घटेको थिएन अनि भोलिको दिनमा पनि यस्तो घटना नघटोस्।

यही सन्दर्भमा, अहिले एक अर्कामा भनावैरीको कारणले साम्प्रदायिक भेदभावको भावना सृजना भएको देख्दैछु। गोर्खा अनि मारवाडीको बहसले पहाडलाई नै असमञ्जसमा पारेको छ। आजदेखि अन्योलता ल्याउने चिजलाई यहीँ नै बन्द गर्नुपर्छ।

म सबैलाई निवेदन गर्छु यो बायनबाजीको क्रमलाई यही बन्द गरौं। आजकल खबर निकाल्नु सजिलो भएको छ। हातमा मोबाइल छ। भिडियो बनायो सोसल मिडियामा पोस्ट गऱ्यो खबर बनी हाल्छ। सोसल मिडियामा पनि सकारात्मक कुराहरू लिएर जाऔँ। सोसल मिडियामा पहाडको विकास, उन्नति अनि रोजगारको कुरामा बहसहरू होस्। नकारात्मक कुराहरू विषय बोल्दा यही कुराले ठूलो रूप लिनसक्छ।

म रूदेनज्युलाई पनि बिन्ती गर्छु, हामी गोर्खा समुदायका हौं। यहाँ राजनीतिमा पनि गोर्खा कै नेतृत्वमा राजनीति चलाउने प्रथा छ। यहाँ काम गर्दा भिजन लिएर नै काम गर्नु पर्छ। कसैले ताण्डव मचाउँदा हामीलाई पनि मनमा लाग्छ। तर जसले ताण्डव मच्चायो उ माथि नै हामी बर्सिनु पर्छ।

सम्पूर्ण समुदायलाई मुछ्नु हुँदैन। जसले भूल गर्दैछ उसैलाई बोलाएर कुरा बुझेर, सम्झाएर समाधान गर्नु पर्छ। समुदायलाई नै मुछ्दा घटनाले ठूलो रूप लिँदैछ। रूदेनज्यूले पनि व्यक्तिगत रूपमा गोर्खाहरू माथि थिचो मिचो हुँदैछ भन्ने महसुस गरेर, एउटा समुदायलाई घात पर्ने कुरा बोल्नु भयो।

त्यसरी नै दार्जीलिङका विमल झावर भाईले पनि बोल्नु भयो। सही ढङ्गमा नबोल्दा कुरा बिग्रेर गयो। झावर भाईले पनि गोर्खा सक्षम छैनन्, यहाँ समस्या भयो भने बाहिर बस्ने गोर्खालाई धेरै समस्या हुन्छ भन्ने जस्ता बयान दिए। बोल्दा खेरी सोचेर बोल्नुपर्छ। यस्ता साना साना वाक्यहरूले ठूलो रूप लिनसक्छ।

यिनै वयानहरूलाई लिएर सोसल मिडियामा कुरा बढेर कहाँदेखि कहाँ पुगिसक्यो। आजदेखि कसैले पनि यो विषयमा बढाई चढाई गरेर नलेखौं। यसलाई यही समाप्त गरौं। हामी पहाडवासी जसरी मिलेर बसेका थियौं त्यसरी नै मिलेर बसौं। कसैले कसैलाई माफ माग्ने कुरातिर पनि नलागौं। फेरि माफ माग्ने क्रमले अर्को समस्या खडा गर्छ।

पहाडमा धेरै दुःख गरेर शान्ति आएको छ। तीन वर्ष भयो यहाँ शान्ति कायम गरेको। सानो कुराले पहाडलाई फेरि अशान्त बनाउन दिदिनँ।

सबैलाई मेरो बिन्ती छ कि पहाडमा धर्म लिएर राजनीति नगरौं। सबै धर्मको सम्मान गर्ने जाति हौं हामी। धर्मको राजनीतिले कुनै दिन ठूलो रूप लिनसक्छ। आफ्नो कर्ममा विश्वास गरेर राजनीति गरौं। पहाडको विकास लिएर राजनीति गरौं। पहाडको रोजगारमाथि राजनीति गरौं। सकारात्मक राजनीति गरौं। पहाडका मानिसहरू सक्षम मानिस हुन्। सबैले देख्दैछन बुझ्दैछन। धर्मको राजनीतिले देशमा दङ्गा फसाद भएको हामीले देखेकै छौं। धर्मको राजनीतिलाई पहाडमा छिर्नु नदिऔं।

पहाडमा सबै जात अनि धर्म मिलेर बस्ने संस्कार छ, यो संस्कारलाई अघि बढाएर लैजाऔँ। पहाडलाई माया गर्नु हुने सबैलाई, यदि तपाईं विकशित दार्जीलिङ, विकसित कालेबुङ हेर्नु चाहनु हुन्छ भने साम्प्रदायिक भेदभाव बढाउने बहसहरू आज नै बन्द गरिदिनुहोस्।


लेखक, जिटिएका अध्यक्ष हुन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया