मिरिकमा मोर्चाको ऱ्यालीः सरकारी कार्यालयमा आएका बङ्गाली अधिकारीहरूलाई नेपाली सिक्न अनिवार्य गर्नुपर्ने उठ्यो माग

मनोहर शर्मा

मिरिक, 26 मई 2017


गोजमुमो मिरिकले आज मिरिकको सम्पूर्ण जनताको पक्षमा बङ्गाल सरकारको भाषिक अतिक्रमणको बिरोधमा एक शान्तिपूर्ण ऱ्याली निकाल्यो। मोर्चाका विभिन्न भातृ सङ्गगठनहरू साथै मिरिकका सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको उक्त ऱ्यालीले महकुमा शासक कार्यालयमा गएर नारावाजी गऱ्यो मोर्चा प्रतिनिधिहरूले मिरिक महकुमा शासक अश्विनी कुमार रोयलाई एक ज्ञापनपत्र बुझायो।

ज्ञापन पत्र महकुमा शासक मार्फत बङ्गालका शिक्षा मन्त्री र मुख्यमन्त्रीलाई प्रेषित गरियो।

ऱ्यालीमा साहित्यकारहरूको उपस्थिति पनि देखियो। कवि विचन्द्र प्रधानले भाषा जाति र साहित्यलाई माया गर्ने हुनाले आजको यो ऱ्यालीमा भाग लिएको बताउँदै बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीलाई माँ माटी र मानुषको सरकारले भातृभाषालाई कसरी अमान्य गर्ने निर्णय गऱ्यो भन्दै मातृभाषा बोल्ने लेख्ने र प्रयोग गर्ने अधिकार सबैमा हुनुपर्छ भने।

उनले बङ्गालका सबै नेपाली बहुल क्षेत्रमा नेपाली भाषालाई नै पहिलो भाषा बनाइनु पर्छ भन्दै भाषिक अतिक्रमण नगर्ने अनुरोध गरे। सौरेनी समष्टिका सभासद एंव मोर्चा मिरिक महकुमा समितिका महासचिव अरूण सिंगचीले नेपाली भाषा नै पहिलो भाषा बनाइनु पर्ने अनि बैकल्पिक भाषाको रूपमा बङ्गला सँगै बिहारी, तेलेगु, मारवाडी, गुजराती, आसमिया, राजवंशी सबै भाषालाई मानिसहरूको रूची अनुसार छान्ने स्वतन्त्रता दिइनु पर्ने माग गरे।

पहाडमा नेपाली बाहेक अन्य विभिन्न भाषीहरू रहेकोले आ आफ्नो इच्छा अनुसार भाषा प्रयोग गर्न पाउनु पर्ने बताए। उनले पहाडमा बङ्गाली भाषा थोप्नुको सट्टा बरू पहाडका सरकारी कार्यालयमा कार्यरत अन्य भाषीहरूलाई अनिवार्य नेपाली भाषाको ज्ञान हुनुपर्ने आदेश तत्काल लागू गराउने माग गर्दै कार्यालयतिर निस्कने नोटिफिकेशन अङ्ग्रेजी सँगै नेपालीमा निकाल्नुपर्ने माग पनि गरे।

आजको बिरोध ऱ्यालीमा सभासदहरू फुबी राई, अरूण घिसिङ अरूण सिंगची, युमो मिरिकका नेतृत्वहरू योगेश गोले, लाडुप घिसिङ, सुनिल प्रधान लगायत अन्य विभिन्न भातृ सङ्गठनका नेतृत्वहरूको उपस्थित रहेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन