आखिर भेटियो फरार कोरोना सङ्क्रमित भीम : तर सकेको छैन पक्राउ गर्न

विज्ञापन

11 दिनदेखि जोरबङ्गलो पुलिस र बन विभागका 150 जना सदस्यहरूको 6 वटा टोलीले तीन माइलको जङ्गलमा रौचिरा खोजी चलाइरहेको थियो। त्यतिले नपुगेर पुलिसले स्निफर डग पनि लगाइरहेको थियो पक्राउ गर्न सकिएन। घना जङ्गलबीच ड्रोन उडाएर खोजियो, तरै पनि फेला पार्न सकिएन। भीम राईलाई यही जङ्गलकै छेउछाउ गाउँलेहरूले तीनपल्ट देखिसकेका छन्। आज एक चालकले सडक छेउमा नै देखे, तर बोलाउँदा बोलाउँदै फेरि भागे भीम राई। त्यसपछि बनविभाग, पुलिस र गाउँलेहरू भीमको पचि लागेका छन्। भीम जङ्गलभित्र छन्, उनको वरिपरि छन् खोजी गर्नेहरू। बसेको ठाउँ पनि पत्तो पाइएको छ, तर पक्राउ गरिहाल्ने हिम्मत कसैले गर्न सकेका छैनन्।


कालेबुङ, 13 अगस्त


लुकाछिपीको किस्सा समाप्त

रिम्बिकका भीम राई अहिले मिडियामा हेडलाइनमा छन्। भीम राई त्यतिखेर चर्चित बने जब उनी एकाएक गायब बने। उनको खोजीमा रौंचिरा अभियान जारी नै थियो, तर फेला परेका थिएनन्। तर यसपल्ट राई गाउँलेहरूको नजरबाट उम्कन सकेनन्।

आखिरमा भीम राईको लुकाछिपिको किस्सा त समाप्त भयो, तर पक्राउ गर्न वा उद्दार गर्न भने अझसम्म सकिएको छैन। तीन माइलको रुङदुङ खोला नजिक घना जङ्गलभित्र भीम राई कतै लुकेका छन्।

पुलिस, गाउँले र बन विभागका कर्मचारीहरूले भीम जङ्गलभित्र लुकेको पत्तो त पाए, तर उद्दार नै गरिहाल्न भने सकेका छैनन्।

11 दिनदेखि जोरबङ्गलो पुलिस र बन विभागका 150 जना सदस्यहरूको 6 वटा टोलीले तीन माइलको जङ्गलमा रौचिरा खोजी चलाइरहेको थियो। त्यतिले नपुगेर पुलिसले स्निफर डग पनि लगाइरहेको थियो पक्राउ गर्न सकिएन। घना जङ्गलबीच ड्रोन उडाएर खोजियो, तरै पनि फेला पार्न सकिएन।

भीम राईलाई यही जङ्गलकै छेउछाउ गाउँलेहरूले तीनपल्ट देखिसकेका छन्। आज एक चालकले सडक छेउमा नै देखे, तर बोलाउँदा बोलाउँदै फेरि भागे भीम राई। त्यसपछि बनविभाग, पुलिस र गाउँलेहरू भीमको पचि लागेका छन्। भीम जङ्गलभित्र छन्, उनको वरिपरि छन् खोजी गर्नेहरू। बसेको ठाउँ पनि पत्तो पाइएको छ, तर पक्राउ गरिहाल्ने हिम्मत कसैले गर्न सकेका छैनन्।

साँझमा तीनजना स्थानीय युवकहरूले जङ्गलबीच भीम राईसित कुराकानी पनि गरेका छन्। उनीहरूअनुसार भीम राईले उनीहरूसित कुरा पनि गरे तर परपरबाट नै। राईले उनीहरूलाई ‘तिमीहरू घर जाउँ, म आफै आउँछु’ भनेको समेत युवकहरूले खुलाएका छन्।

भीम राईको नजिक पुगेका युवाहरूले पिपिई किट लगाएका छैनन्, त्यसकारण पनि पक्राउ गर्न नसकिएको दार्जिलिङ टेलिभिजनको एउटा रिपोर्टमा बताइएको छ।

भीम राई कोरोना सङ्क्रमित हुन्। त्यतिखेर उनमा कोरोना सङक्रमण देखियो, जतिखेर उनी आजीवन कारावाबसबाट एक महिनाको प्यारोल विदामा थिए।

आजीवन काराबासबाट प्यारोल विदामा थिए भीम

2011 मा भीम राईलाई स्वास्नीको हत्या गरेको अपराधमा पक्राउ गरिएको थियो। न्यायालयले उनलाई यही जघन्य अपराधको निम्ति आजीवन कारावासको दण्ड तोकेको छ। जस्तो कोरोनाको महामारी फैलियो भीम राईको पनि जाँच भयो।

भीम राईको दुर्भाग्य हो वा सौभाग्य उनमा कोरोना पोजिटिभ पाइयो। जतिखेर राईमा कोरोना पोजिटिभ पाइयो, त्यतिखेर उनी कारावासबाट प्यारोल विदामा थिए। यस्तैमा राईलाई कोरोनाको चिकित्साको निम्ति त्रिवेणी कोविद अस्पतालमा ल्याउने चाँजो गरिएको थियो।

उनलाई एउटा एमेबुलेन्समा हालिएको थियो र रिम्बिकबाट त्रिवेणी कोविद अस्पताल ल्याइएको थियो। तर जोरबङ्गला नजिक तीन माइलबाट 2 अगस्तको दिन भीम राईले चम्पट कसे। त्यसदिनदेखि निखोज भीम आज जङ्गलमा लुकेर बसेको भेउ पाइएको हो।

यसरी भागेका थिए भीम

उनलाई बोकेको एम्बुलेन्स जब जोरबङ्ग्लो थाना नजिक तीन माइल पुग्यो, राईले शौचको लागि वाहन रोकिदिने आग्रह गरे।  एक त हत्याको आरोपमा आजीवन कारावास भोगिरहेका अपराधी, त्यहीँमाथि कोरोना सङ्क्रमित। भीम राईलाई आजीवन कारावासबाट मुक्त हुने एउटा सुनौलो अवसर जुऱ्यो। त्यो अवसर थियो-भाग्नु।

वाहन तीन माइलमा साइड लगाइयो, भीम राई शौचको लागि निस्किए। कोरोना सङ्क्रमित रहेकोले उनलाई छुने र समातिराख्ने सवाल नै उठेन। शौचको लागि नजिकैको शौचालय छिरेको भीम फर्किएर एम्बुलेन्समा आउँदै आएनन्। निक्कैबेर नआएपछि उनको खोजी शुरु भयो, तर त्यतिबेलासम्म ढिलो भइसकेको थियो। भीम राईले चम्पट कसिसकेका थिए।

जेलबाट बाँच्ने अवसर

आजीवन कारावास भोगिरहेका भीम राईले कोरोना सङ्क्रमणको फाइदा मज्जैले उठाए। आफ्नै स्वास्नीको हत्या गरेको अपराधमा आजीवन काराबास भोगिरहेका भीमको लागि एक महिनाको प्यारोल विदा त्यतिखेर फाइदा जनक बन्यो, जतिखेर उनमा कोरोना पोजिटिभ पाइयो। आम नागरिक होस् वा अपराधी कोरोना सङ्क्रमित बनेपछि चिकित्सा दिनु स्वाभाविक हो, त्यसैले उनलाई कोविद अस्पताल पुऱ्याइने काम भएको थियो। तर भीमले यसैको फाइदा लुटे।

एम्बुलेन्समा कोरोनाको चिकित्सा गर्न गइरहेको भीम राईको मनमा के थियो, त्यो यसै पनि भाउ पाउने कुरै भएन, तर जब तीन माइलबाट फरार बने तब सबैलाई भीमको नियत स्पष्ट बन्यो।

2 अगस्तदेखि भीम राईको खोजी जारी थियो। यत्तिकै चलिरहेको थियो। आज  बिहान एकजना चालकले जोरबङ्ग्लोनजिक हस्पिटल डाँड़ाको बाटोमा भीमलाई देखे। ती चालकले उनलाई बोलाए। तर राई फेरि पनि जङ्गलतिर भागे। उनको पछिपछि स्थानीय तीनजना युवक लागेका छन्।

बताइअनुसार उनीहरूले राईलाई घेराउ गरेर राखेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया