11 दिन लापत्ता बनेर हिजो भेटिएका भीम राई कोरोना नेगेटिभ

विज्ञापन

कालेबुङ, 14 अगस्त


हराउँदा कोरोना पोजिटिभ बनेका रिम्बिकका भीम राई जङ्गलबाट उद्दार हुँदासम्म नेगेटिभ भइसकेका छन्। भीम राईलाई हिजो रातीमात्र त्रिवेणी कोविद अस्पताल ल्याइएको थियो। हिजो उनको स्वाब टेस्ट पनि भएको थियो। आज उनलाई नेगेटिभ पाइएको छ।
11 दिनदेखि भीम राई मिडियाको हेडलाइनमा थिए। त्यतिखेर उनी चर्चित बने जतिखेर उनी एकाएक गायब बने। पुलिस, बनविभाग र स्थानीयहरुले उनको खोजी अभियान तीब्र गरेको थियो। आखिरमा उनीहरू 11 दिनपछि भीम राईलाई 3 माइलको घना जङ्गलबाट बाहिर ल्याउन सक्षम बने।
हिजो साँझ राईलाई जङ्गलबाट उद्दार गरेर त्रिवेणी कोविद अस्पताल पुऱ्याएको थियो। जहाँ उनको स्वाब टेस्टपछि कोरोना नेगेटिभ पाइएको हो।
2011 मा आफ्नै स्वास्नीको हत्या गरेको अपराधमा भीम राई पक्राउ परेका थिए। हत्याको अपराध प्रमाणित भएपछि उनलाई आजीवन कारावासको दण्ड तोकिएको थियो। उनी अहिले पनि त्यो दण्ड भोगिरहेका छन्।
कोरोना महामारी अवधि राई एक महिनाको प्यारोल बिदामा थिए। यसै अवधि उनलाई कोरोना पोजेटिभ भएको थियो।
रिम्बिकबाट कोरोना उपचार गर्न उनलाई त्रिवेणी कोविद अस्पताल ल्याइएको थियो तर ल्याउँदाल्याउँदै 2 अगस्तको दिन जोरबङ्गलो नजिक तीन माइलमा शौच गर्न एम्बुलेन्सबाट उत्रिएका राई त्यहीबाट फरार बनेका थिए।
उनको खोजी निरन्तर चलिरहेको थियो, यसैबीच हिजो तीन माइलको घना जङ्गलमा लुकेर बसेको थाहा लागेपछि पुलिस, बनविभागका कर्मचारी अनि स्थानीय युवाहरूले उनलाई जङ्गलबाट खोजिनिकालेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया