झीलमा नौका सवारी ठप्प

विज्ञापन

अजित वियोगी,  मिरिक, 14 अगस्त


कोरना भाइरसको कारण देशमा लक डाउन शुरू भएर अनलकको प्रक्रिया शुरू भए पनि पर्यटन केन्द्रहरू सुनसान नै रहेको छ। यहाँको पर्यटन केन्द्रहरूमा हाल देश विदेशका पर्यटकहरूको आगमन छैन। होटल अनि रेस्तुराँहरू पनि स्वभाविक बन्न सकेको छैन। राज्यका सुन्दर पर्यटन केन्द्रहरूमध्ये एउटा मिरिक पर्यटन केन्द्र पनि हाल बन्द आवस्थामा रहेको छ।
मिरिकमा अहिले पर्यटकहरूको चहल पहल नगण्य रहेको छ।

मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षणहरू मध्ये एउटा मिरिक झीलमा नौका सवारी हो। मिरिक झीलमा नौका सवारी गर्नको लागि नै प्रत्येक पर्यटन मौसममा हजारौंको संख्यामा पर्यटकहरू आउँछन्। यसपल्ट भने यहाँ कुनै चहलपहल छैन।

अहिले मिरिक झीलमा नौका सवारी ठप्प छ। नौका घर बन्द छ। पर्यटक नआए पनि नौका घर नौकाहरूको हेरचार यहाँका कर्मचारीहरूले गरिरहेकका छन्।  मिरिक नौका घरका सुपर भाइजर सुनिल राईले सम्बन्धित निकायले पर्यटन केन्द्र खुल्ला गर्ने अनुमति प्रदान गरेपछि मिरिक पर्यटन पनि पर्यटकहरूकोलागि खुल्ला गरिने बताएका छन्।

कोरोनाको महामारी एकातिर छ, तर सबै स्थिति सामान्य बएपछि पर्यटनको मौसम आउने आशामा मिरिक पर्यटन केन्द्रलाई सुन्दर र व्यवस्थित बनाइएको छ। यहाँको फूलबारी आकर्षक बनाइएको छ। सुनिल राईले पुराना नौकाहरू भत्किए पनि विभागले १९ वटा नयाँ नौकाहरू उपलब्ध गराएको जनाएका छन्। जसलाई युवा आवासमा सुरक्षित राखिएको छ। १९ वटा नौकाहरूमध्ये एउटा शिकारा र एउटा उद्धार गर्ने नौका रहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया