‘यसो गरे हामी बाँच्नेछौं’

विज्ञापन

‘जिटिए सर्वेलान्स कमिटीका सदस्यहरूलाई अनुरोध गर्दछु कि तपाईंहरूले पहिलाभन्दा पनि बढी चनाखो भएर गाउँ घर, बजार, कमान, वार्डमा काम गरिदिनु होस्,’ थापाले भनेका छन्,  ‘यदि तपाईंको सर्वेक्षण क्षेत्रमा कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण देखापरे उनीहरूको रिपोर्ट स्वास्थ्य विभागलाई दिनुहोस्।’


कालेबुङ, 24 अगस्त


‘कोरोना सङ्क्रमित भएपछि उपचारमा हजारौं, लाखौं रूपियाँ लाग्दोरहेछ’ भन्ने हल्ला चारैतिर फैलिरहेकै होला तर जटिए क्षेत्रमा कसैलाई पनि यो भाइरस सङ्क्रमित भएको छ भने उसको उपचार जिटिएले नै नि:शुल्करूपमा गरिरहेको छ भन्ने कुरा धेरैलाई थाहा नहोला।

थाहा छैन भने पक्का हुनुहोस्, जिटिए क्षेत्रमा कसैलाई यो भाइरस लाग्यो भने उसको लागि जिटिएले उपचार प्रायोजना गरेको छ। जिटिएका अध्यक्ष अनित थापाले आज पनि सार्वजनिक अपिलमा दोहोऱ्याएका छन्।

उनले भनेका छन्, ‘जिटिए क्षेत्रका बासिन्दाहरूलाई मेरो निवेदन छ, यदि तपाईंमा कोरोना भाइरसको लक्षण देखा परे कृपया नलुकाउनुहोस्। तपाईंलाई घाँटी दुख्दैछ, श्वास फेर्न गाह्रो हुँदैछ अथवा ज्वरो आउँदैछ भने नजिकैको सरकारी अस्पतालमा गएर जाँच गराउनुहोस्। कोरोना भाइरससँग डराउनु होइन तर लक्षण देखा परे जाँच गराउनु उत्तम हो। डराएर बिमार लुकाउनु हानिकारक हुन्छ। यदि कसैलाई लक्षण देखा परे तुरन्तै जाँच गराउनु होस्। यदि जाँचको रिपोर्ट पोजिटिभ आए,  जिटिएद्वारा प्रायोजित नि:शुल्क उपचार लिनुहोस्। मतलब तपाईं कोरोना पोजिटिभ भए तपाईंको उपचार जिटिएले निशुल्क गर्नेछ। यदि बीमार छिटो पत्ता लगाउनु सकिए, उपचार पनि चाँडो हुनेछ।’

थापाअनुसार केही यस्ता घटनाहरू अघि आयो, जहाँबाट स्पष्ट भयो कि मानिसहरूले कोरोनाको लक्षणहरू लुकाइरहेका छन्। उनीहरूले त्यसरी नलुकाएको भए धेरैको ज्यान बचाउँन सकिने थियो। यही कुरा थाहा पाएपछि थापाले फेरि सार्वजनिक अपिल गरेका हुन्।

‘जिटिए सर्वेलान्स कमिटीका सदस्यहरूलाई अनुरोध गर्दछु कि तपाईंहरूले पहिलाभन्दा पनि बढी चनाखो भएर गाउँ घर, बजार, कमान, वार्डमा काम गरिदिनु होस्,’ थापाले भनेका छन्,  ‘यदि तपाईंको सर्वेक्षण क्षेत्रमा कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण देखापरे उनीहरूको रिपोर्ट स्वास्थ्य विभागलाई दिनुहोस्।’

कोरोना भाइरससँग लड्ने अचुक हतियार भनेको नै सार्वजनिक स्थलमा मास्क लगाउनु, हात धुनु अथवा सेनिटाइजर प्रयोग गर्नु अनि मानिससँग भेट हुँदा ६ फिट को सामाजिक दूरी राख्नु रहेको भन्दै थापाले भनेका छन्, ‘यदि यी हतियारको प्रयोग गऱ्यौं भने हामी कोरोना सङ्क्रमित हुनदेखि बाँच्ने छौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया