जिएसएसएसका किरण विके र सचिन तामाङ चौरास्ताबाटै पक्राउ

विज्ञापन

कालेबुङ, 25 अगस्त


गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले दार्जिलिङको चौरास्तामा रक्तदान शिविर गरिरहेको थियो। बलिदान दिवसको छेक पारेर गरिरहेको रक्तदान शिविरबाट नै 2 बजी जिएसएसएसका अध्यक्ष किरण बिकेलाई दार्जीलिङ पुलिसले पक्राउ गरेको बताइएको छ।

पुलिसले उनलाई सदर थाना लगेको छ। बताइएको छ, जिएसएसएसले रक्तदान शिविरको लागि प्रशासनलाई अनुमति मागेको थिएन। यद्यपि, अनुमति बिना नै रक्तदान शिविर गरेको वा कोरोना सम्बन्धित ऐन र आचारसंहि

ता उलङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो वा पक्राउको कारण अरु नै छ, त्यो खुलेको छैन।

गोर्खा जनमुक्ति मोर्चा विनय खेमा, गोर्खा राष्ट्रीय मुक्ति मोर्चालगायतले प्रशासनको अनुमति बिना नै साङ्गाठानिक कार्यक्रमहरू गरिरहेकै छ। तर अहिलेसम्म राजनैतिक सङ्गठनका कसैलाई पनि अनुमति बिना नै गतिविधि गरेको आरोपमा वा कोरोना सम्बन्धित ऐन र आचारसंहिता उलङ्घन गरेको आरोपमा पक्राउ गरेको देखिएको छैन।

भर्खरै गोरामुमोले एकर्ड दिवस पनि पालन गऱ्यो। विनय तामाङ अनि अनित थापा उपस्थितिमा धेरैवटा कार्यक्रमहरू भइरहेकै छ। तर उनीहरूलाई पक्राउ गरेको घटना देखिएको छैन। पुलिस प्रशासनले बिकेलाई पक्राउ गर्नुको कारण खुलाएको छैन। पक्राउ नै गरिएको हो वा अरु कुनै कारणले थाना लगिएको हो, त्यो पनि खुलेको छैन। तर  जीएसएसएस प्रवक्ता अञ्जनी शर्माले बिकेलाई पक्राउ नै गरेकोबताएकी छन्। शर्माले किरण बिकेसँगै जीएसएसएसका सहसचिव सचिन तामाङलाई पनि पुलिसले पक्राउ गरेको बताएकी छन्। उनले दार्जीलिङ पुलिसको पक्राउ विरोध गर्दै शीघ्र नै मुक्त गर्नुपर्ने माग पनि गरेकी छन्। जिएसएसएसकै विनिता लेप्चाले भनेकी छन्, ‘खुलेआम हत्या हुँदा तमाशा हेर्ने प्रशासन , रक्तदान शिविर आयोजित गर्दा पक्राउ गर्ने?’

उनले स्वतन्त्रता सेनानी अमर शहीदको बलिदान दिवस पनि पालन गर्नु नपाउने? भन्ने प्रश्न गर्दै पहाडमा गणतन्त्र  बिमार भएकोसमेत बताएकी छन्। ‘निम्न स्तर को राजनैतिक कृत्य गर्नु पर्ने दास प्रवृत्ति कहिले छोडेने  जिटिए?,’ लेप्चाले जिटिएसमेतलाई दोष्याउँदै भनेकी छन्,  ‘जिएसएसएसका अध्यक्ष किरण बिके ज्यु अनि सहसचिव सचिन तामाङलाई मुक्त गर।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया