कालेबुङमा दुइवटा हत्याको मामिला : नातीले बाजे र लोग्नेले स्वास्नीको गरे हत्या

कालेबुङ, 26 अगस्त


कालेबुङमा दुइवटा हत्याको मामिला अघि आएको छ। पहिलो घटना कालेबुङ अप्पर 9 माइलको हो। 72 वर्षीय मणिकुमार राईको उनकै 24 वर्षीय नाति सुभम राईले हत्या गरेका छन्। हत्यारालाई कालेबुङ पुलिसले पक्राउ गरेको छ।

हत्या गर्ने शुभम राईको पिता अर्पण राईले बताएअनुसार शुभम र अर्को छोरा बाजेबोजुसितै बस्थे। घरमा बेलाबेला झमेलाहरू भइरहन्थ्यो। हत्याको कारण खास के हो भन्ने अघि आएको छैन तर उनको पिताअनुसार शुभम अघिबाटै मानसिक रोगको शिकार थिए। उनको उपचार चलिरहेको थियो। मानसित विरामीकै अवस्थामा बाजेको हत्या गरेको उनको पिताको वयान छ।

घटनाबारे जानकारी पाउने वित्तिकै पुलिस घटनास्थल पुगेको थियो। पुलिसले शव बरामद गरेर पोष्टमर्टमको निम्ति पठाएको छ। हत्यारा शुभमलाई घरबाटै पक्राउ गरिएको छ। पुलिसले उनीमाथि सोधपुछ चलिरहेको बताएको छ।

अर्कोतिर कालेबुङकै निम्बोङ ग्राम पञ्चायतमा पर्ने कमेरे गाउँमा लाग्नेले स्वास्नीको हत्या गरेका छन्। 40 वर्षीय लोग्ने पछ्यो लेप्चाले धारिलो हतियारको प्रयोग गरेर 32 वर्षीय पत्नी सन्तुमाया राईको हत्या गरेको बताइएको छ।

स्थानीयअनुसार घटना राती दुई बजी भएको हो। दुवैमा कुनैकारण लिएर भनाभन चलिरहेको थियो, यत्तिकैमा लोग्नेले आफ्नो स्वास्नीलाई धारिलो हतियार प्रहार गर्दा सन्तुमाया राईको घटनास्थलमा नै मृत्यु भएको थियो। स्वास्नीको हत्या गरेपछि लोग्ने पछ्यो लेप्चाले आफ्नै घाँटी रेटेर आत्महत्या गर्ने प्रयास पनि गरेका थिए, तर तिनी सफल हुन सकेनन्। लेप्चाको अवस्था गम्भीर रहेकोले उनलाई कालेबुङ अस्पताल ल्याइएको छ।  पुलिसले घटनालाई संज्ञानमा लिएको छ। पुलिसअनुसार लेप्चाले जुन हत्यारले स्वास्नीको हत्या गरेका हुन्, त्यही हतियारले आत्महत्या गर्ने कोशिश गरेका हुन्। पुलिसले शवलाई पोस्टमर्टमका लागि कालेबुङ जिल्ला अस्पताल पठाइएको छ भने हत्याको कारण खुट्याउन पुलिसले अनुसन्धान गरिरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन