किरण विके र सचिन तामाङ बेलमा मुक्त

विज्ञापन

कालेबुङ, 26 अगस्त


गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका अध्यक्ष किरण विके र सहसचिव सचिन तामाङ बेलमा मुक्त बनेका छन्। उनीहरूलाई हिजो चौरास्तामा रक्तदान शिविर गरेको आरोपमा पक्राउ गरिएको थियो। जानकारी पाइएअनुसार जिएसएसएसले रक्तदान शिविरको लागि प्रशासनलाई अनुमति मागेको थिएन। यद्यपि, अनुमति नमागेको र कोरोना सम्बन्धित ऐन र आचारसंहिता उलङ्घन गरेको आरोपमा पक्राउ गरिएको थियो वा पक्राउको कारण अरु नै थियो, त्यसबारे पुलिसले खुलासा गरेको छैन।

गोर्खा जनमुक्ति मोर्चा विनय खेमा, गोर्खा राष्ट्रीय मुक्ति मोर्चालगायतले प्रशासनको अनुमति बिना नै साङ्गाठानिक कार्यक्रमहरू गरिरहेकै छ। तर अहिलेसम्म राजनैतिक सङ्गठनका कसैलाई पनि अनुमति बिना नै गतिविधि गरेको आरोपमा वा कोरोना सम्बन्धित ऐन र आचारसंहिता उलङ्घन गरेको आरोपमा पक्राउ गरेको खबर देखिएन। हिजो पक्राउ गरेका विके र तामाङ दुवै आज बेलबाट मुक्त भए पनि उनीहरू दुवेसित सम्पर्क हुने सकेन।

 यसैले किरण विकेहरूको रिहाईको निम्ति खटिरहेकी गणतान्त्रिक क्रान्तिकारी नारी मोर्चाका सचिव सञ्जिला घिसिङसित हामीले बुझ्न चाह्यौं। उनी रिहाईको निम्ति दौडधुपमा पनि संलग्न थिइन्। उनले रक्तदान शिविरको लागि अनुमति नमागेको भन्ने बाहना मात्र रहेको तर दिल्लीमा छुट्टै राज्य गोर्खाल्याण्डबारे गतिविधि गरेको र विनय तामाङहरूलाई दिल्लीमा प्रतिवाद गरेको पुरानो मुद्दामा नै पुलिसले पक्राउ गरेको आफूले बुझेको बताएकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया