ठेकादारलाई काम गर्न नदिएपछि लुम गाउँका जनताले आफै सड़क मरम्मत गरे पुरा

विज्ञापन

मगन 29 अगस्त। उत्तर सिक्किमको लवर जङ्गु लुम गाउँका जनताले पछिल्लो 1 अगस्तदेखि दिक्चु नजिक आँप डाँडामा एनएचपीसीको बाँध मास्तिरबाट गएको पैह्रोको कारण सम्पर्क विहिन बन्नु परेको छ। यस समस्यालाई लिएर एनएचपीसीको सम्बन्धित निकायबाट सड़कलाई जीपेबल बाइदिने अनुमति सितै ठेकादारलाई काम दिइएको भए पनि स्थानी अर्को जाङ गाउँका केही व्यक्तिले हिज सड़क मरम्मती पूरा हुन लाग्दा अवरोध गरेको कारण काम हुन नसकेको लुम गाउँका जनताले बताएका छन्। यद्यपी आज  जनता आफै उठेर आज उक्त सड़क मरम्मती पुरा गरिछाडेका छन्। मरम्मतीको निम्ति स्थानीय पञ्चायतलगायत सबै गाउँले अघि सरेका थिए।  लुम गाउँ आज बेलुकीदेखि भने सड़क सम्पर्कमा पुनः जोडिएको छ। जनताले आज दिनभरि आफै काम गरेर पनि भत्किएको सड़कलाई जोड्ने तथा वाहन गुड्न सक्ने बनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया