केन्द्रले  शीघ्र स्थायी राजनैतिक समाधान निकाल्ने: गृहमन्त्री विरामी भएकोले यसमा शिथिलता आएको हो-कैलाश विजयवर्गीय

विज्ञापन

सिलगढी, 30 अगस्त:  केन्द्र सरकारले चाँडै दार्जीलिङ पहाड अनि तराई डुवर्सको स्थायी राजनैतिक समाधान निकाल्ने दावी गरेको छ। भाजपाका राष्ट्रिय महासचिव एवं पश्चिम बङ्गाल प्रभारी कैलाश विजयवर्गीयले स्थायी राजनैतिक समाधानको लागी गृह मन्त्रालय सक्रिय रहेको दावी गरेका छन्।

‘स्थायी राजनैतिक समाधानको लागी गृह मन्त्रालय सक्रिय छ’-सिलगढीस्थित भाजपा पार्टी कार्यालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कैलाश विजयवर्गीयले भने, ‘पछिल्लोपल्ट विमल गुरुङले गृहमन्त्रीसित भेटेका पनि थिए।’

पत्रकारहरूले सोधेको उत्तरमा विजयर्गीयले 15-20 दिनदेखि देशका गृहमन्त्री अमीत शाह विरामी रहेकोले यस दिशामा शिथिलता आएको बताए।

‘यो दिशामा शिथिलता यसकारण आयो कि गृहमन्त्री 15-20 दिनदेखि विरामी छन्’-विजयवर्गीयले भने, ‘हाम्रो बचन हो कि हामी अतिशीघ्र स्थायी राजनैतिक समाधान निकाल्नेछौँ।’

उनले सबै पक्षसित कुराकानी गरेर आवश्यक कदम उठाउने प्रतिश्रुति दिएका छन्।

उल्लेख्य छ,  भाजपाले संकल्प पत्रमा दार्जीलिङ तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधान अनि 11 जातलाई जनजाति बनाउने माग समाविष्ट गरेको छ। तरैपनि अहिलेसम्म यस दिशामा खासै पहल नभएको स्थितिबीच  कैलाश विजयवर्गीयको ताजा बयानले भाजपाको मुख्य घटक दल गोजमुमो विमल गुरुङपक्षमा भने उत्साह थपिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया