पीपीएसमा सुवास घिसिङको आशिर्वाद छ-निरज जिम्बा

विज्ञापन

कालेबुङ, 31 अगस्त: भारतीय जनता पार्टीले सङ्कल्प पत्रमा उल्लेख गरेको  ‘स्थायी राजनैतिक समाधान’-लाई आम मान्छेले ‘गोर्खाल्याण्ड’-बुझेपनि राजनैतिक दलहरूले भने आ-आफ्नै तरिकाले व्याख्या गरिरहेको छ। गोरामुमो नेता तथा भाजपा विधायक निरज जिम्बाले त स्थायी राजनैतिक समाधान(पीपीस) भनेको के हो? भनेर भन्नै नमिल्ने बताए।

‘आप्पा सुवास घिसिङले राम्रै खिर बताएर ल्याउँदा त्यो खिरमा विष हालेर कसरी प्रेजेन्ट गरायो?’- त्यसैले पीपीएसबारे स्पष्ट खुलाउन नमिल्ने तर्क दिँदै जिम्बाले भने, ‘यही भएर भित्र के छ बताउनु हुँदैन।’

सौरेनी पानीघट्टा समष्टीको आयोजनामा तराई क्षेत्र कटहरिया बस्तीमा गोरामुमोको सभा सम्पन्न भएको थियो। सभालाई सम्बोधन गर्दै जिम्बाले सुवास घिसिङको समयमा सरह शत्रु लाग्ने डरको कारण नै पीपीएसको अर्थ नखुलाएको बताए।

‘यिनीहरूले पोइजन हाल्छ भनेर साथीभाइलाई पीपीएस भनिदिएको’-मुद्दाबारे स्पष्ट कुरा गर्दा दुश्मन लाग्नसक्ने बताउँदै जिम्बाले भने, दुश्मन दिल्लीमा, कलकत्तामा छ, यिनीहरूलाई हाल्न लगाएको मात्र हो।’

मुद्दालाई दुश्मन शक्तिहरूबाट जोगाउन नै ‘पीपीएस’ भनिदिएको भएपनि पीपीएस गोर्खाहरूको हीतमा राम्रो चिज रहेको उनले बताए।

‘पीपीएस जब खोलिन्छ गोर्खाको हीतको निम्ति खोलिएको हुन्छ’-जिम्बाले भने ‘किनभने पीसीएसमा सुवास घिसिङजीको आशिर्वाद छ।’

मुद्दाबारे स्पष्ट भन्न नमिल्ने भएकोले साङ्केतिक भाषामा कुरा गर्नुपर्ने तर्क दिँदै जिम्बाले पीपीएसमा सुवास घिसिङको आशिर्वाद रहेको कुरा गरेर फेरि एकचोटी छैटौँ अनुसूचिकै दिशातिर सङ्केत गरिरहेका हुन् कि भन्ने शङ्का बढेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया