कोरोना सङ्क्रमित पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

विज्ञापन

एजेन्सी : 31 अगस्त


अभिजीत मुखर्जीले एउटा ट्वीट गर्दै पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको जानकारी दिएका छन्। मुखर्जी कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित थिए। भर्खरै उनको टाउकोको अप्रेसन गरिएको थियो। उनी केही दिनदेखि ‘कोमा’मा थिए। 10 अगस्तको दिन मा मुखर्जी आफैले ट्वीट गर्दै आफू कोरोना सङ्क्रमित भएको बताएका थिए ।

‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका थिए । पूर्वराष्ट्रपति मुखर्जीले आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए। कोरोना सङ्क्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । उनलाई १० अगस्तकै दिन दिल्लीस्थित आरआर अस्पताल भर्ना गरिएको थियो ।

सन् १९३५ मा पश्चिम बङ्गालमा जन्मिएका मुखर्जीले कोलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा एमए गरेका थिए । प्रध्यापन समेत गरेका मुखर्जीको राजनीतिक यात्रा सन् १९६९ मा भएको थियो। उनी त्यो वर्ष राज्यसभामा चुनिएका थिए। त्यसपछि उनी सन् १९७५, ८१, ९३ र ९९ मा पनि राज्यसभामा चुनिएका थिए।

उनी १९८२ देखि १९८४ सम्म केही क्याबिनेट पदका लागि चुनिएका थिए। १९८४ मा उनी वित्तमन्त्री बनेका थिए।

सन् २०१२-मा उनी राष्ट्रपति बने। २०१७ सम्म राष्ट्रपति रहे। उनलाई सन् २०१९ मा सर्वोच्च सम्मान ‘भारत रत्न’ले सम्मानित गरिएको थियो।

राजनीतिमा आउनुअघि उनले शिक्षण र पत्रकारिता पेसा अङ्गालेका थिए। मुखर्जीको निधन पश्चात भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका नेता राहुल गान्धी लगायत वरिष्ठ नेताहरुले दुःख व्यक्त गरेका छन् ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया