ट्रोलट्रोल खेल्दै सांसद र विधायक

विज्ञापन

आलोचना

भर्खरै निरज जिम्बाको छैटौं अनुसूची मार्काको वयानले त गठबन्धन नाटक समापन भइसकेको स्पष्ट पारेको छ। त्यहीँमाथि सागर पोखरेलले वास्तविकता पर्दाफास गरेपछि कुनै कुनै दल त चुइँसम्म बोल्न नसक्ने भयो। 2019 को चुनाउले जङ्गलमा मङ्गल फलाउनेहरू, जातिका ठेकेदार भन्नेहरू, छैटौं अनुसूचीमा सम्झौता गरेको भन्ने निरज जिम्बाहरू अब आउने 2021 चुनाउको लागि फेरि अर्को मोलतोलमा लागिसकेका छन्। 2019 को चुनाउबेला हामीले देख्यौं, जसले सुबास घिसिङलाई खेदाएर आफ्नो दलीय वर्चस्व बनायो, ती नै विमल गुरुङको दल र सुबास घिसिङको दल मिल्यो। हामीले ठान्यौं, मुद्दाको लागि जे पनि हुनसक्छ। तर वास्तविकता त्यस्तो थिएन।


सपना छेत्री


भाजपा र गठबन्धनका दलहरूको पोलिटिकल फिक्स 6 महिनाको निम्ति भएको थियो।  भाजपा र गठबन्धनका गतिविधिले त्यही साबित गरेको छ। अहिले भाजपा एकातिर कुदिरहेको छ, गठबन्धन (म त ठगबन्धन भन्न रुचाउँछु) अर्कोतिर।

भर्खरै निरज जिम्बाको छैटौं अनुसूची मार्काको वयानले त गठबन्धन नाटक समापन भइसकेको स्पष्ट पारेको छ। त्यहीँमाथि सागर पोखरेलले वास्तविकता पर्दाफास गरेपछि कुनै कुनै दल त चुइँसम्म बोल्न नसक्ने भयो। 2019 को चुनाउले जङ्गलमा मङ्गल फलाउनेहरू, जातिका ठेकेदार भन्नेहरू, छैटौं अनुसूचीमा सम्झौता गरेको भन्ने निरज जिम्बाहरू अब आउने 2021 चुनाउको लागि फेरि अर्को मोलतोलमा लागिसकेका छन्।

2019 को चुनाउबेला हामीले देख्यौं, जसले सुबास घिसिङलाई खेदाएर आफ्नो दलीय वर्चस्व बनायो, ती नै विमल गुरुङको दल र सुबास घिसिङको दल मिल्यो। हामीले ठान्यौं, मुद्दाको लागि जे पनि हुनसक्छ। तर वास्तविकता त्यस्तो थिएन।

भाजपालाई जिताउन विमल गुरुङले गोरामुमो र यसका नेताहरूको मोलतोल गऱ्यो। सट्टामा विधायक पदको टिकट थमायो। जातिका ठेकेदारहरू मान्नेहरूले चुनाव बजारमा आफूलाई बेचे। त्यसपछि गठबन्धनको नाटक शुरु भयो। चुनाउ सकियो, गठबन्धन दलको काम पनि सकियो।

जनतालाई मुद्दाको लागि गठबन्धन गरेको त भने तर गठबन्धन केवल चुनाउसम्मको निम्ति मात्र र 6 महिनाको लोकसभा चुनावी पोलिटिकल फिक्स थियो भन्ने कुराको खुलासा भइसकेको छ। त्यसको प्रमाणको लागि चुनाउदेखि यता मुद्दाको निम्ति देखिएको दलहरुको निष्क्रियता पर्याप्त छ।

जुन कट्टर दल थियो, गोरामुमो र गोजमुमो, जनतालाई मिलेको देखायो। चुनाउमा दल र नेताहरूले भाजपाको दोकानमा आफूलाई बेच्यो। जब मिडिया र जनताको प्रेसर बढ्यो, स्टेयरिङ कमिटीको बैठक गर्न पऱ्यो। तर त्यो भन्दा अघि नै छैटौं अनुसूचीको मुद्दाको झटारोले गोरामुमो-गोजमुमोको मेलमिलापको असली चेहरा सार्वजनिक गरिसकेको थियो।

स्टेरिङ कमिटीको लागि न त गोरामुमोले नाम दियो, न त गोजमुमो (विमल)-ले। बाँकी जातिका ठेकेदार ठान्ने दलहरूले नाम दियो। तर त्यो नाम कतै पनि काम लागेन। आफूहरूले दिएको नाम नै काम नलाग्ने ती दलहरूको असली चेहरा सार्वजनिक भइसक्यो। नाम नदिनुले विमल र मन दुवैले चुनावी पोलिटिकल फिक्सलाई साबित गऱ्यो।

2019 को वास्तविकता 2014 भित्र लुकेको छ।

पाँच साल अघि प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदी अनि भाजपाले भारीमतले जीत हासिल गऱ्यो। जसले 30 वर्षमा पहिलो लोकसभा बहुमत पाएका हुन्। तर के यो जीत एकोहोरो मतदानको नतिजा थियो?  आर्थिक चिन्ताको संयोजनको कारण भएको जीत थियो?  एक भ्रष्टाचार-विरोधी आन्दोलनको कारण जीत थियो? कि काङ्ग्रेसको नेतृत्व गर्ने संयुक्त प्रगतिशील गठबन्धन माथिको क्रोधको कारण जीत हासिल भएको थियो, यी कुनै कुरा स्पष्ट थिएन।

2019 को लोकसभा चुनावमा दार्जीलिङमा भाजपाको तृणमूल बिरूद्ध एक ठूलो जीत भएको हो। यो दार्जीलिङमा राजु बिष्ट अनि भाजपाको एक ठूलो जीत थियो। राजुलाई चुनावी समयमा त्यो ध्रुव बनाइएको थियो, जसद्वारा गोर्खाल्यान्डको लागि भाजपा कहाँ राजनैतिक शक्ति सञ्चालित गराउन सकिने छ। तर जीतपछि देखिएको गठबन्धनका दल र भाजपाको रवैयाबाट थाहा लाग्छ, उनीहरू कति पानीमा थिए।

सत्तामा आएपछि भाजपाले ट्रिपल तालक, अनुच्छेद 370  हटायो। राम मन्दिर, डेक साफ नागरिकता अधिनियम  पारित गऱ्यो। आर्थिक मन्दी हुँदाहुँदै पनि सरकारले आफ्नो सबै राजनीतिक ऊर्जा हिन्दू राष्ट्रवादी मागहरूमा केन्द्रित गर्‍यो। राम मन्दिरको परिणाम तक्निकी रूपले उच्चतम न्यायालयको चरणमा राखियो। मन्दिर निर्माण पनि शुरू भयो।

 यता गोरामुमोको नेता र भाजपाका विधयक निरज जिम्बाको भने राम मन्दिर भन्दा अघि त भाजपाको संकल्प पत्रमा पहाड, तराई अनि डुवर्सको स्थायी राजनौतिक समाधान रहेको बताउँछन्। जिम्बालाई थाहा छ कि छैन कुन्नि तर राम मन्दिर बनिने भइसक्यो, खै त स्थायी राजनैतिक समाधान?

मनोरञ्जनात्मक कार्यक्रम वा कमेडी शो र पत्रकारीता छुट्टाउन नजान्ने जिम्बाले हाँसी हाँसी गठबन्धनलाई त धोका दिइरहेकै छन्, जनतालाई पनि दिइरहेकै छन्।

गोरामुमो अध्यक्ष मन घिसिङ अनि उनको पार्टीलाई नेतृत्व गर्ने अजय एडवर्डले लोकसभा चुनाव प्रचारको बेला आफैलाई जाति प्रेमी, गोर्खाल्यान्ड प्रेमी अनि भाजपा मात्र एक विकल्प रहेको भन्थे। उनकै विधायक छैटौं अनुसूचीको रट लगाइरहेका छन्। चुइँसम्म बोलेका छैनन्।

यत्तिको वर्ष चुनावमा विफल हुँदै आएको गोरामुमोलाई चुनाउ जित्ने रहर थियो। आफै जित्ने सामर्थ त थिएन यसैले दिल्लीमा बेचिएर पनि जिम्बालाई जिताउने रहर पुरा गऱ्यो। जयको चहनामा कमजोर भएर गोरामुमोले जातिसम्म दिल्लीलाई बेचेको साबित भइसकेको छ। गोरामुमो आफै भने हार्दै आएकोले मिरिक नगरपालिकामा तृणमूललाई सघाएर आफ्नो जीतको तृष्णा मेटायो। त्यसपछि निरज जिम्बालाई भाजपाको दोकानमा बेचेर क्षेत्रीय चुनावमा राष्ट्रिय पार्टी भित्र्याउने एतिहासिक भूल गऱ्यो।

अब त प्रष्ट भयो, यो केवल एक लोकसभा चुनावी गठबन्धन मात्र रहेछ। विधानसभा चुनाउमा त गठबन्धबीचै पनि अचम्मित गराउने समीकरण देखियो। निरज जिम्बालाई जिताउने होडमा विभाजित त त्यतिबेलै देखियो गठबन्धनलाई। प्रताप खातीले त चौरस्तामा भनेको पनि सुनियो कि निरज जिम्बाले जित्यो भने कलसम्म भित्र्याउन सक्ने छैनन् भनेर।

तरै पनि किन सघायो त निरज जीम्बालाई विधानसभा चुनावमा?

जनतालाई सरासरी ठगेर कसरी आफैलाई उनीहरूले जाति प्रेमी भरिरहेछन्? अचम्म लाग्ने कुरा त यो छ।

मोदीको निम्ति एक दोस्रो कार्यकाल हो अनि देश भरि नै भाजपाको भारी उपस्थिति छ। यस्तो समय सागर पोखरेल गोर्खाल्यान्डको विकल्प सोच्न पर्छ भन्ने समाजलाई सन्देश दिदैँछन्। यता केन्द्रले जिटिए रिभ्यु मिटिङ बोलाँउदैछ। भाजपाको नियत दिनोदिन स्पष्ट बन्दै गइरहेको छ। अब विस्तारै अरु रहस्यहरूबाट पर्दा उठ्दै जानेछन्। आलोचना प्रगाड बन्दै जानेछन्। उनीहरूको असली अनुहार सार्वजनिक हुँदै गइरहेको छ। आउँदो चुनाउमा साख झर्ने निश्चित बनिसकेको छ।

यतिखेर सांसद र विधायकले सागर पोखरेलको जवाब त दिन सकेका छैनन्, स्थायी राजनैतिक समाधानको पहल गर्ने त सपनाको कुरा भयो।

सांसद राजु बिष्ट र विधायक निरज जिम्बा अचेल बिनय खेमा बिरुद्ध सामजिक संजालमा ट्रोल गर्ने उर्जा मात्र बनेका छन्। ट्रोल गऱ्यो बस्यो। जनप्रतिनिधिको यस्तो गतिविधिलाई हेर्दा थाहा लाग्छ, उनीहरू कुन हदमा भयभित छन्।

जेहोस्, ट्रोलरहरू बधाई!

जाँदाजाँदै भनिराखौं, अबको समीकरण बिनय तामाङलाई हराउन होइन गोर्खाको जितको निम्ति हुनुपर्छ भन्ने कामना राखें।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया