सहायिका अनियमितः खण्डविकास कार्यालयमा उजुरी

खबरम्यागजिन प्रतिनिधि

डुवर्स, 26 मई 2017


इलनबाडी चियाबारीका गैरीलाइनमा अवस्थित १५१ नं. आँगनबारी केन्द्रमा नियमित रुपमा सहायिका नआएको अभिावकहरूले आरोप लगाए छन्। केन्द्रमा एक दुइ पटक मात्र सहायिका आउने गरेको लाइनवासीको भनाइ छ। अभिभावकरुले भने अनुसार पढ्न पठाइएका नानीहरू खिचडी मात्र खाएर आउछन्। केन्द्रमा एउटा मात्र कोठा रहेकाले खिचडी बनाएकै कोठामा नानीहरुलाई पढाउने गरिएको छ। केन्द्रा सहयोगी सारदा छेत्रीले केन्द्रमा सहायिका नआउँदा आफूले नै पढाउने गरेको बताइन्।

‘अरु ठाउँका आँगनबारी केन्द्रहरू व्यवस्थित रहेको छ। तर यहाँ रहेको केन्द्रमा एउटा कोठा मात्र छ,’ उनले भनिन्। निर्माणकालमा नै केन्द्र बनाउँदा घोटाला भएको पनि स्थानीयहररूले आरोप लगाएका छन्।

माल खण्ड विकास अधिकारी भूषण शेर्पाले इलाकामा केन्द्रका केही पुराना भवनहरू रहेको अनि अहिले नयाँ निर्माण कार्य भइरहेको बताउँदै केन्द्रमा सहायिका नियमितरुपमा न आएको विषयबारे सीडीपीओलाई जानकारी बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन