गोजमुमो विमल गुरुङपक्षका नेता कुमार चामलिङले पाए जमानत

कालेबुङ, 12 सितम्बर: गोजुमुमो विमल गुरुङपक्षका कालेबुङका नेता कुमार चामलिङले कालेबुङ न्यालयबाट जमानत पाएका छन्। कुमार चामलिङलाई शुक्रबार राती घरबाटै पुलिसले पक्राउ गरेको थियो। चामलिङविरूद्ध तृणमूल कङ्ग्रेस कार्यालय जलाउन खोजेको अनि पुलिसलाई पनि कार्यालयभित्रै थुनेर जलाउन खोजेको आरोपमा मुद्दा लागेको थियो। आन्दोलनकालको यसै मामिलामा चामलिङले अग्रीम जमानतको निम्ति पहिलेबाटै न्यायालयमा अपील गरिसकेको भएपनि यसैबीच पुलिसले उनलाई पक्राउ गरेको थियो।

यसै आरोपमा आज बिहान उनलाई कालेबुङ पुलिसले न्यालयमा पेश गरेको थियो। न्यायालयमा बचाउ पक्षका अधिवक्ताले कुमार चामलिङको उमेर, शारिरिक अस्वस्थता अनि अघिबाटै अग्रीम जमानको निम्ति अपील गरिसकेको तर्क दिँदै जमानतको निम्ति अपील गरेका थिए। बचाउपक्षका अधिवक्ताको तर्क सुनेपछि चामलिङलाई 4 हजार रुपियाँको मुचुल्कामा जमानत दिइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन