‘रोजगारको निम्ति झण्डा थापेर मात्र हुँदैन’

विज्ञापन

‘हामी फर्केर हाम्रो बाबु बाजेले गरेको काम फेरि गर्नु पर्छ। अब चुनाव आउँदैछ। फेरि तपाईंको मोबाइलमा विनय अनि अनितले गोर्खाल्याण्ड बेच्यो भन्ने कुराहरु आउँछ,’ उनले भने,  ‘तपाईंहरू त्यो कुरामा विश्वास गर्नु हुन्छ अनि फेरि उल्टा भोट हाल्नु हुन्छ। हामी बङ्गालमा बसेर दिल्लीलाई भोट हाल्छौं जसले हामीलाई आज सम्म काँटी पनि दिएका छैनन्।’

कालेबुङ, 13 सेप्टेम्बर


जिटिए अध्यक्ष अनित थापाले आफूले जनता केन्द्रित मुद्दाहरूलाई मिसन बनाएको खुलाएका छन्। मार्गरेट होपको भ्रमणमा रहेका थापाले त्यहाँ भएको सडक बैठकमा बेरोजगारहरूलाई रोजगारको अवसर प्रदान गर्ने अहिले आफ्नो मिशन रहेको बताएका हुन्। पर्जापट्टा दिलाउनु पहिलो प्राथमिकतामा रहेकोसमेत उनले जनाएका छन्। ‘रोजगारको सिर्जना गर्न माटो र घरको कागज हाम्रो नाममा हुनुपर्छ,’ उनले भने।

मार्गरेट होप क्षेत्रमा बाटो र पानी आइसकेको भन्दै उनले बाटो र पानीभन्दा धेर चिन्ता बेरोजगारी समस्या नै रहेको जनाउँदै थापाले भने, ‘भाई बहिनीहरू कतै रोजगार पाइन्छ की भन्दै झण्डा थाप्दै हिँड्छन। रोजगार पाउँदैनन् अनि पलायन भएर ठूला शहर पस्छन्। जी टी ए क्षेत्रमा रोजगार दिने राम्रो पद्धति नै छैन।’

थापाले १९८६ देखि एमप्लोयमेन्ट एक्सचेन्ज निष्क्रिय रहेकोले आफूहरू रोजगार दिने प्रक्रिया स्थापना गर्नतिर लागिपरिरहेको जनाए। बेरोजगारहरूको संख्या बढ्दो रहेको र मार्गरेट्स होपमा कोविद-19 को कारण मात्र १२० जना घर फर्केर आएको र सबै बेरोजगार बनेकोसमेत थापाले सुनाए।

‘पहाडमा रोजगारका विकल्पहरू हामी आफैले खोज्नु पर्छ। पहाडमा निवेश गर्न धेरै निवेशकर्ताहरु तयार छन् तर हामीले यसको निम्ति पहाडलाई साम्य अनि शान्तिमय राख्नु जरूरी छ,’ थापाले भने, ‘रोजगार केवल सरकार पक्षमा मात्र निर्भर नगरेर हामीले प्राइभेट रोजगारको विकल्प पनि खोज्नु पर्छ। रोजगारको निम्ति झण्डा थापेर मात्र हुँदैन। मलाई झण्डा भन्दा पनि तपाईंको मन चाहिएको हो। यही मनले हामी हाम्रो आर्थिक सुधार गर्न सक्छौं।’

पहाड अहिले कोरोना संक्रमणले मात्र ग्रसित नभएर आर्थिक बेरोजगारीले पनि ग्रसित रहेको भन्दै थापाले भने,  ‘कोरोनाको भ्याक्सिन त वैज्ञानिकले दिन्छ। पहाडलाई अहिले चाहिएको छ आर्थिक स्थिति सुधार्ने भ्याक्सिन, रोजगार दिलाउने भ्याक्सिन जुन भ्याक्सिन म दिन खोजिरहेको छु।’

उनले गोर्खाल्याण्ड जेल गएर,  आगो लगाएर, सडक आन्दोलन गरेर नहुने र बौद्धिक बाटो भएर हिँडै मात्र हुने भन्दै बौद्धिकहरूले दिल्ली केन्द्रित, संसद केन्द्रित बौद्धिक आन्दोलन गरे गोर्खाल्याण्ड अवश्य हुने उपाय पनि सुझाए। ‘राजनैतिक पार्टीले मागेको गोर्खाल्याण्ड जहिले पनि कुर्सीसँग साट्दो रहेछ,’ उनले थपे, ‘गोर्खाल्याण्डको नाममा कतिपल्ट तपाईंहरू भोट हाल्नु हुन्छ? गोर्खाल्याण्डको राजनीति गरेर अहिले मान्छेले काम पनि गर्न छोडिसकका छन्।’

थापाको आशय थियो, स्वनिर्भर बन्दै आफूसित रहेको संसाधनहरूलाई भरपुर प्रयोग गर्दै अघि बढ्ने परम्परा हराइसकेको छ। उनीअनुसार पुर्खाले आफ्ना सन्तानलाई कृषि अनि पशु पालन गरेर नै पढाएका हुन् तर अहिले पहाडमा हिमुल नै बन्द भयो। पहाडका मान्छेले गाई पाल्न नै छोडी सके। अहिले जमिनहरु बाँझा छन्।

‘हामी फर्केर हाम्रो बाबु बाजेले गरेको काम फेरि गर्नु पर्छ। अब चुनाव आउँदैछ। फेरि तपाईंको मोबाइलमा विनय अनि अनितले गोर्खाल्याण्ड बेच्यो भन्ने कुराहरु आउँछ,’ उनले भने,  ‘तपाईंहरू त्यो कुरामा विश्वास गर्नु हुन्छ अनि फेरि उल्टा भोट हाल्नु हुन्छ। हामी बङ्गालमा बसेर दिल्लीलाई भोट हाल्छौं जसले हामीलाई आज सम्म काँटी पनि दिएका छैनन्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया