ग्रीनभेलीले गर्ने राधेलाई लाइफटाइम सहयोग

नन्दु पौड्याल

डुवर्स, 26 मई 2017


खबरम्यागजिनले लुकसानका दम्पतिबारे खबर छापेको थियो, जसको असर क्षेत्रमा देखिन थालेको छ। लुकसान गरीब दम्पती राधे प्रसादलाई जलपाइगढीस्थित गैरसरकारी संस्था ग्रीनभेलीले लाईफ टाइम सहयोग गर्ने भएको छ। असाहय दम्पतीलाई खाना पकाउनको निम्ति एक जना स्थानीय महिला अनि औषधीको सम्पूर्ण खर्च संस्थाले बेहोर्ने भएको छ।

बिहिबार दिउँसो ग्रीनभेलीको टिम केरन वीट कार्यालय पछाडी रहेको स्थित राधे प्रसादको प्लास्टिकको घर पुगेको थियो। टिममा रहेका सदस्यहरूले वर्षोंदेखि मैला अनि दुर्गन्धित ओछ्यानमा सारा लुगाहरू नयाँ लगाइदिएका छन्।

दुइदिन अघि कुकुरले राधेको दाहिने खुट्टामा टोकेको थियो। ग्रीनभेलीका सदस्यहरुले घटना थाहा पाएपछि आजनै सोलकापाडा अस्पतालमा लगी तिनलाई ऱ्याबीजको एउटा भेक्सीन दिइएको अनि बाँकी हप्ताह दिन भित्रमा दिइने बताइएको छ।

गरीब दम्पतीको शाररीक अवस्था नाजुक देखेर आजदेखि नै एक जना खाना पकाउने स्थानीय महिलाको बन्दोबस्त गरीदिने छिमेकीहरूलाई टोलीले अनुरोध गऱ्यो, जसको सारा खर्च एनजीओले बेहोर्ने ग्रीनभेलीका चेयरम्यान प्रसान्तो सिकदारले जनाएका छन्।

राधेको छिमेकी झुनु रायले धेरै वर्षदेखि यी दम्पतीहरू सुविधा पाउनबाट बञ्चित रहेको पनि टोलीलाई अवगत गराइन्।

आज नै नागराकाटा नतुन दिशा सोसाइटी अनि नतुन दिशा डेभलपमेन्ट ट्रष्टले पनि दम्पतीलाई खाने समाग्रीहरु दिएर सहयोग गरेको छ। एक बोरा चामल, दाल आँटा खाने तेल सोयाबिन, चीनी नयाँ वस्त्र आदि दम्पतीलाई दिइको छ। सोसाइटीको पक्षबाट मोस्ताफा हक, अकीब जाबेद पाटवारी बाप्पा सरकार आदि उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन