मुख्यमन्त्री ममता ब्यानर्जी आउने सप्ताह उत्तर बङ्गाल भ्रमणमा आउने

विज्ञापन

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी आउने सप्ताह उत्तर बङ्गालको भ्रमणमा आइरहेकी छन्। राज्य सचिवालयलाई उल्लेख गर्दै प्रकाशित खबरहरू अनुसार मुख्यमन्त्री 21 सितम्बरका दिन सिलगढी आउनेछिन्। 22 सितम्बरका दिन सिलगढीको उत्तरकन्यामा अलिपुरद्वार अनि जलपाइगुढीका अधिकारीहरूसित प्रशासनिक बैठक सम्पन्न हुनेछ। 23 सितम्बरका दिन दार्जीलिङ, कालेबुङ अनि कुचबिहारका जिल्ला अधिकारीहरूसित प्रशासनिक बैठक गर्नेछन्। 24 सितम्बरका दिन मुख्यमन्त्री कोलकाता प्रस्थान हुनेछिन्। मार्च महिनामा कोविड शुरू भएपछिको मुख्यन्त्रीको यो पहिलो उत्तर बङ्गाल भ्रमण हो। मार्चको पहिलो सप्ताहमा उनले मालदाको भ्रमण गरेकी थिइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया