कालेबुङ नगरपालिकाका चारजना कर्मचारी कोरोना संक्रमित

विज्ञापन

कालेबुङ, 15 सितम्बर: कालेबुङ नगरपालिकाका चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज नगरपालिका कार्यालयमा गरिएको ऱ्यापिड एन्टिजेन टेस्टमा नगरपालिकामा कार्यरत् चारजना कर्मचारीहरूमा संक्रमण पाइएको हो।

नगरपालिका उपाध्यक्ष अनि नगरपालिकाका एक्जुकेटिभ अफिसरलाई अघिबाटै कोरोना पोजिटिभ भेटिएका कारण आज नगरपालिका कर्मचारी एवं नगरपार्षद पार्षदिकाहरू गरेर मोठ 24 जनालाई ऱ्यापिड टेस्ट गरिएको थियो। जसमा 4 जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएको हो।

चारजना कर्मचारीमा कोराना संक्रमण भेटिएपछि नगरपालिकाले आज फेरि सबै कार्यालय सेनिटाइज गरेको छ भने संक्रमितहरूलाई होम आइसोलेसन बस्ने अथवा दिशा सेफ होममा जाने सल्लाह दिइएको छ। नगरपालिका अध्यक्ष रवि प्रधानले यसको पुष्टि गर्दै कोरोनाको बढ्दो खतरालाई केन्द्र गरेर अबको केही दिनसम्म नगरपालिकाले केवल 50 प्रतिशत कर्मचारीहरू लिएर कार्यालय सञ्चालन गर्ने तय गरेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया