विष्टले सदनमा उठाए गोर्खाल्याण्डको मुद्दा

विष्टले असम्भवजस्ता लागिने यस्ता धेरैवटा मुद्दाको समाधान प्रधानमन्त्री नरेन्द्र मोदीले गरिसकेको र देशका नागरिक त्यसको प्रत्यक्षदर्शी बनिसकेको भन्दै विष्टले अब छुट्टै गोर्खाल्याण्ड राज्य गठनको पालो रहेको जनाए।


कालेबुङ, 19 सेप्टेम्बर


दार्जिलिङका सांसद राजु विष्टले संसदमा छुट्टै गोर्खाल्याण्ड राज्य गठनको माग गरेका छन्। भारतीय संसदमा अहिले मनसुन सत्र चलिरहेको छ। यसैबीच सदनसित विष्टले भारतीय जनता पार्टीले संकल्पपत्रमा प्रतिबद्धता जनाएको छुट्टै गोर्खाल्याण्ड राज्य गठनको प्रक्रिया शुरु गर्न अपिल गरे।

छुट्टै गोर्खाल्याण्ड राज्य  दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका जनताका दीर्घ-प्रतीक्षित माग हो,’ सदनलाई विष्टले भने, अब  गोर्खाका मुद्दाको ‘स्थायी राजनीतिक समाधान’ गर्ने प्रक्रियालाई तीव्रता प्रदान गरियोस्।’

दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्र ‘चिकन नेक’ रहेकोले पनि शीघ्र नै क्षेत्रमा शान्ति बनाइराख्न, समृद्धि र प्रगतिको सूत्रपात गर्न र देशको सुरक्षाको निम्ति पनि छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्न अनिवार्य रहेको विष्टले सदनलाई बताए।

‘स्थायी राजनैतिक समाधान भएमा भारतका १.५ करोड़ गोर्खाहरूको चिनारी, भाषा र संस्कृतिको संरक्षण पनि सुनिश्चित हुनेछ,’ उनले भने।

विष्टले असम्भवजस्ता लागिने यस्ता धेरैवटा मुद्दाको समाधान प्रधानमन्त्री नरेन्द्र मोदीले गरिसकेको र देशका नागरिक त्यसको प्रत्यक्षदर्शी बनिसकेको भन्दै विष्टले अब छुट्टै गोर्खाल्याण्ड राज्य गठनको पालो रहेको जनाए।

भाजपाले संविधानको धारा अनुच्छेद ३७० समाप्त गरेर र  बोडोल्याण्डको समस्या समाधान गरेर पूर्वोत्तर क्षेत्रमा तीब्र विकास गरेको भन्दै उसैगरी गोर्खाल्याण्डसम्बन्धी मुद्दा पनि शीघ्र समाधान हुने आशा गोर्खाले गरेको पनि जनाए। 

१९८८ र  २०११ मा सरकारले दार्जीलिङमा गोर्खा पार्वत्य परिषद र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनजस्ता अर्ध-स्वायत्त निकायहरू गठन गरेर प्रयोग गरिसकेको छ  तर यी दुवै प्रयोग जनताका आकांक्षाहरू पूरा गर्न असफल बनेको सदनलाई बताउँदै विष्टले सदनलाई भने, ‘दार्जिलिङ र निकटवर्ती गोर्खाहरूका माग राष्ट्रीय सुरक्षाको सवालमा पनि महत्वपूर्ण छ। यही भनेर नै भाजपाले  २०१९ को चुनावी संकल्पपत्रमा स्थायी राजनीतिक समाधान खोज्ने दृढ़संकल्प गरेको थियो। अब त्यो पूरा गर्ने बेला भयो।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन