बाहिरिए रूनी

एजेन्सी लण्डन, 27 मई 2017


इङ्ग्ल्याण्डका सर्वकालिक शीर्ष गोल स्कोरर वेन रूनी राष्ट्रिय टीमबाट बाहिरिएका छन्। स्काटल्याण्डविरुद्ध खेलिइने वर्ल्डकप क्वालिफायर र फ्रान्ससँग हुने मैत्री म्याचका लागि छनोट टीममा यी स्टार स्ट्राइकर परेका छैनन्। पछिल्ला केही महिनायता चोट र घट्दो प्रदर्शनको कारण 31 वर्षीय रूनीको स्थान आफ्नो क्लब म्यानचेस्टर युनाइटेडमा पनि सुनिश्चित छैन। उनलाई गत मार्च महीनामा छनोट गरिएको गेरेथ साउथगेटको टीममा सामेल गरिएको थिएन। यद्यपि त्यसबेला रूनी चोटको समस्या भोगिरहेका थिए तर अहिले यी स्ट्राइकर पूर्ण रूपले फीट छन्।

हेरी केन र जेमी भार्डी जर्मिन डेफो र युवा मार्कस रशफोर्डहरू राम्रो खेलिरहेकोले पनि रूनी टीमबाट बाहिरिन परेको हो। बुधवार स्टाकहोममा अजेक्सविरुद्ध युरोपा लीगको फाइनलमा पनि म्यानचेस्टर युनाइटेडका यी स्ट्राइकर केहीक्षण मात्र मैदानमा देखिएका थिए। यी दुइवटा म्याचका लागि टीमबाट बाहिरिएपछि रूनीको अन्तर्राष्ट्रिय करिअर सकिएको मानिँदैछ। उसैपनि ढल्किँदो उमेरसँगै उनको प्रदर्शन पनि खस्किँदो छ। रूनीले आउँदो वर्ष रूसमा खेलिने वर्ल्डकपमा इङ्ग्ल्याण्ड टीमको कप्तानी गरी अन्तर्राष्ट्रिय करिअरलाई विराम लगाउने आशा गरेका थिए, तर उनको यो आशा आशै रहने सम्भावना धेरै छ। रूनीले अहिलेसम्म देशका 119 म्याच खेलेर 53 गोल गरेका छन्

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन