स्वाभाविक बन्दै सिक्किम

विज्ञापन

सिक्किम, 22 सेप्टेम्बर


कोरोना महामारी चुलिएपछि सिक्किममा बन्द भएको अन्तरराज्य आवगमन अब अक्टोबरदेखि पूर्णरूपमा खुला हुने भएको छ। अहिलेसम्म सिक्किम राज्यबाहिर र भित्र पस्नको निम्ति नागरिकहरूलाई अनलाइन पञ्जीकरण गर्नुपर्ने प्रावधान थियो। अब अक्टोबरदेखि अनलाइन पञ्जीकरण अनिवार्य छैन। राज्य सरकारको गृह विभागले जारी गरेको आदेशअनुसार अन्तरराज्य आवगमनका लागि स्वास्थ्य विभागले नयाँ दिशा निर्देश जारी गर्नेछ। यसैअनुसार अन्तर राज्य आवगवनको अनुमति प्रदान गरिने छ।

यता, सिक्किमका होटल, होम स्टे तथा पर्यटनसित सम्बन्धित सबै प्रकारका सेवा खुला गरिएको छ। पर्यटन विभागले स्वास्थ्य विभागसितको परामर्शमा राज्यमा होटल, होम स्टे अनि पर्यटनसित सम्बन्धित सबै सेवामा पालन गर्न नयाँ निर्देशिका तयार गर्नेछ। सोही निर्देशिकालाई सेवाप्रदायकहरूले अनुपालन गर्नुपर्नेछ।  

सिक्किम पर्यटनको क्षेत्रमा धेरै चर्चित रहेको छ तर कोरोना महामारी बढेलगत्तै पर्यटनलाई ठप्प राखिएको थियो। भारतभरि नै प्रशासनिक र सेवाप्रदायक संस्थानहरूलाई स्वाभाविक बनाउने अभ्यास शुरु भइसकेको छ। सिक्किम सरकारले पनि कोरोनाको कारण बन्द गरिएको सेवाहरूलाई खुलाउने निर्णय लिएको हो।

सिक्किम आउन चाहनेहरूको लागि 27 सेप्टेम्बरदेखि होटल बुकिङ शुरु गरिएको छ।  स्वदेशी पर्यटकहरूको लागि आवाजजावत खुल्ला गरिएको पनि विदेशी विदेशी नागरिकहरूका लागि भने सिक्किम सरकारले इन्नललाइन पर्मिट शुरु गरेको छ।  10 अक्टोबरदेखि इनरलाइन पर्मिट जारी हुनेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया