मुख्यमन्त्री साङ्माले अब विधानसभामा प्रस्ताव पनि ल्याइदिनु पऱ्यो सिक्किम र अरू राज्यले पनि गोर्खाल्याण्डको प्रस्ताव ल्याइदिनुपर्छः एनबी खतिवडा

विज्ञापन

सिक्किमको पूर्व सरकारले विधानसभामा प्रस्ताव ग्रहण गरेको भए पनि अहिले भने केन्द्रमा सत्तामा रहेको भाजपा र सिक्किम क्रान्तिकारी पार्टीको राज्यमा मिलिमतोमा सरकार चलिरहेको हुनाले अहिलेको सिक्किम सरकारले पनि गोर्खाल्याण्डको निम्ति विधानसभामा प्रस्ताव पारित गर्नुको अर्कै औचित्य हुन्छ त्यसैले पुनः एसकेएम सरकारले पनि गोर्खाल्याण्डको निम्ति प्रस्ताव पारित गरदिनुपर्छ।



गान्तोक, 26 सितम्बर


सिक्किमका वरिष्ठ राजनीतिक पूर्व विधायक तथा वरिष्ठ अधिवक्ता एनबी खतिवडाले मेघालयका मुख्यमन्त्री कऩड साङ्माले भारतीय गोर्खाहरूको चिन्हारीसित जोडिएको मागलाई समर्थन गर्दै गृहमन्त्रीलाई पत्रचार गरेकोमा धन्यवाद दिँदै उनले अब मेघालय विधानसभामा गोर्खाल्याण्ड गठनको निम्ति प्रस्ताव ग्रहण गर्नुपर्ने आग्रह पनि गरेका छन्। यसैगरि उनले कनड साङ्माको पद्क्षेपलाई स्वागत गर्दै त्यसै अनुरूप अब पूर्वोत्तर भारतका सबै राज्य विधानसभाले देशभक्त गोर्खाहरूको निम्ति बासभूमी गोर्खाल्याण्ड गठनको प्रस्ताव पारित गरिदिनुपर्ने बताए।

उनले सिक्किमको पूर्व सरकारले विधानसभामा प्रस्ताव ग्रहण गरेको भए पनि अहिले भने केन्द्रमा सत्तामा रहेको भाजपा र सिक्किम क्रान्तिकारी पार्टीको राज्यमा मिलिमतोमा सरकार चलिरहेको हुनाले अहिलेको सिक्किम सरकारले पनि गोर्खाल्याण्डको निम्ति विधानसभामा प्रस्ताव पारित गर्नुको अर्कै औचित्य हुन्छ त्यसैले पुनः एसकेएम सरकारले पनि गोर्खाल्याण्डको निम्ति प्रस्ताव पारित गरदिनुपर्छ, भनेका छन्। उनले भिडियो बयानमार्फत भनेका छन्, समस्त गोर्खाल्याण्ड क्षेत्र, सम्पूर्ण पूर्वोत्तर, हिमालच प्रदेश उत्तराखण्ड र भारतभरि बस्ने 1.5 करोड़ गोर्खाहरूको निम्ति खुसीको कुरा मेघालयको राष्ट्रिय स्तरमा सम्मानित नेता पीएस साङमाको छोरो कनड साङ्माले 4 सितम्बरको दिन केन्द्रिय गृह मन्त्री अमित शाहलाई पत्रचार गरेर पूर्वोत्तर भारतमा पुस्तौंदेखि अन्य जातिसित  गोर्खाहरू दाजुभाइजस्तो मिलेर  बाँचेको छ कुरालाई सम्मान गरेको बताउँधै  निम्ति आभार प्रकट गर्दछु भनेकाछन्।

यसैगरि उनले अझ भनेका छन्,  पत्राचार गरिसकेका छन् भने मुख्यमन्त्री साङ्माले मेघालय विधानसभामा पनि गोर्खाल्याण्ड गठन गरियोस भनेर प्रस्ताव ग्रहण गरिदिनुपर्छ। त्यसैगरि सिक्किमले पहिले पनि पारित गरेको अहिले पनि पुनः सिक्किम विधानसभा बोलाएर गोर्खाल्याण्डको प्रास्ताव ग्रहण गरिदिनुपर्छ यसको निम्ति मुख्यमन्त्री विधानसबा अध्यक्षलाई अनुरोध गर्दछु भनि बताए। पूर्व विधायक खतिवडाले अझ भनेका छन्,  अब पूर्वोत्तरको अन्य राज्यका मुख्यमन्त्रीहरूसित पनि आफ्नो चिनाजाना भएको कारण उऩीहरूलाई पनि प्रस्ताव ग्रहणको निम्ति समर्थन गर्न आग्रह गर्नेछु। अब सबै पूर्वोत्तरका राज्यहरूले विधानसभामा गोर्खाल्याण्ड गठनको प्रस्ताव पारित गरिदिनुपर्छ। उनले  यसैगरि पूर्वोत्तर भारतबाट राम्रो मन्तव्य आएको अनि त्यसको निम्ति गोर्खाहरू आभारी रहेको बताए।

उनले  भारतले लडेको सबै युद्धहरूमा गोर्खाले बलिदान दिएको स्वाधिनताको निम्ति बलिदान दिएको प्रमाण संसद भवन परिसरमा सहीद मेजर दुर्गा मल्लको सालिग रहेको कुरा पनि मुख्यमन्त्री साङ्माले उल्लेख गरेको कुरा भारत सरकारबाट पनि लुकेको छैन् भनि बताए। अहिले भाजपाको सरकारमा पूर्वोत्तर भारतको किनाराकृत अवस्थाबाट विकासको गोरेटोमा हिँड्ने मौका पाएको बताए। यसैगरि गोर्खा समुदायले सबै समुदायसित मित्रता र एकता भएर अघि बड्ने अनि होसमा आएको अब जातमा नबाडिएका गोर्खाहरू गोर्खाहरूको सुरक्षाको निम्ति छुट्टै राज्य अऩिवार्य रहेको कुरा भएको हुनाले सबैले सहयोग पनि गर्नुपर्छ भन्ने मन्तव्य राखेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया