हामी मुख्यमन्त्रीको वयानले निराश होइन अझ उत्साहित छौं-केसी राई

अस्तिसम्म हामीलाई हाम्रो कुरा राज्य सरकारसम्म पुग्यो पुगेन भन्ने थाहा हुँदैन थियो।  तर हिजो खुल्लमखुल्ला सबैले थाहा पाउनेगरी हाम्रो मुद्दा मुख्यमन्त्रीसम्म पुग्यो। हामी मुख्यमन्त्रीको कुराले निराश छैनौं बरु उत्साहित छौं


कालेबुङ, 1 अक्टोबर


हिजो उत्तरकन्यामा भएको प्रशासनिक बैठकमा दार्जिलिङका अस्थायी कर्मचारीहरूलाई स्थायी गराउन जिटिए प्रमुख अनित थापाले मुख्यमन्त्री ममता व्यानर्जीसित कुरा उठाएका थिए। मुख्यमन्त्रीले पेन्डामिकको कारण राज्य सरकार आर्थिक समस्यासित जुझ्न परिरहेको बेला स्थायीको कुरा उठाउनु सही नरहेको भन्दै जे छ, अहिलेलाई त्यही चल्न दिनु भन्ने निर्देश गरेकी थिइन्।

सबैलाई लागेको थियो, स्थायीकरणको आशामा बसेका अस्थायी कर्मचारीहरूलाई मुख्यमन्त्रीको यस्तो वयानले निराश पारिदियो। तर एकिकृत अस्थायी कर्मचारी सङ्गठन, कालेबुङका अध्यक्ष केसी राईले त्यसको ठिक उल्टो वयान दिएका छन्।

उनीअनुसार मुख्यमन्त्रीको वयानले अस्थायी कर्चारीहरू निराश छैनन् बरु अझ उत्साहित छन्।

‘अस्तिसम्म हामीलाई हाम्रो कुरा राज्य सरकारसम्म पुग्यो पुगेन भन्ने थाहा हुँदैन थियो।  तर हिजो खुल्लमखुल्ला सबैले थाहा पाउनेगरी हाम्रो मुद्दा मुख्यमन्त्रीसम्म पुग्यो। हामी मुख्यमन्त्रीको कुराले निराश छैनौं बरु उत्साहित छौं,’ केसी राई भन्छन्, ‘यस्तो बेला पनि हाम्रो मुद्दा सरकारसित संवादमा गयो। यही ठूलो कुरा हो। मुख्यमन्त्रीद्वारा पेन्डामिकको बेला स्थायीको मुद्दा उठाउने सही समय होइन भनिएको हो, स्थायी गर्दिन नै चाँही उनले भनेका होइनन्। यसकारणले यो पनि एउटा उपलब्धी हो। हामी अनित थापामा आभार प्रकट गर्छौं किन भने हाम्रो मुद्दाको डायलग ओपन भयो। जबसम्म स्थायीको प्रक्रिया हुँदैन तबसम्म हाम्रो पेनडाउन स्थागित हुनेछैन, यो निरन्तर हुनेछ।’

2009 मा स्थायीकरणको मुद्दामाथि राजनीतिकरण गरिएकोले आफूहरू स्थायी बन्न नसकेको भन्दै  2017 देखि विनय खेमा मोर्चा र जिटिएले आफूहरूको मुद्दालाई पार लगाउने प्रयास निरन्तर गरिरहेको पनि केसीको जिकिर छ।

‘हाम्रो आन्दोलनको प्रभाव जिटिएमा परेकै छ र नै जिटिएले मुख्यमन्त्रीसमक्ष हाम्रो कुरा पुऱ्याइदिएको छ। जिटिएले आफ्नो कर्तव्य पूरा गरेको छ,’ राई भन्छन्, ‘मुख्यमन्त्रीको कुरा सुनेर कति कर्मचारी निरास बने होलान, तर यो निराश हुने कुरा होइन। हाम्रो मुद्दाबारे डायलग ओपन भयो।’

भोलि केन्द्रिय समितिको बैठक गरेर भावी रणनीति बनाउने भन्दै केसीले बङ्गालभरि रहेका पेव्यान्ड कर्मचारी र जिटिएका कर्मचारीबीचको प्रकृति एउटै नरहेको पनि खुलाए।

‘हामी सेङ्सन भ्याकेन्सी अन्तर्गत छौं, ननप्लान बजेटबाट स्यालेरी आइरहेको छ, बङ्गालमा पेव्यान्डका धेरै कर्मचारीहरू छन्, उनीहरू सेङ्सन भ्याकेन्सीअनुसार होजस्तो लागेन। हामीलाई स्थायी गर्दा राज्य सरकारलाई कुनै आर्थिक बोझ हुँदैन,’ राईले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन