आयामिक लेखनको आत्मकथा

विज्ञापन

इन्द्रबहादुर राई (इन्टरनेटबाट)


इन्द्रबहादुर राई

तेस्रो आयाम- (वर्ष १ अंक ४०५, अगस्त-सितम्बर १९६३)-को सम्पादकीयमा तिलविक्रम नेम्बाङ्गले लेख्नुभएको थियो :
“यौटा साधारण मान्छेको व्यक्ति जिन्दगी सामाजिक परिवेशमा चेप्टिन्छ।
त्यस सामाजिक परिवेशको जटिलताको विख्द्ध जिन्दगीलाई बाँचिदिने महत्‌
प्रयत्नमा बौद्धिक मान्छेको जन्म हुन्छ। यसरी परिवेशमा च्याप्टिएको व्यक्ति
जिन्दगी बौद्धिकता बोकेर गहिरिन्छ ! “

“यसरी जिन्दगोको वास्तविक सत्यको प्राप्तिमा मान्छेभित्रको ‘तेस्रो आयाम’
उसको बौद्धिकता अनिवार्य छ।

“आजसम्म लेखिएको सबै उच्चस्तरीय विश्व-साहित्यमा यो ‘तेस्रो आयाम’
छ। विश्व-साहित्य आयामिक छ।

‘आयामिक लेखनले के विश्वास राख्छ भने आजको बीसौं शताब्दीको
अस्तव्यस्तता र जटिलता पुरानो लेखाइको परिभाषित ढाँचाभित्र आँट्दैन…’
आयामिक लेखनको आस्था के भने आधुनिक लेखनबाट मात्र आधुनिक मान्छे-
को जिन्दगीले संलग्न अभिव्यक्ति पाउँछ।”

“वैवारिकता छ तेस्रो आयाम, उहाँले स्पष्ट गरिदिनुभएको थियो । लेख्नु-
पर्छ जीवन, भन्नुभएको थियो ।
पुरानै पनि सबै उच्चस्तरीय साहित्यमा तेस्रो आयाम छ, भन्नुभएको
थियो । आधुनिक कालमा तेस्रो आयाम सटीकतासँग लेख्न आयामिक लेखन
अग्रसारित छ, भन्नुभएको थियो ।
जीवन तर कसरी बुझ्नसक्छौं ?
बुद्धि बुझ्दा, जीवन एकै व्यक्तिमा मात्र सीमित छैन, समूहमा पनि फैलेको
छ। जीवन मानिसजातिको वर्तमान समुदायमा मात्र पाइएको होइन, जीवन
भूतकालमा पनि भएको र भविष्यकालमा पनि हुने हो। स्पेस-मा तेर्सो फैलेको
र टाइम-मा ठाडो आएको यस जीवनलाई, यसको नैरन्तर्यलाई लेख्नु थियो ।
नैरन्तय अझ अर्को दृष्टिले छ। जीवनको अनुभवहरू (सुखदुख, आपदहर्ष, क्रोध दया इत्यादि) सबलाई सँधै हुन्छन्‌, सबलाई सँघै एकै हुन्छ, विभिन्न व्यक्तिलाई विभिन्न कालमा त्यै अनुभव घुमीघुमीझैं आउँछ । ऐतिहासिक कालको
पुनर्पुनरावृतिमुलक समाजवैज्ञानिक बोधले, चैतन्यको एकत्वमूलक औपनिषदिक
बोधले, नैरन्तर्यनै बताउँथ्यो । यो ‘सँघै एकै’ जीवनानुभव दोहोरिएकोलाई समेत
लेख्नपरेको थियो र यो लेख्नलाई मिथक तथा आध्यस्वरूपको प्रयोग छ आयामिक लेखनमा । आजको हाम्रो स्थिति र यसमा बाँच्दाका हाम्रा जीवनानुभवहरू नै अघि पनि थिए, अलिकति बाहिरी रूपभेद मात्र हो। ती स्थिति र अनुभव विगतमा भेटिँदा वर्तमानको हाम्रो जीवनलाई विगतमा पनि बसिरहेको
भेटिन्छ। यसो पनि भन्नसकिन्छ । विगतको त्यो जीवन वर्तमानमा पनि हामी
बाँच्दछौं, ओढ्दछौं । यो थियो जीवनानुभवको तेस्रो आयाम ।

बुद्धिछे जीवन चिन्नै मात्र तर सम्पूर्ण जीवनबोध होइन । जोवन थाह
पाउनु, चाल पाउनु पनि पर्छ । ‘म बिचार्छु र म छु,’ मात्र होइन “म अनुभूत
गर्छु र म छु’ पनि हो। हामी बाँचिरहेकाछौं, हामी जीवित छौं भनेर हामी
थाह पाउँछौं हाम्रा शारीरिक इन्द्रियहरूमा कष्ट (जाडो भएको, पोलेको,
दुखेको) वा सुख (शीतल भएको, न्यानो लागेको, सन्चो लागेको)-को अनुभूतिले; केही देख्दा, सुन्दा, बुझ्दा, सम्झँदा मनमा लाग्दाको अनुभूतिले । प्रश्न अब :
जीवनलाई बुझिने गरी मात्र होइन जोवनको अनुभूति नै थाह पाइने गरी लेखौं
कसरी ? ‘ढुङ्गा’ कस्तो हुन्छ बुझाएर मात्र नलेखी ढुङ्गा देख्दा वा छाम्दाको
अनुभूति पनि दिनु (लेख्नु) ‘सम्पूर्ण-तिर हुन्छ। अनुभूतिलाई बुद्धिले जानेको
(जाडो भएको जानेको ) अनुभव हो । सोझै अनुभूत भएको ( जाडो भएको)
अनुभूति हो । जसरी सोझै (बुद्धि नपसी) अनुभूत भयो उसरी सोझै (बृद्धि पस्न
नदिई ) लेख्नुपर्छ अनुभूति, आयामिक परियोजना थियो । अनुभूति तर अनुभूत
हुनमात्र अनुभव (बुद्धिले बुझेको) भइहाल्छ । सब अनुभूति लेखकले लेख्नअघिनै
उसक्रो मनमा अनुभव (बुद्धि पसेको) बनिसकेको हुन्छ अनुभव बनिसकेकोलाई
फेरि अनुभूति पार्दा, र त्यसरी लेख्दा, बुद्धिलाई फेरि बाहेक गर्नुपर्ने हुँदछ (सक्दो) ।

यो कठिनता छँदै थियो अर्को कठिनाइ थपिन्छ भाषा । अनुभूति शाब्दिक
भाषामा हुँदैन, लेख्नुपर्छ शाब्दिक भाषामा । अनुभूति समकालिक हुन्छ ( थुप्रै
थोक देख्छौं, सुन्छौं, सम्झन्छौं, सोच्छौं, मनमा लाग्छ- एक कालमा ) तर
भाषा लेख्न-पढ्न अनेक क्षण लाग्ने शब्दपछि शब्द, वाक्यपछि वाक्यको ताँती
हुँदछ । अनुभूति हुन्छ निरन्तर, अविच्छेद्य भई आइलागिरहेको जस्तो तर
भाषाका शब्द, शब्दसमूह, वाक्य बिच्छेद्य हुन्छन्‌, छुट्याइन सकिने भई ताँतीमा उभिएका । दस-बाह्र कदम हिँड्दै चेतहरू पाउँछु : सडकमा/आज बिहिबार/मानिसहरू नचिनेका गइरहेका/आवाज दुईचार गाडीहरूका/ दिन रमाइलो लाग्छ/ घाम लागेका सेता बिल्डिङहरू/खुला झ्यालहरू त्यहाँ/ झ्याल देख्छु आँखामा हाम्रो कोठाको/अघि सड्क लामो सफा देखिएको/पुग्नलाई मनमा
हतार/… आधा मिनटभित्रको यति अनुभूति नै वेलीविस्तार लाएर लेख्दा
आधा घन्टा लामो वर्णन ( रिपोट ) हुन्छ। आयामिक लेखनमा “रिपोट’ लाई
ठाउँ थिएन । अनुभूति जसरी अनुभूत हुन्छ (जति क्षणमा, जुन क्रममा, रुपमा)
त्यसरी दिनुपर्छ, आग्रह थियो ।
यसरी समक्षणिकतामा भन्न सक्तछ चित्रकलाले, विशेषत: आधुनिक चित्रकलाले । चित्र ( क्यान्वस ) ले जे भन्छ एकै चोटिमा भन्छ, सोझै भन्छ । ध्यान र (कान्टम्प्लेशन )-मा समय लाग्छ, तर ध्यानमा पाइएको थोक सोझै दिइसक्ने
हुँदछ । “चित्रकलाको सोझो साम्यको भाषा’ लेख्ने उद्यम आयामिक लेखनको
यसरी भयो । यो थियो लेखनमा जीवनानुभूतिको तेस्रो आयाम ।

दृष्टान्त :

क्रमात्‌ तिलविक्रम नेम्बाङ र्‌ ईश्वरवल्लभबाट :

१. म केही बेर बिसाउन चाहन्छु !
कुइनाले थिची वर्तमानलाई टेबलमाथि,
बगर बाँधेर परेलाले आँखामा
अलिकति !

थकित मानव, विश्राम लिनचाहन्छ, टेबलमा दुइ कुहिना टेकाई चौकीमा
बसेको, त्यस्तो मान्छे जस्तो; त्यसरी नै वर्तमानलाई कुहिनाले थिचेर, विगतलाई
मुदित नेत्रका परेला-लठाराले कसेर । अलिकति ।

‘कुइनाले थिची वर्तमानलाई टेबलमाथि’ र ‘विगत बाँधेर परेलाले
आँखामा’-मा अनुभूतिलेखन समक्षणिकता र त्यसरी अव्यावहारिकता सौन्दर्यको
पनि छ। पद्यांश यतिमै एक क्यान्वसको तात्क्षणिक प्रेषणा, प्रमावर पूर्णता
पाइँदैन ?

२. बिटुलो भइसकेछन्‌ अचेल हरेक आस्थाको अनुहार…

पातहरू शरद छैनन्‌, म फूलहरू कसरी चिथोरुँ
बासहरूमा कोलाहल गर्छन्‌ अनेक व्यर्थ कुराहरू

मैलो पोतिएको अनुहार, सिद्धान्तको /विश्वस्त व्यक्तिको अनुहार त्यस्तै
अनुहार त्यस्तै बिटुलिएको, शरदमा सबै पात शरद्‌, ऐले त्यसो छेन, ऐले
शिशिर, फलहरू ( राम्रो थोक) चिथोर्न पनि पाउन्न, व्यर्थको थुप्रो कुरा गर्नेहरू छन्‌, वास वस्ने झाडीमा चराहरूको व्यर्थको कोलाहल मात्र । ( चराहरू
नदेखिएको तर चिंचिं च्याँच्याँ वगुन्द्रो सुनिएको र व्यर्थको कुराहरूले गरेको
कोलाहल। )

‘म फूलहरू कसरी चिथोरुँ’ पछि लगत्तै राखिएको ‘वासहरूमा कोलाहल
गर्छन्‌ अनेक व्यर्थका कुराहरू’-मा असम्बद्धझैं ( त्यसरी आएको ) दृष्टि-(श्रवण मननगत संश्लिष्ट अनुभूति झलक्क प्रदत्त छ। लाक्षणिक , मेटनिमिक ) अधिक
ती पंक्तिमा वैषम्य ( विटुलो अनुहार ) कलाक्कतिमा हुनसकेझैं ( क्यान्वसमा
पहेंला हुनसके झैं ) छ ।
जीवनानुभूति लेख्दा बुद्धिलाई बाहेक गरिएको वा निर्बौद्धिकताको सहयोग
लिइएको भनियो । त्यसको अर्थ, आयामिक पंक्तिहरूमा बुझ्नसकिने थोक केही
हुँदैन भनेको होइन । बौद्धिकता ( वैचारिकता ) अड्छ बढ्छ तार्किक संगतिले,
अंग्रेजीमा जसलाई ‘लजिक्यालिटि’ भन्छन्‌ । ‘पानी पर्छ होला, मेरो छाता
लानुहुन्छ ? अस्तिको छाता पनि ल्याइदिनु भएको छैन’-मायालु बोलाइ ।
बोलाइको तीन भागविच तार्किक संगति छ । आयामिक कविताभित्रको भागहरूबिच यस्तो तार्किक सम्बन्ध प्रायः पाइँदैन । माथि, मेचलाई सँगै बर्तमानलाई थिचेको कल्पनागत आनुभूतिक संगति छ । व्यर्थको कुरा गर्नेहरू/झाडीमा चराहरू कराएको मानसिकतागत आनुभूतिक सम्बन्ध छ। लेखन ‘मेटाफोरिक’ बन्छ मानिसको मानसिक-बौद्धिक प्रक्रिया ‘मेटाफोरिक’ भएको अनुरुप।
बौद्धिक चिन्तनले जोवनबोध र नैवौँद्धिक प्रदानले जोवनानुभूति, दुइको
सम्मेलले ‘सम्पूर्णता’ पछ्याइएको थियो। यो सम्पूर्णता तर चतुर्थ आयाम
( काल )-को संयुक्ति नभए असम्पूर्ण नै रहेको हुन्थ्यो । चतुर्थ आयाम ( काल )
दुवै जीवनबोध र जोवनानुभूतिसँग संयुक्त नै थियो, मात्र चिन्न पर्थ्यो । एउटै
दृष्टान्त लिउँ : अत्याचार गरिएको र त्यसको विरोध गरिनुपर्ने अघिको जीवन
आज पनि त्यै छ। त्यै जीवन थियो भूतमा, छ वर्तमानमा, हुनेछ भविष्यमा ।
यै वर्तमानमा ती भूत र भविष्य पनि जीवित स्थित रहेकोलाई आवर्तकाल वा
अविराम वर्तमान भनिएको छ। आद्यस्वरुप र मिथकले जीवनबोध लेख्दा
जीवनको यै नैरन्त्य लेखिन्छ। आवर्त जीवन लेख्दा आवर्तकाल लेखिन्छ ।
जीवनानुभूतिको काल चाहिँ अनुभूति मात्र र सतत वर्तमान मात्र हुन्छ ।

एक झाँकी जीवनबोधको :

तिलविक्रम नेम्बाङबाट :

तिगेनजोङ्ना !

काँसको थालमा उमारेको जोख्नाका बोटहरू

केभन्छन्‌ ?
आमा तिगेनजोङना हुन्छिन् हाम्रो चेतनामा ऐले वर्तमानमा। केसामी
( बाघछोरा) र नामसामी (मान्छेछोरा) जङ्गलमा आपस्तमा भिडिरहेका छन्। चिन्तित यै चेतनामा ऐले वर्तमानमा । केसामी छन्‌ । चिन्तित आमा थालमा फूल ओनदोङ (केसामी) र फूल सेकमारी (नामसामी) राखी कुन छोरा बाँच्छ लक्षण हेर्छिन् सुर्ताएर। त्यै आद्यानारी, त्यै आद्य स्थिति, त्यै सशंक जीवन, त्यै त्रस्त काल छौं हामी आज। ‘जोखानाका बोटहरू के भन्छन्?’ यै प्रश्न छ आजको हाम्रो स्थितिको, आमा तिगेनजोङ्नालाई आवर्ती तिगेनजोङ्ना हामी नै प्रश्न र प्रश्न हामीलाई नै।
आयामिक लेखन यति नै होइन।
पहिलो फड्को हो।
तेस्रो आयाम जीवन बोधको तेस्रो आयाम जीवनाभूतिको, त्यसमा संयुक्ति चथुर्थ आयाम (काल)-को सम्पूर्णता लेखनको निम्ति।

(२)

जीवनबोध सबैको एकै हुँदैन । जोवन वियोगमय छ, जीवन संयोगमय छ,
जीवन संघर्ष हो, जोवन उत्सर्ग हो, जीवन सुन्दर उपहार, जीवन एउटा
-दण्ड, इत्यादि । जीवन कस्तो छ भन्नू आयामिक कुनै निर्देश थिएन। जोवन
लेख, जीवन जस्तो लाग्छ त्यस्तै लेख । आयामिक दरिनलाई सर्त एउटै छ:
आयामिकता पूर्वक लेख, अर्थात्‌ सम्पूर्ण जीवनलाई सम्पूर्णकालमा लेख।
यसरी यो लेखन मात्र थियो–आयामिक लेखन । एउटा अभियान ।

जीवनबोध जुनैको पनि फेरि परिवर्तित देशःकाल अनुसारको अनेक
रूपभेद हुन्छ । ‘स्थितिले निर्घार्य छ जीवन’ बोधको पनि आदिमकालीन,
मध्यक्कालीन, वर्तमानकालीन, भविष्यकालीन घेरै रुपान्तर हुन्छ । बाहिरी
रुपमा भिन्न, भित्री तत्वमा अभिन्न यी संदर्शहरूलाई समकालिकतामा लेख्नु
थियो । सम्पूर्ण काल र घटना ऐलेकै क्षणमा सहोपस्थित रहेका । वर्तमानको
कुनै एक बिन्दुमितिमा उभिएका एक्र लेखकको आँखाले यीहरूलाई ऐतिहासिक
कातक्रममा नियालेर लेख्दा पनि हुने हो, व्यावहारिकताको दृष्टिले । त्यो
तर देश-काल नैरन्तर्य हुँदैन । आयामिक दृष्टि सम्पूर्ण कालिक दृष्टि छ,
सम्पूर्ण कालमा उपस्थित लेखक सम्पूर्ण जोवन बोध र काल बोध उसलाई
ऐले यो जीवनक्षणमा छ। सम्पूर्ण काल एकक्षणिकतामा र सम्पूर्ण बोध एक
बोधानुभूतिमा । त्यसै र लेख्तछ उ अनुभवलाई अनुभूति बनाई। भूत
बर्तमान ! भविष्यको योग लेख्तैन उ, त्यो ता सम्पूर्ण काल भयो। समक्षणिकतामा विगत/आगत/अनागतको सहोपस्थिति लेख्तछ उ, त्यो हुँदछ

-सम्पूर्ण काल ।
काल र बोधको यो समक्षणिकता ( सिमलट्नीइटि लेख्नलाई चित्रकलाको
घनवाद ( क्युविज्म )-को विधि ग्रहण गरिन्छ । घनवादी कृति एउटै वस्तु,
व्यक्ति, विषय, घटना, स्थितिका अनेककालिक संदर्शहरूको संग्रन्थन हुँदछ ।
संग्रन्थनाको एउटै क्षणमा कालहरू सहवर्ती र एउटै अनुभूतिमा बोधहरूको
एकीभवन । शब्द र वाक्यहरूको ताँतीले लेख्नुपर्ने हुँदा चित्रकलाको समानताकै
समक्षणिकता साहित्यिक लेखनमा दिनु कठिन कार्य छ तर समीप पुगिने यो
विघि प्राप्त छ।

तिर्यकचिन्ह ( अब्लीक )-को प्रयोग पनि आयामिकहरूले यै समक्षणकता,
सहोपस्थितता, अभिन्नता भन्नलाई गरेका थिए ।

यसरी नै लेख्दै एउटा पुनराविष्करणमा हामी ठोक्किन पुग्छौं । हठात्‌
देख्छौं पारिप्रेक्ष्यिक संदर्शहरू हामीद्वारा देखिएको मात्र रहेछ। कुनै पनि
वस्तु, व्यक्ति, विषय, घटना, स्थितिलाई हेर्दा हाम्रो देश-कालमा बाँधिएका
हाम्रो सीमितिले, मानिस भएका हाम्रो सीमितिले हेर्दारहेछौं, बुझ्दा रहेछौं,
अनुभूत गर्छौँ, मूल्यन गछौं, । वस्तुतः विषयहरू हाम्रो मापनहरूदेखि दूरस्थ
र स्वतन्त्र छ । मानसिक बौद्धिक आत्मगत हाम्रो क्रियासित असम्बद्ध त्योहरू
त्यहाँ ‘छ’ मात्र । यो “छ मात्र’ हो वस्तुता ।

वस्तुमा प्रथम यो देखेर पारिभाषिक नाम ‘वस्तुता’ राखिएको पछि
लाक्षणिकताले सबैमा यै नाउँ चल्छ। देखियो: “मलाई यस्तो लागेको मात्र
हो, मैले यस्तो बुझेको मात्र हो, वस्तुतः त्यो तटस्थ तथा अज्ञेय छ,’ देखिने
प्रत्येक थोक वा विषय वस्तुता हुन्छ । कुनै एक कार्य अघि नगर्नु पर्ने देखिएको
पछि गर्नुपर्ने थिएछ देखिन्छ वास्तवमा कार्य आफै त्यो कार्य मात्र छ, स्वतन्त्र
सबै बुझाइहरूदेखि । एउटै संवेद कसैलाई सुखद लाग्छ त कसैलाई कष्टप्रद ।
त्यस संवेदको यथार्थ के ? एउटै साहित्यिक कृति कतिलाई राम्रो लाग्छ,
कतिलाई लाग्दैन । यी मूल्यांकनसँग असम्बद्ध कृतिको आफ्नै अस्मिता छैन?
देखिएकोहरू मात्र छ भन्न खोज्ने सापेक्षवाद ( रेलटिविज्म )-मा आयामिक
लेखन रोकिँदैन, देखिएकोहरू भित्र एउटा तात्विकता ( वस्तुता ) रहेको,
हुन्छ भन्ने सापेक्षता (रेलटिविटि )-मा यो पुगेको छ।

सब थोकको पछिबाट रहेको यस वस्तुतालाई कसरी लेख्नसक्नु, युक्ति
अब गर्नु छ । पछिल्तिर रहेको यसलाई अघिल्तिर ल्याउनु पर्ला । पछिल्तिरैमा
पनि ओझल भएर रहेकोलाई झलक्क देखिने पार्नुपर्छ। यहाँ ‘दखिने’-को
आशय आँखा, मन, बुद्धिले देखिने ।

ठोस वस्तुहरूको वस्तुता त आँखाले नै पनि देख्नसकिन्छ। “एउटा ढुङ्गा
सामु राखौं, आँखा थुनौं; पलक खोलेर कति क्षणभरि हामो देख्छौं मात्र, पछि आएका क्षणहरूमा “यो ढुङ्गा हो’ बृद्धिमा बुझ्छौं । देखेको मात्र क्षणहरूमा बस्तु
छ।’ यस प्रकरणको उद्योग थियो खाड्ल कथामा मेरो । आयामिक लेखनको
मूलभूत लेख्य हो जीवन र लेख्नुपर्नेछ जीवनको वस्तुता । जुनै वस्तुताको लेखनको आड्मा अनुभूत गरिन्छ जीवन र देख्न खोजिन्छ जीवनको वस्तुता । वस्तुतालेखनको स्पष्ट सिद्धान्तीकरण गरिएको थिएन तर आयामिक सर्जनात्मक
लेखनमा यो पाइन्छ ! सिर्जनले सिद्धान्तीकरणलाई उछिनेको र डोहोऱ्याएको छ
भनौं । ठोस वस्तुको वस्तुता प्रत्यक्षणले लेखिनसक्ने हुन्छ तर जीवनको वस्तुता
अमूर्त भएकोले अमूर्त विघि प्रयोजनोय हुन्छ । एक आयामिक जीवन अन्ध
बाँचिए मात्र , त्यस्तै लेखिए, जीवनको वस्तुता नदेखिएला । जीवनलाई बाँचेकोबाट, देखिएको जीवनलाई देखाउने ( संकेतक ) पनि तुल्याई, जीवनको
वस्तुताको विद्यमानता दृष्ट बन्दछ ।

जीवनको ऐब्सट्र्याक्शन’ छ तिलविक्रम काइँलाको कविताहरूमा, टु
ऐब्सट्र्याक्ट ( क्रि० )-को समानताको । कलामा अमूत रुपहरू ज्यामितीय
वृत्त, त्रिकोण आदिमा पुगेको साम्यमा वर्तमान नानाविघ जीवनहरू मानिसको
आधारभूत तथा सारभूत जीवनमा पुग्छन्‌, तिक्खर जीवन वा आदिक जीवन
जसलाई भन्छौं । काइँला आदिक जीवनका कवि छन्‌ । आदिक जीवन अनुभूत
हुँदै पराजीवन देखेको लाग्छ :

उचालेर दुवै हातले छाम्छु

जीवन सुम्सुम्याउँछ आङमरि केवल भुवाहरू -तिलविक्रम काइँला

आह ! कता भाग्नुलाई तैयार हामीहरू

यस भूमिबाट-

जहाँ जिन्दगी कुर्कुच्चासम्म उमारेका छौं ! -तिलविक्रम काइँला

रिड्कटिव विधिको काइँलाको अमूर्तीकरणभन्दा भिन्न प्रिजेनटेटिव विधिको
ईश्वर बल्लभको अमर्तीकरण छ, ऐव्सट्याक्ट ( ना०)–को समानताको ।

मेरी आमाले आत्महत्या गरेको देश कवितामा, रातोहरू लिपेको
क्यान्वस जस्तो यस कतिमा, व्यावर्तक आभास छ आत्महत्याको । आत्महत्या
जीवनभित्रकै हो, जीवनले गर्छ । आत्महत्याको वस्तुतात्मक अनुभूतिले जीवनको
वस्तुता अनुभूत छ।

जोवनकै वस्तुता होइन तर वस्तुता मात्र ता अन्य युक्तिले पनि लेख्न सकिन्छ। वस्तुताको अनुभूति दिई । अनुभूतिको बस्तुता दिई। लेखनमा चिनिएको एउटै थोक लेखनमा चिनिएको धेरै थोक तुल्याई । वाक्य तथा प्रत्यय ( आइडिअ )-हरू तार्किक तौरले असम्बद्ध दिई । ‘कृति वस्तुता होस्‌’ पनि भनेका थियौं ।
मानिसका भाव, भावना, कल्पना, अनुभव, बोध, मूल्यनदेखिन्‌ पर रहेको,
जीवनदेखिन्‌ नै पर रहेको, त्यस वस्तुतालाई लेख्ने जमर्को नगरी सम्पूणता छैन।
वस्तुता तर यस्तो एउटा भित्ता भेटिन्छ जसलाई बुद्धिले भेदन गर्ने,
छिचोल्न सक्तैन। बुद्धिले वस्तुतालाई अन्धाहरूले हात्तीलाई जस्तो छाम्छ
मात्रै । तेस्रो आयाम पत्रिकाको सम्पादकीयहरूदेखि बुद्धिलाई अघि हिँडाएर
आएका आयामिकहरू ‘वस्तुता’-मा आइपुग्दा बुद्धिप्रति गहिरो तोरले सशंक बन्छन्। शंका सही ठहरिई लगत्तैझैं यो बुद्धिप्रतिको अविश्वास बन्छ। आयामिक लेखनमा अचेतनको पृष्ठभूमि रहिरहेको पनि क्रियात्मक बनी यो अविश्वास दरो बन्छ :

वास्तविकता

यथार्थ

जिन्दगी

? अन्धा मान्छेहरू र हात्ती
xxx
बुद्धिले सूर्य बालेर राँकोले हेर्छ हेरेर देख्दैन
ढुङ्गामा ठोक्केर लड्दै वालुवा टेकेर कुद्छ
xxx
अब त केवल उच्चाटको अमनले बुद्धि दुख्छ
[तीनै उद्धरण तिलविक्रम काइँलाबाट ]

अविश्वासको यो ग्रहण-लाई के गर्ने !

वाकस्वतन्त्रता जन्मसिद्ध अधिकार हो यस अविश्वासकै पनि ।

सीमित दृष्टि, सीमित बृद्धिका अन्धा हामी जीवन र जगतलाई केवल ब्रेल
छाम्दछौं ।

जीवन जति थोकको ओइरो हो ती सम्पूर्णलाई लेख्ने, बौद्धिकता र र अबौद्धिकता, आभास र यथार्थ सबको अङ्गीकारले लेख्ने, थोकहरू, जस्तरी देखिन्छ समनुरुपताको लेखन प्रविधि निर्मित गरी लेख्ने आयामिक दोस्रो फङ्कोसम्ममा समेटियो सबै। ‘सम्पूर्णता’ थियो उत्तरको त्यो ध्रुवतारा जसलाई संकेत पारेर हामी समुद्रमा आँखा टेक्दथ्यौं ।
आयामिक लेखनको कथा यो मैले देखेको । पच्चिस वर्षपछिबाट हेर्दा।
कथाहरू ईश्वर बल्लभ र तिलविक्रम काइँलाले केही भिन्दै देख्नु होला-हामीलाई
नै टाढा र वस्तुता भइसकेको आयामिक लेखनको । या यहाँ यसरी छ आयामिक
लेखनको आत्मकथा एउटा ।

विवेचन-बाट साभार

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया