सिक्किममै बितेको 24 घण्टामा 3 जना कोरोनाले मृत्यु

विज्ञापन

गान्तोक, 6 अक्टोबर।

सिक्किममा बितेको 24 घण्टामा  दोस्रो कोविड वारियर समेत तीनजानको ज्यान कोरोना संक्रमणपछि गएको छ।  सिक्किमको प्रवेशद्वार रम्फूमा गत 29 जनवरीदेखि कोरोना योद्धाको रूपमा अग्र पंक्तिमा खटिरहेका रम्फू प्राथमिक स्वास्थ्य केन्द्रका बहुउद्देश्य स्वास्थ्यकर्मी (एमपीएचडब्लु) एबी विश्वकर्माको निधन भएको छ।  यसैगरि सिक्किमे कलाकारीतामा वरिष्ठ नाट्य तथा सिनेकर्मी मनु तता उर्फ डिके लेप्चा (65) को निधन एसटीएनएम अस्पतालमा भएको छ। यसैगरि गान्तोक डिजल पावर हाउस निवासी एक 57 वर्षीया महिलाको पनि निधन भएको छ। यसरी 24 घण्टाको अऩ्तरालमा कोरोना संक्रमणपछि तीनजनाको निधन भएको छ।

स्वास्थ्य विभागका सचिव डॉ. पेम्पा टी भोटियाले दिएको जानकारी अनुसार उनको आज बिहान पाण्डम निर्वाचन क्षेत्रको जित्लाङस्थित आफ्नै निवासमा निधन भएको हो। 13 दिन पहिले उनी कोविड पोजेटिभ भएका थिए भने 6 दिन अघि मात्र एसटीएनएम अस्पतालबाट उनलाई उपचार पछि छुट्टि दिइएको थियो। उनको निधनमा स्वास्थ्य सचिवले शोक व्यक्त गर्दै उनले आफ्नो कर्तव्य निष्ठापूर्वक पालन गर्ने निष्ठावान कर्मनिष्ठ स्वास्थ्य कर्मी रहेको बताइएको छ।  

अर्कोतिर कलाकार  मनु तता मधुमेहको रोगले ग्रस्त थिइन भने हालै उनी कोविड 19 को संक्रमणमा परेकी थिइन्। उनी नयाँ एसटीएनएम अस्पतालको संघन उपचार कक्षमा उपचाराधिन थिइन भने उनलाई हिज राति मृत घोषित गरिएको छ। उनको निधनले सिक्किमेली  कलाकारहरूमा शोकको लहर छाएको छ। उनले विभिन्न टेलिफिल्म, चलचित्र, नाटक र भिडियो फिल्महरूमा बेजोड अभिनय गरेर स्थापित बनेकी थिइन्।

बितेको 24 घण्टामा तीनजनाको मृत्युसितै कोरोना संक्रमणले मर्नेको संख्या 49 जना पुगेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया