जिटिएको द्वीपक्षीय वार्तामा मोर्चाको कुरा केन्द्रका अधिकारीहरूले धैर्यसित सुनेर आश्वासन दिएको लोपसाङ लामाको दाबी

लोपसाङ लामा : फाइल फोटो

कालेबुङ, 7 अक्टोबर


केन्द्रीय गृहमन्त्रालयको सिएस विभागले बोलाएअनुसार अनुसार गोर्खा जनमुक्ति मोर्चा विमल खेमाका कार्यकारी अध्यक्ष डा. लोपसाङ योल्मो लामाले नेतृत्व गरेको एउटा टोली आज गृहराज्य मन्त्री जी. किशन रेड्डीले अध्यक्षता गरेको एउटा सभामा बस्यो।

सभामा केन्द्रीय गृह सचिव अजय कुमार भल्ल अनि गृह मन्त्रालय भारत सरकारका अन्य वरिष्ट अधिकारीहरू अपस्थिति रहेको मोर्चाको ठहर छ।  

टोलीले जिटिएबारे भएको सबामा अलग राज्य गोर्खाल्याण्ड अनि गोर्खा समुदायका एघार उप-जातिलाई जनजातिको मर्यादा दिलाउने माग पेश गरेको लोपसाङ लामाको पक्षबाट एको विज्ञप्तीमा बताइएको छ। लोपसाङ लामाअनुसार जब सभामा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको कुरा उठ्यो, गोजामुमो टोलीले ‘हामी यहाँ अलग राज्य अनि जनजातिको मागबारे कुरा गर्न आएका हौं’ भनेको लामाले एउटा विज्ञप्तीमा उल्लेख गरेका छन्।

‘२०११ मा भारतको केन्द्र सरकार, पश्चिम बङ्गाल सरकार अनि जनमुक्ति मोर्चा माझ भएको समझौतालाई बङ्गाल सरकारले सम्मान गर्न सकेन भन्ने कुरा हामीले बैठकमा राख्यौ,’ लोपसाङ लामाले भनेका छन्,  ‘टोलीले जिटिएमाथि राज्य सरकारले गरेको अनियमितता, हस्तक्षेप अनि अडचनबारे जानकारी भएको ज्ञापन पेस गऱ्यो।’

आफूहरूले किन जिटिए असफल बन्यो भन्नेबारे विस्तृत रिपोर्ट नै राखेको उनको दाबी छ। ‘सबै निर्वाचित सदस्यहरूले जिटिएलाई खारेज गर्दै सन् २०१७ मा नै सामुहिक राजिनामा दिइसकेको कुरा हामीले उनीहरूलाई जानकारी दियौं,’ लोपसाङले भनेका छन्।

बैठकमा पश्चिम बङ्गाल सरकारका अधिकारीहरू अनुपस्थित थिए। त्यसैले कुराकानी केन्द्र र मोर्चाका प्रतिनिधिहरूबीच मात्र भयो। जिटिएको बैठकमा आफूहरूले ‘गोर्खाल्याण्ड देशको सबभन्दा पुरानो अलग राज्यको मुद्दा रहेको’ बताएको पनि लोपसाङको दाबी छ।

आफूहरूको कुरा केन्द्रका प्रतिनिधिहरूले धैर्यसित सुनेको लोपसाङले बताएका छन्। टोलीले पेश गरेको ज्ञापन र तर्कहरूलाई सरकारले विचार गर्ने आफूहरूलाई आश्वासन दिएको पनि विज्ञप्तीमा उल्लेख छ। ‘हाम्रो कुरा केन्द्रिय गृहमन्त्री अमित शाहसित राखेपछि अर्को सभा बोलाउने आश्वासन पाएका छौं,’ लामाले भनेका छन्।

बैठकमा मोर्चाबाट डा. लोपसाङ योल्मो लामा, डा. कल्याण देवान, उर्मिला रूम्बा, विशाल छेत्री, विशाल लामा, डा. बिनु सुन्दास र आनन्द भण्डारी उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन