वार्ताबारे बिपी बजगाईँको प्रतिक्रिया : ‘यो पढेपछि मलाई जस-जसले जति पनि गाली गर्न सक्नुहुन्छ’

विज्ञापन

फाइल फोटो

बिपि बजगाईँ


यो पढेपछि मलाई जस-जसले जति गाली गर्नु सक्नुहुन्छ (केवल गालीबाजहरूलाई भनेको) मन खोलेर गर्नुहोस्, म भने तपाईंहरूकै भविष्यको चिन्ता गरिरहेको हुनेछु|
आजको दिल्लीमा भएको बैठकको निमन्त्रण दिने भारत सरकारको ब्युरोक्रेट हो| गृहमन्त्रालयको सीएस डिभिजनबाट दिइएको आधिकारिक निमन्त्रण थियो| बोलाइएको राज्य एक्जिक्युटिभ अनि क्षेत्रीय दल गोजमुमोलाई| गोजमुमोले कुरा बुझाइयो गोर्खाल्याण्डको औचित्यको| गृह राज्यमन्त्री श्री जी किशन रेड्डीले कुरालाई ध्यानपूर्वक सुनेपछि यस विषयलाई विचार गर्ने आश्वासन दिए अनि केन्द्रीय गृहमन्त्री श्री अमित शाहलाई विषयवस्तुको बारेमा जानकारी दिएपछि अर्को बैठकको घोषणा गर्ने बताए| कुरा सकियो|

मेरो प्रश्न
१. देशकै सबैभन्दा पुरानो राज्य निर्माणको मुद्दा अझै पनि भारत सरकारको ब्युरोक्रेटहरूलाई अनि केन्द्रीय नेताहरुलाई बुझाउनुपर्ने अवस्था गोर्खा जातिको विडम्बना होइन?
२. अझै पनि हामीले हाम्रो मुद्दा केन्द्रिय नेताहरूलाई बुझाइरहनु पर्ने स्थिति छ?
३. यतिका वर्षदेखि केन्द्र सरकार चलाउने पार्टीसँग हाम्रो तालमेल, सम्बन्ध र गठबन्धन रहेको के फाइदा भयो?
४. केन्द्रका गृहराज्यमन्त्री श्री जी किशन रेड्डी भारतीय जनता पार्टीबाट चुनिएका एक नेता अनि मन्त्री हुन्| जब भारतीय जनता पार्टीले नै हाम्रो मुद्दालाई अझैसम्म बुझेको छैन अनि उहाँले यस मुद्दालाई बुझाउन गृहमन्त्री अमित शाहलाई विषयवस्तुको बारेमा जानकारी दिनेछन् भने भारतीय जनता पार्टीले कुन आधारमा गोरखाको समस्याको स्थायी राजनैतिक समाधान गर्छु भनेर हामीलाई सङ्कल्प पत्रमा लेखेर दिएको थियो?
५. यस बैठक विषयमा भारत सरकारले जवाफ दिन सक्नुपर्छ कि विश्वकै महानतम प्रजातान्त्रिक देश भारतमा सरकारले एउटा विषयमा मिटिङ गर्ने आधिकारिक सभा बोलाएर अर्को विषयमा सभा गरेको यो भन्दा अन्य अरू कतिवटा उदाहरणहरु छ?
६. के आजको बैठकबारेमा भारत सरकारको सम्बन्धित विभागले प्रेस विज्ञप्ती जारी गर्नेछ?
७. जुन विषयमा सभा डाकिएको थियो त्यो विषयमा कस्तो चर्चा भयो भन्ने कुरा भारत सरकारले जनतालाई बताउँछ कि बताउँदैन?
हाम्रो मागबारेमा गोर्खाल्याण्ड समर्थन गर्ने तमाम राजनीतिक दलहरुलाई भविष्यको निम्ति म आग्रह गर्न चाहन्छु, त्यो के हो भने अब हामीले भारत सरकारलाई हाम्रो माग बुझाउने हैन, हाम्रो माग बुझेर भारतीय जनता पार्टीले आफ्नो सङ्कल्प पत्रमा लेखिसकेपछि अब उनीहरुले त्यो दिनुपर्छ भन्ने दवाब दिनुसक्नुपर्छ| अब यो माग बुझाई रहने समय होइन, यदि हामीले हाम्रो माग बुझाउनुपर्छ भने त्यो राजनीतिक स्तरमा होइन कुटनैतिक स्तरमा बुझाउनुपर्छ| कुटनैतिक स्तरको अध्याय गोरखा राजनीतिले आजसम्म खोलेकै छैन|

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया