सिक्किममा प्याराग्लाइडिङ खोलियो व्यावसायिक उडान 1 नोभेम्बरदेखि

विज्ञापन

 

गान्तोक,11 अक्टोबर।


सिक्किमको सहासीक पर्यटनको मुख्य आकर्षणको रूपमा स्थापित रहेको प्याराग्लाइडिङ आजदेखि खोलिएको छ। सिक्किम प्याराग्लाइडिङ एशोसिएशनले आजदेखि प्याराग्लाइडिङ खुला गरेपनि व्यावसायिक रूपमा भने आगामी 1 नोभेम्बरदेखिमात्र शुरु गर्ने निर्णय लिएको छ। 50 जना व्यावसायीक प्यारा पाइटलहरूको साथमा सञ्चालन भइरहेको प्याराग्लाइडिङ यो मौसम पर्यटकहरूको निम्ति सबैभन्दा रोजाईको मौसम भएको हुनाले दशैंको छुट्टीमा आउने पर्यटकहरूले यसपाली पनि सधैँ झै रोमाञ्चक पर्यटनको आनन्द उठाउने आशा लिएर आजदेखि प्यारासुट, आवश्यक सर सामान घाममा सुकाउने तथा अभ्यास उडान पनि शुरु गरेको छ।

राजधानी गान्तोक नजिक रेसिथिङमा रहेको खेल गाउँमा प्याराग्लाइडिङको ल्याण्डिङ मैदानमा सबै पाइलट अनि सहयोगीहरू भेला भएर आजदेखि अभ्यास उडान र अन्य तकनीकि व्यवस्थापन पनि आरम्भ गरेका छन्।

सिक्किम सरकारले आजदेखि आवश्यक निर्देशनको साथमा देशी अनि विदेशी पर्यटकहरूलाई सिक्किम आगमनको निम्ति खुल्ला गरेको छ। यसैक्रममा प्याराग्लाइडिङ पनि शुरु भएको हो। जो पछिल्लो लगभग 7 महिनादेखि कोविड 19 को कारण पूर्ण रूपमा ठप्प अवस्थामा रहेको थियो।

संगठनका तकनिकी विशेषज्ञ  अर्जुन राईले आजदेखि प्यारा पाइलटहरूलाई अभ्यास अनि तयारीको निम्ति सबैलाई मैदानमा निकालेको तथा आगामी 1 नोभेम्बरसम्म सबै अभ्यास पुरा गरेर नियमित व्यावसायिक उडान शुरु गर्ने संगठनले निर्य़ण गरेको बताए। उनले अहिले तकनिकी जाँच अनि आवश्यक प्रोटोकलहरूलाई ध्यानमा राखेर गर्नुपर्ने कार्य अभ्यास शुरु गरिएको बताए। उनले  संगठनसित जोडिएका 50 जना महिला पुरूष व्यावसायिक पाइलटहरू रहेको साथै अन्य पाइलट पनि रहेको हुनाले उनीहरूको निम्ति आजदेखि खुल्ला गरिएको बताए।

यसैगरि प्याराग्लाइडिको प्रशिक्षण पनि दिइरहेको पाइलट राजु राईले स्थानीयहरूले पनि यसको मजा लिन अनि प्रशिक्षित हुनको निम्ति अब आउन सक्ने अनि प्याराग्लाइडिङ मार्फत एथलेट्सको रूपमा आफूलाई स्थापित गर्ने र पेशाको रूपमा पनि अवलम्बन गर्न चहानेहरूको निम्ति सबै कुरा उपलब्ध हुने बताए।

यसैगरि अर्का प्यारा पाइलट मनोज छेत्रीले आफूले पहिलो फ्लाइट आज धेरै दिनपछि गर्न पाएकोमा खुसी व्यक्त गर्दै राज्य सरकारले लिएको निर्णयको स्वागत पनि गरेका छन्। उनले सरकारप्रति आभार प्रकट पनि गरे। यसैगरि सबै पाइलटहरू अब तयार रहेको अनि पर्यटकहरूलाई स्वागत गर्न इच्छुक रहेको बताए।

 

सिक्किममा प्याराग्लाइडिङ पेशासित जोडिएका व्यावसायिक 50 पाइलटमा चार महिला पाइलट पनि रहेका छन्। यसैगरि यो पेशासित अन्य प्रत्यक्ष र अप्रत्य़क्ष माध्यमबाट जोडिएकाहरूसित मिलाउँदा 1 सय परिवारको जिवीकोपार्जन चलिरहेको छ भने यो रोजगार र आय आर्जनको निम्ति पनि निक्कै महत्वपूर्ण पर्यटन व्यावसायको रूपमा स्थापित छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया