कसरी मास्दैछ क्षेत्रीय दल र क्षेत्रीय मुद्दा?

विज्ञापन

विचार

भर्खरै भएको सिएए बिरूद्ध जनआन्दोलनको घटनालाई हेरौं, हामीले देख्यौं कस्तो प्रकारले केन्द्र र राज्यमा भाजपा सरकार भाएका ठाउँहरूमा आवाजसम्म निकाल्न दिइएन।  सिक्काको अर्को पाटो झैं राज्यमा एक क्षेत्रीय पार्टी भए क्षेत्रलाई लाभ हुन्छ। यदि केन्द्र समर्पित पार्टीले राज्यमा प्रतिनिधित्व गर्‍यो भने क्षेत्रीय समस्याले एक ठोस मञ्च नै पाउने छैन। जो राज्यको निमित्त हानीकारक बन्न जान्छ। स्पष्ट छ, राज्य र केन्द्र दुवैमा एउटा पार्टी हुनु भनेको क्षेत्रीय समस्याको निम्ति घातक हो। जसले गर्दा केन्द्रले क्षेत्रीयस्तरको समस्याको समाधान गर्ने छैन। कारण राष्ट्रिय दलले क्षेत्रीय समस्याको उठान कहिले पनि गर्दैन। क्षेत्रीयता मास्ने र क्षेत्रीय मुद्दासमेत मास्ने र पहाडको भविष्य अन्धकार पार्नेहरूलाई जनताले विधानसभा चुनाउबाट निषेध गरेन भने गोर्खाहरू भाजपाको कैदी बन्ने पक्का छ।


सपना छेत्री


लोकतन्त्रको रूपमा भारतको परिचय बहुदलीय व्यवस्था हो, जसको अर्थ हुन्छ धेरै राजनैतिक दल सत्ताको निम्ति प्रतिस्पर्धा गर्नु। प्रत्येक राज्यमा स्थानीय राजनैतिक पार्टीहरू हुन्छन्, जो आफ्नो क्षेत्रमा शासन अनि प्रतिस्पर्धा गर्छन्। क्षेत्रीय दलको क्षेत्रीय एस्पिरेसन हुन्छन्, जो राष्ट्रीय दलको लागि महत्वपूर्ण नै हुँदैन।

किन भने क्षेत्रीय एस्पिरेसनले राष्ट्रीय फाइदा दिँदैन।

दलको कर्तव्य राष्ट्रीय पोलिटिकल बेनिफिट लिनु र सत्ताको वर्चस्व कायम राख्नु होइन जनताको एस्पिरेसन पूरा गर्नु हो, चाहे त्यो जि नै क्षेत्रीय किन नहोस्।

भारतमा ‘मल्टी पार्टी सिस्टम’-कै धेर प्रभाव र राजनैतिक परिणामहरू हुन्छन्। चुनावको सवालमा, मापदण्डले भन्छ,- बहुमत भोट पाउनेले चुनाव जित्छ। जबकि, सरकार बनाउन एक पार्टीसित एक निश्चित संख्याको भोट अनिवार्य हुन्छ। यसैले बहुमत पार्टीको सरकारले क्षेत्रीय पार्टीसँग हात मिलाउने गर्छ। यस्तो परिस्थितिमा सा-सानो क्षेत्रीय दलहरूको महत्व रहन्छ।

यो स्थिति केवल केन्द्रमा मात्र होइन तर राज्यको राजनीतिमा पनि देखिन्छ। यदि कुनै पनि पार्टी आवश्यक संख्यामा सिट जित्न असमर्थ बन्यो भने गठबन्धन मात्र बाँचेको विकल्प हो। यसको मतलब यो हुनसक्छ कि क्षेत्रीय दलसित सरकार बनाउन हात मिलाउनुपर्छ। त्यही दलसित हात मिलाइन्छ, जुन क्षेत्रीय पार्टी उनीहरूप्रति लचिलो छ। अथवा सहानुभूति राख्दछ।

वास्तवमा, के यो प्रवृत्ति इच्छित हुन्छ?

तामिलनाडुलाई हेर्दा द्रविड़ मुनेत्र कषगम (DMK) एक पार्टीको रूपमा शुरू भएको हो जहाँबाट राजनैतिक विचारधाराहरूको जन्म भएको देखिन्छन्। तर आज त्यस पार्टीबाट आधा दर्जन स्पिन-अफ छन् , जसमा AIADMK, MDMK, DMDK, PMK, VCK आदि पर्न जान्छ। यी अन्य पार्टीहरू माझ अधिकांश इन्ट्रा पार्टीको झगडा पनि निष्कासनको परिणाम हो। यसरी नै केरलको कम्युनिस्ट गढमा पनि धेरै कम्युनिस्ट पार्टीहरू छन्।

2019 को चुनावमा दार्जीलिङ लोकसभा क्षेत्रबाट गोर्खाल्यान्ड लिएर भ्रम उत्पन्न गरेर भोटको बजारीकरण भयो। यो चुनाउमा भोट व्यापारी, चुनावी भेण्डर र स्वघोषित जातिका ठेकेदारहरूले दोकान चलाए।

‘गोर्खाल्यान्ड’ शब्द नै गोर्खाल्याण्ड राज्य गठनको बाधा बन्यो। तर जनतामा बङ्गालमा गोर्खाल्याण्ड शब्दले भोट बिगार्छ भनेर त्यसको नाम अर्कै राखिएको हो भन्ने भ्रम उत्पन्न गरियो।

हिजोमात्र लकेट मुखर्जी र सायन्तन बसुले पर्दाफास गरिदिए कि उनीहरूलाई केन्द्र सरकार वा केन्द्रको भाजपाले स्थायी राजनैतिक समाधान भनेको बङ्गालभित्रकै व्यवस्था हो भनेर बुझाएको हो।

केन्द्रको भाजपाले जे बुझाएको हो, उनीहरूले त्यही बताइरहेका छन्। उनीहरूको यो पर्दाफासले भोट व्यापारी, चुनावी भेण्डर र स्वघोषित जातिका ठेकेदारहरूको महाझुटको पर्दाफास भयो।

पहाडलाई स्थायी राजनैतिक समाधान भनेको छुट्टै राज्य गोर्खाल्याण्ड हो भन्ने अनि भोट व्यापारी, चुनावी भेण्डर र स्वघोषित जातिका ठेकेदारहरूले त्यसलाई नारा बनाएर दार्जिलिङ पहाडमा गुञ्जाउने तर राज्यको भाजपालाई चाँही स्थायी राजनैतिक समाधान भनेको बङ्गाल अधिनस्त व्यवस्था हो भनेर बुझाउने यो द्वीचरित्रले के साबित गऱ्यो त?

 बङ्गालको भोट नबिगार्न गठबन्धनका दलहरूले बङ्गाल अधिनस्त स्थायी राजनैतिक समाधानको लागि भोटको व्यापार गरेको स्पष्ट भएन त?

यसरी जनमानसलाई भ्रमित बनाउनुको पछिल्तिरको रहस्य के हो त?

आदर्श सरकारले जनमानसको हितमा काम गर्दछ। न कि आफ्नो स्वार्थ पूरा गर्न पार्टीहरूलाई झुठ र भ्रम फैलाउन लगाएर जनतालाई धोकामा राख्छ।

ठूलो दलले क्षेत्रीय पार्टीहरूलाई आफ्नो स्वार्थको निम्ति कसरी प्रयोग गर्छ भन्ने कुरा त भाजपासित चुनावी गठबन्धन गर्ने दलहरूको आजको स्थितिले उदाङ्गो पारेकै छ। मतदाताहरूले उनीहरूको प्रतिबद्धतामाथि विश्वास यसकारण गरेको हो कि क्षेत्रीय पार्टीले उनीहरूमाथि भरोसा जगायो।

जुन भरोसा झुटको जगमा थियो, त्यो भरोसा दिलाएर राष्ट्रीय पार्टीलाई भोट बेच्नुमात्र क्षेत्रीय दलको औचित्य बनेको हो अब?

क्षेत्रीय दल त्यति निकम्मा बनिस्यो त?

जनताले उम्मेदवारलाई मत दिन बटन दबाउन अघि क्षेत्रीय पार्टीहरूले कबुलेको वाचा सम्झन्छन्। तर जो क्षेत्रीय पार्टी मुद्दाको लागि होइन भोटको व्यापार गरिरहेका छन्, उनीहरूमाथि के अब विस्तारै जनताको विश्वास हटाउने काम भइरहेको हो?

क्षेत्रीय दलबाट विश्वास गुनाउनु भनेको सबैभन्दा खतरनाक राजनीति हो। अहिले सबै वास्तविकता उदाङ्गो भयो।  जनताले बिना सर्त तीनपल्टसम्म जिताएर पठाएको भाजपाले दार्जीलिङको हित र आकांक्षाको निमित्त के काम गरेको छ?

के अझै पनि नेताले जनतालाई भ्रमित पार्ने चालखेल गरिरहने? कि पिपिएसको लागि दिएको वाचा पुरा गर्ने?

कि सत्ताको लोभ र भोकको लागि बिना सर्त दार्जीलिङलाई दिल्ली र कलकत्तामा बेचिरहने? के छ उपलब्धि यत्रो वर्षसम्म? त्यसको लेखा जोखा गर्न पर्ने होइन र 2021 को चुनाव अघि?

सबैको चाहाना नै जसले जिते पनि जसले हारे पनि गोर्खाको जय होस् भन्ने नै हो। सबैको आआफ्नो एजेण्डा र कार्यसूची हुन्छन्। कसैको लङटर्म रणनीति हुन्छ, कसैको सर्टटर्म। जनताले कसलाई ग्रहण गर्ने, त्यो उनीहरूको हकको कुरा हो।

भाजपा र केन्द्रको यही रवैयाको कारण अब हतार नगरी बौद्धिक रणनीति बनाएर काम गर्नेहरू हार्नु सबै कुरा सकिनु होइन। दुरगामी सोचको परिणाण दुरगामी नै हुन्छ, उम्लियो पोखियोजस्तो सोचले मुद्दालाई घात गर्छ, जो अहिले देखापरिरहेको छ।

विस्तारै जनताले राजनीतिको गहिराई बुझ्ने नै हो। जबसम्म जनताले ठोक्कर खाँदैन तबसम्म त्यसको फाइदा उठाउने भोट व्यापारी, चुनावी भेण्डर र स्वघोषित जातिका ठेकेदारहरूको कामै हो। तर जनताले वास्तविकता थाहा पाउने नै हो।

नयाँ सोच र नयाँ बिचारको दर्शन चटपटे राजनीति गर्नेलाई, नुडल्स राजनीति गर्नेलाई नपच्नै सक्छ। तर दुरगामी दर्शनले जब आफ्नो वैचारिकी जनतामा पुऱ्याउने मौका पाउँछ, तब उम्लिँदै पोखिने पुरानो राजनीति संस्कार नै परिमार्जन हुने छ।

भाजपाका विधायक र जिजेएमका विधायक माझ भिन्नता हेर्न जनताले 2021 मा जिजेएमका प्रत्यसीलाई अवसर देला नै। चुनाव यस्तो समय हो जसबाट मुद्दामाथिको प्रतिबद्धता देखाउन सकिन्छ।

विधानसभा चुनाउमा पनि पिपिएसकै एजेन्डा आउनसाथ केटाकेटीले पनि बुझ्नेछन्, कि यो केन्द्र सरकार विषय हो।  अहिले भारतको लोकतान्त्रिक चरित्र नियाल्दा हामी के पाउछौं भने केन्द्र र राज्यमा एउटै पार्टी हुनु भनेको अझ खतरनाक वातावरण सिर्जना गर्नु हो।

भर्खरै भएको सिएए बिरूद्ध जनआन्दोलनको घटनालाई हेरौं, हामीले देख्यौं कस्तो प्रकारले केन्द्र र राज्यमा भाजपा सरकार भाएका ठाउँहरूमा आवाजसम्म निकाल्न दिइएन।
सिक्काको अर्को पाटो झैं राज्यमा एक क्षेत्रीय पार्टी भए क्षेत्रलाई लाभ हुन्छ। यदि केन्द्र समर्पित पार्टीले राज्यमा प्रतिनिधित्व गर्‍यो भने क्षेत्रीय समस्याले एक ठोस मञ्च नै पाउने छैन। जो राज्यको निमित्त हानीकारक बन्न जान्छ।

स्पष्ट छ, राज्य र केन्द्र दुवैमा एउटा पार्टी हुनु भनेको क्षेत्रीय समस्याको निम्ति घातक हो। जसले गर्दा केन्द्रले क्षेत्रीयस्तरको समस्याको समाधान गर्ने छैन। कारण राष्ट्रिय दलले क्षेत्रीय समस्याको उठान कहिले पनि गर्दैन।

क्षेत्रीयता मास्ने र क्षेत्रीय मुद्दासमेत मास्ने र पहाडको भविष्य अन्धकार पार्नेहरूलाई जनताले विधानसभा चुनाउबाट निषेध गरेन भने गोर्खाहरू भाजपाको कैदी बन्ने पक्का छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया