शिक्षक नियुक्ति, बिनय-अनित आफैले खनेको खाल्डो

विज्ञापन

सुझाव

प्रवासी फर्केर आएको देख्दा रोजगार दिन्छु मुखले मात्र भनेर हुँदैन। यिनीहरूलाई के थाहा, एउटा ग्रेजुएट हुनु, मास्टर डिग्री पाउनु, कति समय लाग्छ? यत्रो खटेर आएको हो भने स्वाभिमानले पनि झण्डा पक्रिनु दिँदैन। तर फटाहहरूलाई नियुक्ति दिए पछि यहाँ दक्षले काम नपाउने नै त हो। शिक्षकको एउटा गरिमा हुन्छ, राप हुन्छ, झण्डा पक्रेर चोट्टा गरेर पसेकोले विद्यार्थीलाई के सिकाउँछ? आफू त एउटा एक्जाम धरि पास नगरी चापलुसे मात्र गरेर काम पाएकोले विद्यार्थीलाई पनि त्यही नै हो सिकाउने? मुखले रोजगार दिन्छु भन्छ तर व्यवहार भने खेद्ने गर्छ। अब यसरी शिक्षक नियुक्ति हुँदा, पहाडको जम्मै स्कूलमा कोटा फुल हुन्छ तब धेरै वर्षसम्मको लागि नयाँ पोष्ट निस्किँदैन। पुस्ता-पुस्तासम्म यसले हामीलाई माथि उठ्नु नै दिँदैन। यहाँ यसरी योग्यता कदर नभए काम नपाउने दक्ष गोर्खाहरू त पहाड छोडेर बाहिर नै त जानु पऱ्यो। प्लानिङमा खेद्छ पनि फेरि फर्केर पहाडमा गरेर खाउ भन्छ। पहाडमा रोजगारको कमी छैन, तर त्यसलाई मिलाउनु नजान्नेको कमी छ। समयमा बुझ्नुपर्छ, त्यसै बदनामहरूले, अझै कहिले नमेटिने बदनामीको दाग नभोगुन्।


कमल भुजेल


दार्जीलिङ पहाडको राजा भनेको नै अहिले अनित-बिनय हुन्। यो सानो गोर्खे अञ्चलमा यिनीहरूकै प्रभुत्व छ। पहाडको ड्राइभर यिनीहरू नै हुन्। पहाडको गद्दीमा बसिसकेपछि पहाडको सानोदेखि ठूलोसम्म हुने संरचनादेखि विनाससम्मको श्रेय यी गोर्खे राजाहरूलाई नै जान्छ।

            ऐतिहासिक रूपमा भूमिका पहिलेको लेखहरूमा बाँधिसकेको छु। यसमा वर्तमानको कार्यले भविष्यमा देखिने परिणतिबारे केही चर्चा गर्न खोजेको हुँ।

            पटक-पटक गोर्खाल्याण्डको आन्दोलन बिग्रँदा, बङ्गालसित दलाली गरेर सत्ता हत्तायो भनेर सबै नै नेताहरू बदनाम भएको छ। अनित-बिनयलाई पनि यही लाञ्छना लागेको हो। गोर्खे “गद्दार”-को ट्याग नै लागेका नेताहरू हुन् अनित-बिनय। यस ट्यागलाई मेटाउन धेरै तर्कहरू दिइरहेता पनि सफल बनेका छैनन्।

            कारणहरू धेरै नै छन्। सबै केलाउन समय लाग्छ, तथापि मूल कारण जसले गोर्खा समुदायलाई ठूलो क्षति पुग्छ, त्यो मात्र यहाँ पाउनु हुनेछ।

            ती सबै मध्ये जटिल कारण हो, शिक्षकको नियुक्ति।

            शिक्षकको नियुक्ति किन यस्तो महत्वपूर्ण छ त्यसलाई बुझौं।

कुनै पनि ठाँउको शिक्षाले त्यहाँको हरेक कुराको निर्णय गर्छ। शिक्षा नै ठीक नभएको ठाँउले केही पनि उन्नति गर्न सक्दैन। स्कूल छ भने त्यहाँ परीक्षा दिन सिकाउँछ, पास गर्न सिकाउँछ, फेल भए फेरि कोसिस गर्न सिकाउँछ तर स्कूल नै नभएका ठाँउका मानिसहरू परीक्षा नै त बस्न जानेका हुँदैनन् र कतै पनि पास हुँदैन, चाहे जीवनको परीक्षा होस् वा पेशागत। परिक्षा दिन नजानेकाहरूबाट आइ०ए०एस०, आइ०पि०एस० हरूको चाहना गर्नु हामी मक्ख हुँदै बस्नु मात्र हो। शिक्षाले नै सबै बाटो देखाउने हो।

            यसरी पहाडमा गोर्खे शासनको रूपमा दागोपाप हुँदै जिटिए भित्रियो। स्वशासनको नाममा धेरै क्षमताहरू हस्तान्तरण गरेको भएता पनि सफलतापूर्वक कुनै पनि लागु गर्न सकेन। सबै आधक्ल्चो नै चलाए।   

            प्रथा त पहिलेदेखि नै बिग्रेको भएता पनि पछि आउनेहरूले पनि त्यसैलाई निरन्तरता दिइराखेका छन्। दागोपापदेखि नियुक्तिको प्रथा बिग्रेर जाति त्यसै भड्खालोमा पसिरहेको बेला, अहिले अनित-बिनयले पनि त्यही प्रथालाई निरन्तरता दिँदा झन् त्यही खाल्डोमा पसिराखेको गोर्खे जातिलाई माटोले पुर्ने काम भइराखेको छ। तर अनित-बिनयले यति टाडोको दृश्य देख्न सक्दैनन् र छेउमा साथ बसेका बुद्धिजीविहरूलेपनि देखाइदिने काम नै गर्दैनन्।

            बिनय-अनितको हार नै शिक्षक नियुक्ति र विकासको भ्रम

बिनय- अनितको प्रयास भनेको बङ्गालसित मिलेर पहाडमा बिकास गर्ने। पराईहरू शारिरिक रूपमा पुरा खटी पनि रहेको देख्छौं। बिनय-अनितलाई पनि अनुभूति के भइराखेको छ भने तिनीहरूले पहाडमा पुरा बिकास गरिरहेको छ। विडम्बना…

            अनित-बिनय फिल्डमा नै खट्छन्, थाक्छन्, गाडी नपुग्ने ठाँउमा हिँडेर पनि जान्छन्। सराहनीय कार्य हो।

तर गल्ती हो — उसको काम त्यो होइन।

सबैभन्दा पहिले बिनय-अनित लगायत सम्पूर्ण विकास गरिरहेको छु भनेर सोँच्नेहरूले जिटिए-एक्ट (GTA-Act) मजाले पढ्नु पऱ्यो। हुन त जलाएर खरानी बनाए पनि अनलाइन पाइहालिन्छ। जान्ने बुझ्नेले आफूले पढेर अरूलाई पनि बुझाउनु पऱ्यो। जब जिटिए-एक्ट पढ्छ नि विकास के रहेछ भनेर बुझ्छ त्यतिखेर। जिटिएको अधिनमा, राज्यको अधिनमा, र केन्द्रसित मिलेर गर्नु पर्ने विकासको कामहरू कति गरेको रहेछ भनेर जुन दिन तुलना गर्छ नि, आफ्नो काम र त्यो जिटिए एक्टको लिस्टमा रहेको विकासको योजनाहरूसँग त्यो दिन झसँग हुन्छ। विकासको ब्लफ कति दिइराखेका थिएछौं भनेर।

            GTA-act नपढी, विकास गरे भनेर धाक दिनु भ्रम मात्र हो। यही भ्रमले यिनीहरूलाई जनताबाट टाडा लैजान्छ। र गरिरहेको विकास पनि अधकल्चो छोडिदिन्छन्। गणतन्त्रमा जनता निर्णायक हुन्छ, जनताले केही नबोले पनि सबै देखिरहेको छ। मुखले नबोले पनि एकदिन औंली बोल्दा सबै परिणाम देखाइदिहाल्छ जनताले।

            राजनैतिक समाधान स्थायी हुन्छ–हुँदैन, तर हुनुसक्ने विकास त स्थायी हुनुपर्छ। त्यो पनि स्थायी भएको छैन वा गरेको छैन। जनतालाई पनि कतिबेला मात्नु पर्ने, कतिबेला नाँच्नु पर्ने थाहा भइसकेको छ। भोट अघि गरिने 500 को रिचार्जले बटन दबाउने उर्जा दिँदैन। विकास नै गर्ने हो भने स्थायी विकास गरेर देखाउनु पर्छ तब मात्र जनताले विश्वास गर्नेछ।

            जनताले देखेर, छामेर मात्र विश्वास गर्छ अब। जनतालाई सबै थाहा छ, को चोट्टा छ र को इमान्दार, तर भनी चाहिँ हाल्दैन। ठीक्क पार्नु त नेता कैबाट सिकेका हुन्।

            अनित-बिनय बसेको चौकीको सम्मान हुनु पर्ने तर, यिनीहरूकै मान्छेले त्यसलाई सम्मान गर्न रूचाउँदैन। अनित-बिनयलाई दादा-जोजोले भनेर सिधै सम्बोधन गर्छन्, देख्दा आत्मीयता देखिनसक्छ तर यो भ्रम हो। यो कुराहरू बुझेका नै छैनन्। मान्छे र चौकी एउटै होइन, तर मान्छेको सम्मान नगर्दा, चौकीको नै अपमान हुँदैछ।

            अनित-बिनयले काम गरिरहेको भएता पनि किन त्यो सम्मान कमाउन सक्दैनन्?

शिक्षक नियुक्तिको सन्दर्भ लिनुहोस् अहिलेलाई, अरू पछि गरौंला।

जम्मा नियुक्ति हुने शिक्षकहरूको संख्या लगभग हजार मान्नुहोस्। हजारजना मान्छेको मुख (औंली) हेरेर पार्टीको क्याण्डिडेटलाई नियुक्ति दिन्छन्। यस भित्र पनि झोल छ।

अब उब्रेको संख्या भने लाख भन्दा बेसी छ। एकजनाको भोट एउटामात्र त हो। हजार जनाको मुख हेर्दा हजारवटा मात्र भोट पाउँछ। लाखभन्दा बेसीले त हाल्ने होइन नै। यसो गर्दा यिनीहरूलाई त लस भयो-भयो जातिलाई डरलाग्दो लस भयो।

पार्टीका क्याण्डिडेटहरू योग्य नै छैनन्। एन०सि०टि०ए० को नर्म्स थोरैले मात्र पुरा गर्छन्। पढाउनु जान्दैनन्। अब यिनीहरूले जहाँ नियुक्ति भए त्यहाँ पढ्ने नानीहरू आर्थिकरूपमा कमजोर भएकाहरू नै आउँछन्, जसको संख्या बेसी छ। भने पछि बेसी संख्यामा नानीहरूले गुणस्तर शिक्षा त के भनौं, शिक्षा नै पाउँदैन। पढाइ नै त हुँदैन। बोर्डको रिजल्ट हेर्नुहोस् न कतिजना प्रथम हुँदा रहेछन्। राम्रो मार्क्स नआए पछि अघि पढ्नु नै सक्दैन। सबै अघि बढ्ने अप्सनहरू नै हराउँछ। तर यी शिक्षकहरूको छोरा-छोरीहरू भने राम्रो-राम्रो स्कूलमा हालेर, कोचिङ गराएर दिल्ली-बम्बई-कोलकतातिर पढ्न पठाउँछन्। धनीहरूको छोरा-छोरीहरूमात्र डाक्टर पनि बन्ने, इञ्जिनियर पनि बन्ने। गरिबको नानीहरू चाहिँ नाम्लो नै स्याहार्दै बस्नु पर्ने?

अहिलेको यो नियुक्ति व्यवस्थित छैन, केही स्कूलमा म्याथको टिचर छैन, कसैमा साएन्सको, कसैमा चार-पाँच जना एउटै विषयको टिचर थुप्रिरहेको छ। त जब शिक्षक नै व्यवस्थित नभए पढाइ कसरी व्यवस्थित हुने?

यदि एक हजारको मुख त के भन्नु औंली नहेरेर, रिजिनल स्कूल सर्विस कमिसन लगाएर नै शिक्षकको नियुक्ति गरेको भए, दक्ष टिचर सबैले पाउने थियो। टिचर साँच्चैमा क्वालिटी भएको हुने थियो। कमसेकम सबैले एप्लाई त गर्न पाउने थियो। सबैको मनमा सन्तुष्टी हुने थियो। जसले पनि नियुक्ति पायो, योग्यताले पायो भन्ने हुन्थ्यो। हुनु पनि अहिले नियुक्ति पाएको शिक्षकहरूलाई तिनीहरूको नै विषयमा परीक्षा लिए 80% फेल हुनेछन्। दयनीय छ स्थिति।

यसो गरेको भए हजारले मात्र होइन, लाखौले साँचो सहानुभुति जनाउने थिए। ती गरिब नानीहरूको भविष्य सुध्रिने थियो। तिनीहरूको अभिभावकहरूले पनि आशिर्वाद दिने थिए। हजार जना अयोग्यलाई रोजगार दिएर लाखौंलाई बेरोजगार बनाउनु भन्दा बरू सय जनालाई मात्र रोजगार देउ तर त्यो सयले लाखौंलाई रोजगार पाउन सक्ने बनाउनु सक्ने थियो।

यसरी विकास पनि गर्ने हो भने, पैसा खर्च गरिसके पछि, त्यसलाई राम्ररी टुङगो लगाउनु पऱ्यो। मुखले मात्र बकेर होइन, त्यो विकास हाम्रो मान्छेको जीवनमा झल्किनु पऱ्यो। जनताले देख्नु नै पऱ्यो नि।

आफूले विकास र रोजगारको नाममा खनेको बाटो अधुरो-अपुरो रहेर आफैलाई खाल्डा नबनोस्।

प्रवासी फर्केर आएको देख्दा रोजगार दिन्छु मुखले मात्र भनेर हुँदैन। यिनीहरूलाई के थाहा, एउटा ग्रेजुएट हुनु, मास्टर डिग्री पाउनु, कति समय लाग्छ? यत्रो खटेर आएको हो भने स्वाभिमानले पनि झण्डा पक्रिनु दिँदैन। तर फटाहहरूलाई नियुक्ति दिए पछि यहाँ दक्षले काम नपाउने नै त हो। शिक्षकको एउटा गरिमा हुन्छ, राप हुन्छ, झण्डा पक्रेर चोट्टा गरेर पसेकोले विद्यार्थीलाई के सिकाउँछ? आफू त एउटा एक्जाम धरि पास नगरी चापलुसे मात्र गरेर काम पाएकोले विद्यार्थीलाई पनि त्यही नै हो सिकाउने? मुखले रोजगार दिन्छु भन्छ तर व्यवहार भने खेद्ने गर्छ। अब यसरी शिक्षक नियुक्ति हुँदा, पहाडको जम्मै स्कूलमा कोटा फुल हुन्छ तब धेरै वर्षसम्मको लागि नयाँ पोष्ट निस्किँदैन। पुस्ता-पुस्तासम्म यसले हामीलाई माथि उठ्नु नै दिँदैन। यहाँ यसरी योग्यता कदर नभए काम नपाउने दक्ष गोर्खाहरू त पहाड छोडेर बाहिर नै त जानु पऱ्यो। प्लानिङमा खेद्छ पनि फेरि फर्केर पहाडमा गरेर खाउ भन्छ। पहाडमा रोजगारको कमी छैन, तर त्यसलाई मिलाउनु नजान्नेको कमी छ। समयमा बुझ्नुपर्छ, त्यसै बदनामहरूले, अझै कहिले नमेटिने बदनामीको दाग नभोगुन्।

जातिको राजा भएर बसे पछि भविष्य भड्खालोमा नाहालिदियोस्। मलाई त डर छ, यही प्रथा रहिरहे, अनपढको संख्या बढेर, आतङ्कीहरू सृष्टि नहोस्। आफूले पढाएको विद्यार्थीले शिक्षकलाई हाथापाई नगरोस्। बेरोजगारीको संख्या बढेर हाम्रो मान्छे चोर-डाका नबनुन्। दाजुले पनि भाईलाई विश्वास नै गर्नु नसक्ने स्थिति नबनोस्। गोर्खा जाति उन्नतिदेखि अवनति तर्फ गएर मागिखाने जातिको रूपमा नचिनियोस्। र बिस्तारै गोर्खा जाति इतिहासको पन्नामा हराएर दन्ते कथामा मात्र थियो भन्ने नहोस्।

जनताको सुरक्षाको दायित्व उसको राजाको हो। राजाले केही त भूमिका निभाएको जस्तो पनि गर्नु पऱ्यो। राजा बेकाम्मे भइगए गोर्खाको भविष्य जनताको हातमा मात्र छ अब।


[email protected]

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया