राजनीतिमा ‘भावुकता’ आफैमा घातक

विज्ञापन

विचार

2019-को लोकसभा चुनावमा  राजु बिष्टले म गोर्खाल्यान्डको लागि सही मान्छे होइन भन्दाभन्दै पनि पछि गएर गोर्खाल्यान्ड भनेको राजुलाई जिताउन हो भनेर भोटरको भावुकतासित खेलवाड गर्‍यो। अहिले फेरी गोर्खाल्यान्ड हाम्रो एजेन्डामा छैन भन्यो भाजपाले भन्दै भोटरलाई बिना सर्त भोटरको संवेदना माथि खेल्न खोज्दैछन् ।


सपना छेत्री


राजनीतिमा भावुकताले हामीलाई तर्कसङ्गत बनाउनु बाधा दिन्छ। यसले तर्क, तथ्यको वास्ता गर्दैन। कतिपय सम्बन्धहरूमा भावुकता अनिवार्य होला तर जब समाज रुपान्तरणको सवाल आउँछ, जब वैज्ञानिकता र प्राज्ञिकताको कुरा आउँछ, भावुकताले तथ्य र तर्कलाई छेलिदिन्छ। जहाँसम्म राजनीतिको सवाल छ, भावुकताले अन्धोपन र कट्टरतातिर लान्छ।

कुनै पनि राजनैतिक निर्णयमा भावुकता लागू गर्न सामन्य रूपले पनि सही हुँदैन। भावुकताले ती कारकहरू जसले हामीलाई लोकतन्त्रमा तर्कसङ्गत साथै सही सूचित गराउँछ त्यसैलाई बदलाउने गर्छ।

परम्परागतरूपमा हामी स्वयंको भावुकतामा परेर संसदीय चुनावहरूमा भोट दिन्छौं। हाम्रो विश्वासमा कुठराघात हुन्छ र पछि गएर फेरि हामीले नै उनीहरूलाई नै नराम्रो ठान्छौं। 2019-को लोकसभा चुनावमा  राजु बिष्टले म गोर्खाल्यान्डको लागि सही मान्छे होइन भन्दाभन्दै पनि पछि गएर गोर्खाल्यान्ड भनेको राजुलाई जिताउन हो भनेर भोटरको भावुकतासित खेलवाड गर्‍यो। अहिले फेरी गोर्खाल्यान्ड हाम्रो एजेन्डामा छैन भन्यो भाजपाले भन्दै भोटरलाई बिना सर्त भोटरको संवेदना माथि खेल्न खोज्दैछन् ।

आरहस यूनिवर्सिटीका स्कूल अफ बिजनेस एन्ड सोशल साइन्समा एल्स मैरी होल्मको हालैको आफ्नो पीएचडी थेसिस, ‘इमोशन्स ऐज मेडिएटर्स अफ फ्रेमन इफेक्ट्स’ –मा भनिएको छ, “यदि हामी अनिश्चित चिन्तित भए- हामी अधिक जानकारीको तलाश गर्छौं अनि समस्याको बिषयमा अधिक सोच्ने गर्छौं। यसको निम्ति चिन्ता गर्ने अभ्यास चाहिन्छ। भावुकहरूको चिन्ताले जानकारी खोज्ने तरिका नै उल्टो पार्छ। जानकारी खोज्नको लागि आलोचनात्मक चेतना चाहिन्छ।”

गोर्खाल्यान्ड निर्माण विषय लिएर हामी अनिश्चित छौं र नै हामीले अधिक जानकारी लिने प्रयास गर्छौं, जसले हामीलाई चिन्तित गराउने गर्छ।

दोस्रो प्रकारले बुझ्ने हो भने जुन भावुकताले हामीलाई चिन्ता अनि अनिश्चितताको अनुभव गराउँछ त्यसले हामीलाई अधिक तर्कसङ्गतरूपले व्यवहारिक बनाउँछ।

गोर्खाल्याण्ड भावुक कुरा होइन, यो आफै तर्कसम्मत कुरा हो। यसको प्राप्तिको लागि भावुकता कम र बौद्धिकता अधिक चाहिन्छ।

राजनीतिमा रिस र सहानुभूति धेरैजसो प्रासङ्गिक हुन्छ कारण पुनर्वितरण नीतिहरूले बुनियादी प्रश्नको भूमिका निर्वाह गर्छ। जुन पुनर्वितरणबाट लाभ योग्य अथावा अयोग्य पनि हुन सक्छ।

रिस अनि सहानुभूतिले जनमानसको दृष्टिकोणमा सीधा प्रभाव पार्छ। चिन्ता र सहानुभूतिको भावना, दुवैले तर्क अनि सम्भावनामा चोट गर्नसक्छ, जो लोकतन्त्रमा नितान्तै घातक हो। राजनीति गर्नेहरूमा राजनैतिक चरित्र हुन पर्छ। यदि यो चरित्र छैन भने राजनीति गर्नेहरूले उनीहरूलाई प्रयोग गर्छ र आफ्नो रोटी सेक्छ।

विश्वभरिका राजनीति भावुकहरूलाई लिएर नै गरिएको छ। त्यसैले सत्ताले झुक्याउने र छल्ने मौका पाउँछ। तर आलोचनात्मक चेतनाले राजनैतिक चरित्र निर्माण गर्छ। यसले तथ्य, सत्य, लजिक, इथिक्सहरू खोज्छ। हाम्रो राजनीति भावुकतामाथि गरिएको राजनीति हो। जसले हाम्रो सपनामा घात गरेको हो। असफलता निम्त्याएको हो। यसै अबको समयलाई आलोचनात्मक चेतनाले दिशा निर्देश गर्न अनिवार्य छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया