सिक्किममा एकै दिनमा 59 संक्रमित 2 को मृत्यु मर्नेको संख्या पुग्यो 99 जना देशको अनुपात धेरै सीएफआरले बढायो चिन्ता

विज्ञापन

30 अक्टुबरसम्म सिक्किमको मामिला मृत्यु दर(सीएफआर) 1.79 प्रतिशत थियो भने गत विहिबार यो बढेर 2.07 प्रतिशत भएको छ जुन भारतको औसत सीएफआरको तुलनामा धेरै बेसी हो अहिले भारतको सीएफआर 1.47 प्रतिशत मात्र रहेको छ।


गान्तोक,21 नोभेम्बर। सिक्किममा कोरोनाको संक्रमण रोकिएन एकै दिन 59 पोजेटिभ आएको छ भने आजसम्म कोविड 19 को कारण मर्नेको संख्या 99 जना पुगिसकेको छ। आज दुइजनाको कोरोनाको कारण मृत्यु भएको छ भने लगातार एक सप्ताहमा कोरोना संक्रमितको मृत्यु दर अघि बढेको बडेकै छ। 18 नोभेम्बरमा एकै दिनमा 3 जनाको मृत्यु भएको थियो भने बड्दो कोरोना संक्रमणसितै राज्यमा विशेष गरेर मृत्य दर लगातार रूपमा वृद्धि हुनुले निक्कै चिन्ता बढाएका छ।  यद्यपी राज्यमा बड्दो मृत्यु दर स्वास्थ्य विशेषज्ञहरूको बीच चिन्ताको विषय बनेको छ। गत 30 अक्टुबरसम्म सिक्किमको मामिला मृत्यु दर(सीएफआर) 1.79 प्रतिशत थियो भने गत विहिबार यो बढेर 2.07 प्रतिशत भएको छ जुन भारतको औसत सीएफआरको तुलनामा धेरै बेसी हो अहिले भारतको सीएफआर 1.47 प्रतिशत मात्र रहेको छ। त्यसो त सिक्किममा कोरोनाकै कारणले मरेका मामिला 7 वटा मात्र रहेको छ तर पहिलेदेखि नै बिमारी रहेकाहरूको मृत्यु अधिक भएको छ। जसमा 85 भन्दा धेरैको मृत्यु 55 वर्ष भन्दा धेरै उमेरका व्यक्तिहरूको भएको छ। जो अन्तनिर्हित पुराना बिमारीले पीड़ित थिए। यद्यपी राज्य स्वास्थ्य विशेषज्ञहरूले बड्दो सीएफआरलाई नियन्त्रित राख्ने अनि कम्ती गर्ने उपायबारे भने पहल गर्नुपर्ने देखिएको छ।

 

देशमा कोरोनाको खतरा निक्कै चरममा हुँदा सिक्किम मात्र एउटा यस्तो राज्य थियो जसले आफूलाई कोरोनाको संक्रमणबाट अक्षुण राख्न सफल भएको थियो। तर जसै राज्यमा राज्यबाहिरबाट फर्किनुपर्ने तथा ग्रेफ र अन्य विभिन्न आवश्यक सेवामा रहेकाहहरूले सिक्किम प्रवेश गर्ने आदेश पाए उसो भने कोरोनाको संक्रमण पनि देखिन थालिएको हो। आजको मितिसम्म सिक्किममा 4 हजरा 6 सय 91 जना संक्रमित भइसकेको छन् भने ती मध्ये 99 जनाले ज्यान गुमाइसकेका छन्। त्यसो तर राज्यमा कोरोना संक्रमण मुक्त हुनेको संख्या निक्कै बाक्लो रहेको छ। जसमा अहिलेसम्म संक्रमितहरू मध्ये 4 हजार 2 सय 18 जनाले निको भएर अस्पताल या त घरबाट छुट्टि पाइसकेका छन्। आजको मितिसम्म 2 सया 89 जना संक्रिय मामिला उपचाराधिन रहेका छन्।

आज कोरना पोजेटिभ आउनेहरूमा सर्वाधिक पूर्व जिल्लाबाट रहेका छन् जसको संख्या 43 रहेका छन् भने दक्षिण जिल्लाबहाट 14 जना संक्रमित पाइएको छ यसैगरि पश्चिम जिल्लाबाट 2 जना संक्रमित छन्। जनसंख्याको अनुपातमा  हेर्ने हो भने राष्ट्रिय स्तरमा सिक्किमको कोरोना संक्रमणले मृत्यु दर निक्कै धेरै देखाएको छ। अर्कोतिर अहिले राज्य सरकार र केन्द्र सरकारले जारी गरेको विभिन्न दिशा निर्देशन मध्ये वाहनहरूमा रहेको सामाजिक दूरीको प्रतिबन्ध पनि हटेको छ भने राज्य सरकारले केन्द्र सरकारको निर्देशन मुताबिक आगामी 23 नोभेम्बरदेखि सबै उच्च शैक्षिक संस्थानहरू खोल्ने निर्णय गरिसकेको छ यद्यपी विद्यार्थीले अविभावकको अनुमति लिएरमात्र कक्षामा उपस्थिति दिनुपर्ने बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया