भाजपा प्रभारी र मुख्यमन्त्रीबीच भेटघाट एसकेएम-भाजपा गठबन्धन अझ बलियो बनाउनेबारे चर्चा

विज्ञापन

ममता ब्यनर्जीलाई थाहा हुनुपर्छ पश्चिम बङ्गाल भारतको अभिन्न अङ्ग हो भारतवर्षमा कोही बाहिरको होइन। ममता व्यानर्जीको लागी रोहिङग्या बाहिरको भएन तर भारतकै बाहिरको हुने गर्दछ। जनताको दृष्टि अलग गर्न चहान्छ तर नरेन्द्र मोदीको नेतृत्वमा बङ्गालमा पनि 2 सयभन्दा धेरै आसन लिएर सरकार गठन गर्ने


 

गान्तोक, 22 नोभेम्बर। भारतीय जनता पार्टी, सिक्किमका नवनियुक्त प्रदेश प्रभारी तथा पश्चिम बंगालको बालुरघाट संसदीय क्षेत्रबाट भाजपा सांसद डा. सुकान्त मजुमदार आजदेखि तीन दिवसीय भ्रमणमा सिक्किम आइपुगेका छन्। आज दिउँसो सिक्किम आइपुगेका डा. मजुमदारलाई राज्यको प्रवेशद्वार रम्फू अनि भाजपा प्रदेश कार्यालय, सिङ्ताममा प्रदेश अध्यक्ष डीबी चौहान, पार्टी पदाधिकारीगण एवं कार्यकर्ताहरूले भव्य स्वागत जनाएका थिए।। उनी प्रभारी बनेपछि पहिलोपल्ट सिक्किम भ्रमणमा आएका हुन  डा. मजुमदारले आज साँझ राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी आवास मितोकगाङमा सौजन्यमूलक भेट गरे। यस अवसरमा प्रदेश अध्यक्ष डीबी चौहानको पनि उपस्थिति रहेको थियो। भेटघाटको क्रममा विभिन्न राजनैतिक तथा समसामयिक विषयहरूमा चर्चा-परिचर्चा भएको थियो। यस क्रममा सिक्किम क्रान्तिकारी मोर्चा अनि भारतीय जनता पार्टीको गठबन्धनलाई अझ बलियो बनाएर अघि लैजाने विषयमा पनि छलफल गरिएको छ।।

यस अघि उनले सिङ्तामस्थित पार्टी कार्यालयमा प्रदेश कार्यकारिणी अनि कोर कमिटीसित महत्वपूर्ण बैठकमा सहभागिता जनाए। बैठकमा उनले सिक्किमको राजनैतिक तथा भौगोलिक आदि विषयमा विविध जानकारीहरू लिँदै पार्टीको गतिविधि अनि यसलाई आगामी दिनमा कसरी अझ मजबुत बनाएर लैजानुपर्ने भन्ने विषयमा चर्चा परिचर्चा गरे।

सिक्किमको प्रवेशद्वारमा पत्रकारहरूसित कुराकानी गर्दै प्रभारी मजुमदारले सिक्किममा आफ्नो भ्रमणको उद्देश्य बारे बताउँदै भने, सरकार बनियोस नबनियोस तर भाजपाले जहाँ पनि सरकार बनाउँछ आफ्नो संगठनको आधारमा बनाउँछ भाजपा राष्ट्रीय पार्टी हो यसको लक्ष्य संगठन विस्तार गर्नु प्राथमिकता हो राम्रो संगठन बनाउने अनि सरकार बनाउनेबारे पनि सोच्ने छौं। यसैगरि उनले क्षेत्रिय आकाक्षाहरूको पनि सम्बोधन गर्ने कुरालाई अघि राख्दै भने, राष्ट्रिय पार्टी हुँदा हुँदै पनि क्षेत्रिय आकाक्षाहरूलाई सम्बोधन गर्ने भएको कारण सिक्किमको आकाक्षाहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सम्बोधन गरिनेछ । यसैगरि सिक्किम भ्रमणको क्रममा सबैको कुरा सुन्ने अनि अहिले केही नबोल्ने तर पहिलो चरणमा यहाँको सबै विषयबारे बुझ्न आएको बताए। अर्कोतिर पश्चिम बङ्गालको चुनाउमा बिहारको जीतपछि उत्सुक भएको भानमा उनले भने, बिहारमा हामीले जितेका छौं यसैगरि बङ्गालमा पनि 2 सय भन्दै धेरै आसन लिएर जित्नेछौं।   बङ्गालमा आफ्नो मुद्दा र  महामारीको समयमा पनि सबै ठाउँमा जनधन योजना खाना पकाउने ग्यास र राशिनको व्यवस्था गर्ने भाजपा सरकारले जनतामा आफ्नो संगठन बनाएर नै बङ्गालको चुनाउमा पनि राम्रो मतले बिजयी बन्ने बताए। अर्कोतिर उनले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले घरि घरि बाहिरको भन्ने लाक्षणा लगाउने गरेको बारे सोद्धा उनले भने, ममता ब्यनर्जीलाई थाहा हुनुपर्छ पश्चिम बङ्गाल भारतको अभिन्न अङ्ग हो  भारतवर्षमा कोही बाहिरको होइन। ममता व्यानर्जीको लागी रोहिङग्या बाहिरको भएन तर भारतकै बाहिरको हुने गर्दछ। जनताको दृष्टि अलग गर्न चहान्छ तर नरेन्द्र मोदीको नेतृत्वमा बङ्गालमा पनि 2 सयभन्दा धेरै आसन लिएर सरकार गठन गर्ने ठोकुवा गरे।

भोलि दोस्रो दिन डा. मजुमदारले दिनभरिनै सिङ्तामस्थित पार्टी कार्यालयमा विभिन्न स्तरका पदाधिकारीहरू अनि कार्यकर्ताहरूसित बैठक गर्ने कार्यक्रम रहेको छ भने साँझमा राज्यपाल गंगा प्रसादसित भेटघाटको कार्यक्रम रहेको जानकारी भाजपा प्रवक्ता नवीन भट्टराईले प्रेस बयानमा बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया