पत्रकारमाथि हुने अपराध नियन्त्रणबारे जर्नालिस्ट युनियन अफ् सिक्किमको कार्याशाला सम्पन्न     

 

  गान्तोक, 23 नोभेम्बर


कोभिड 19 ले पत्रकारितामा परेको प्रभाव र  पत्रकारमाथि हुने अपराधलाई नियन्त्रण गर्ने विषयलाई लिएर इण्डियन जर्नालिस्ट युनियनको सहयोगमा सोमवार जर्नालिस्ट युनियन अफ् सिक्किमले एउटा कार्यशाला आयोजन गर्‍यो। यस कार्यशालामा राज्यको विभिन्न डिजिटल तथा प्रिन्ट मिडिया हाउसमा कार्यरत युनियनका सदस्यहरूले भाग लिएका थिए। कार्यशालालाई युनियनका सदस्य तथा सिक्किम एक्सप्रेसका एसोसिएट एडिटर विजय गुरुङले मुख्य वक्ताका रूपमा सम्बोधन गरे। कोभिड 19 महामारी र लकडाउनको अवस्थाले पत्रकारहरूले आर्थिक रूपमा प्रभावित बनेको उल्लेख गर्दै कोभिड कालको प्रभाव पछि गएर अझ व्यापक हुनसक्ने सम्भावना रहेकाले मिडिया हाउस पत्रकारहरूले आफ्नो स्थायीत्वलाई बनाइराख्नका लागि अझ सङ्घर्ष गर्न तयार रहनुपर्ने बताए। उनले महामारी काललाई पत्रकार  मिडिया हाउसले अग्निपरिक्षाका रूपमा सामना गरेको र यसबाट प्रभावित बनेर बन्द भएका मिडिया हाउसका पत्रकारलाई सहयोग पुर्‍याउन युनियनले पहल गर्नुपर्ने आवस्यकता बोध गराए। उनले पत्रकारमाथि हुने अपराधलाई नियण्त्रण गर्न युनियनका सदस्यमा एकजुटता हुनुपर्छ भने।

कार्यशालालाई सम्बोधन गर्दै युनियनका अध्यक्ष भीम रावतले कार्यशाला आयोजन गर्नुको उद्देश्यमाथि प्रकाश पारे। संयोजक दिछेन अङ्मु भोटियाले युनियनले  गरेका विभिन्न कार्यक्रम, वेबिनार र सिक्किमलाई दिएको प्रोजेक्ट सम्बन्धमा भएका कार्यहरूबारे जानकारी गराइन।

यस कार्यशालामा प्रदिप लोहागण, कविता शर्मा, अर्पण प्रधान, सागर छेत्री, निता निरास, पारिजात शर्मा आदिले कोभिड काल तथा लकडाउन अवधिमा पत्रकारहरूले झेल्न परेका समस्या र युनियनलाई कसरी अघि बढ़ाउन सकिन्छ भन्ने कुरामा आफ्नो अनुभव र सुझाउ राखे। यसरीनै पत्रकारका रूपमा काम गर्दा-गर्दै कोभिड सङ्क्रमण बन्नु परेको अवश्था र उपचार अवधिमा गरेको अनुभव र आफ्नो परिवारमा कोभिड सङ्क्रमण हुँदा त्यो अवस्थासितै लड्दै पत्रकारिता धर्मलाई निभाउनुपर्ने अवश्थाको अनुभव विशाल गुरुङ र शेखर खवासले साझा गरे। कार्यशालाको अवधिमा सबै पत्रकारले कोभिड 19 कालमा गरेका अनुभवलाई दस्तावेजीकरण गर्ने सहमति भएपश्चात  युनियनले चाँड़ै एउटा पत्रिका प्रकाशित गर्ने निर्णय लिएको छ। यस कार्यलाई अघि बडाउने जिम्मेवारी विजय गुरुङ र प्रदिप लेहागणलाई दिइएको छ भने अध्यक्ष भीम रावत र महासचिव सुजल प्रधानले यसमा सहयोग गर्नेछन्। कार्यशालाकै अवसरमा सिङ्ताम नजिक चुहाटारमा अवस्थित पूनर्वास केन्द्रमा जर्नालिस्ट युनियन अफ् सिक्किमले एउटा पुस्तकालय स्थापना गर्ने निर्णय गरेको छ। कार्यशालालाई महासचिव सुजल प्रधानले सञ्चालन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन