कञ्चनजङ्घा एडभेञ्चर मिट 2020 मा नेशनल प्याराग्लाइडिङ एक्युरेशी च्याम्पियनशीप ट्रायल ओलम्पिक

गान्तोक, 29 नोभेम्बर।


पश्चिम सिक्किमको चर्चित पर्यटकीय गनतव्य पेलिङले अब सहासिक पर्यटनलाई विशेष महत्वको साथमा अघि बढाउने निर्णय गरेको छ। पेलिङ टुरिजम डेप्लोपमेन्ट एसोसिएशनको तत्परतामा प्रत्येक वर्ष पालन गरिने क्रिसमस पर्यटन उत्सवलाई यसपाली सहासीक पर्यटन उत्सवको रूपमा फस्ट कञ्चनजङ्घा एडभेञ्चर मिट 2020 पालन गर्ने निर्णय गरेको छ। आगामी 25 दिसम्बर बडा दिनको अवसरमा उद्घाटन हुने क्रिमसम पर्यटन उत्सव 2020को उत्घाटन मुख्यमन्त्री प्रेमसिंह तामाङले गर्ने आयोजिक समितिले जानकारी गराएका छन्। यस वर्षको क्रिसमस उत्सव सहासीक पर्यटनको प्रचारको निम्ति केन्द्रित हुने एसोसिएशनका अध्यक्ष नरायण खतिवडाले बताएका छन्। उनले यसपालीको क्रिमसमको समयमा हुने पर्यटन उत्सवमा आठ प्रकारको सहासीक पर्यटनलाई आयोजक समितिले विकास गर्ने प्रयास गरेको बताए।  जसमा विशेष रूपमामा रक क्लाइङ्बिङ, माउन्टेनरिङ, म्याराथान लगायात अहिले सिक्किममा धेरै फस्टाएर गएको सहासीक पर्यटनको साधन प्याराग्लाइडिङलाई विशेष महत्वको साथमा प्रचार प्रसार गर्ने उद्देश्यले फस्ट सिक्किम नेशनल प्याराग्लाइडिङ एक्युरेशी च्याम्पियनशीप ट्रायल ओलम्पिक राखिएको छ।

एसोसिएशनका सचिव (एडभेञ्चर) राम भण्डारीले बताए अनुसार फस्ट सिक्किम नेशनल प्याराग्लाइडिङ एक्युरेशी च्याम्पियनशिप ट्रायल ओलम्पिक राखिएको छ। क्षेत्रमा  एडभेञ्चर टुरिजमको निम्ति लामो समयदेखि आकर्षण गर्दै आएको  प्याराग्लाइडिङ  र यसलाई अझ बढाउने उद्देश्य़  राखेको उनले बताए। उक्त उत्सवको उत्घाटनको निम्ति मुख्यमन्त्री पीएस तामाङले यसलाई अनुमति प्रदान गरिसकेको हुनाले 25 दिसम्बरको दिन मुख्यमन्त्री स्वयंले आएर उद्घाटन गर्ने भएको अनि मौका पेलिङको निम्ति  अहोभाग्य हो भनि बताए। प्रतियोगितामा देशका  12 वटा राज्यबाट प्रतिनिधि आउने आशा राखेको तथा यसमा 1 सयजना जति पाइलट हुने आशा राखेको उनले बताए। यसको निम्ति  सिक्किम प्याराग्लाइडिङ एसोसिएशनको पोर्टलमा पञ्जिकरण गरेर आउनु पर्नेछ। यो च्याम्पियनशिप प्याराग्लाइडिङको  एक्युरेशीमा हुने जुन चार-चारजनाको टीममा हुने तथा समग्र पुरूष र महिलावर्गको निम्ति पनि अलग्गै प्रतियोगिता हुने उनले बताए।

अर्कोतिर सत्तारूढ एसकेएम पार्टीका याङथाङ निर्वाचन क्षेत्रका अध्यक्ष तथा एसोसिएशनका प्रतिनिधि टासी वाङ्गेल भोटियाले यो उत्सव राजनीतिदेखि माथि उठेर एक जिम्मेवार नागरिको रूपमा स्थायी रूपमा क्षेत्रको पर्यटन विकास गर्न अनि भावि पिडीको निम्ति स्थायी पर्यटनको अवसर सिर्जना गर्ने उद्देश्यले गरेको बताए। उनले यो उत्सवलाई केही नयाँ गरौं भन्ने सोचलाई ध्यानमा राखेर सहासिक पर्यटनको विकासलाई ध्यानमा राखेर कार्य गर्ने सोचको प्रतिफल रहेका बताए। उनले क्षेत्रमा पर्यटकलाई धेरैभन्दा धेरै समय कसरी राख्न सकिन्छ भन्ने बारेमा ध्यानमा राखेर पर्यटकीय सम्भावनाहरूलाई विकास गर्ने उद्देश्य राखिएको बताए।

अर्कोतिर च्याम्पियनशीपको मिट डाइरेक्टर तथा सिक्किम प्याराग्लाइडिङ एसोसिएशनका टेक्निकल प्रभारी अर्जुन राईले प्रतियोगिताबारे जानकारी दिए। उनले राष्ट्रीय ओलम्पिक गर्दा तीनजना निर्णायक बाहिरबाट ल्याउनुपर्ने भएको बताउँदै अन्य ट्याक्निकल टीममा 10-12 जना सिक्किम प्याराग्लाइडिङ एसोसिएशनबार रहने बताए।  पेलिङ एड्भान्स ठाउँ भएको हुनाले यहाँ प्याराग्लाइडिङको सहासिक पर्यटनको प्रसस्त सम्भावना रहेको बताउँदै यो ओलम्पिकमा  लाइसेन्सधारी पाइलटहरूलाई 1 सय घण्टाभन्दा धेरै उढान भरिसकेकोलाई  मात्र मौका दिऩे बताए। पाँच दिनको कार्यक्रम 25 देखि 29 दिसम्बरसम्म हुने तथा यसले सिक्किमको प्याराग्लाइडिङमा महत्वपूर्ण कार्य हुने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन