विमलको गोर्खाल्याण्ड उच्चारणले विधानसभा चुनाउमा ममतालाई हराउने तृणमूललाई डर

विभिन्न राष्ट्रीय मिडियाहरूले तृणमूल काङ्ग्रेसका पदाधिकारीहरूको उक्त भनाई उल्लेख गरेको छ। मिडियाहरूले तृणमूलका पदाधिकारीहरूलाई उल्लेख गर्दै लेखेको छ,  ‘विमल गुरुङले जनसभाहरूमा गोर्खाल्याण्डको माग गरिरहेका छन्, यसले हाम्रा स्थानीय नेता र कार्यकर्ता ‘परेशान’ छन्। कार्यकर्ता, समर्थक र नेताहरूले प्रश्न गर्न थालेका छन्, विमल गुरुङलाई ल्याएर तृणमूल बङ्गाल विभाजनको बाटोमा किन हिँड्दैछ?’


खबरम्यागजिन डेस्क


कोलकता पुग्ने बित्तिकै विमल गुरुङले राष्ट्रीय मिडियामा भने, ‘2021 को चुनाउमा म ममता व्यानर्जीलाई मुख्यमन्त्री बनेको हेर्न चाहन्छु। उनलाई जिताएर म भाजपालाई जवाब दिन चाहन्छु। म गोर्खाल्याण्ड चाहन्छु।’

अहिले चलिरहेको सबै जनसभातिर विमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्डको नाम उच्चारण गरिरहेका छन्। यसो त विमल गुरुङको वयानको कुनै टुङ्गो छैन। मुखमा जे आयो त्यही बोलिरहेका छन्।

उनले भाजपालाई भने, ‘चुनाउमा भोट माग्न आउन अघि भाजपाले 11 जातलाई जनजाति दिएको हुनुपर्छ, स्थायी राजनैतिक समाधान गरेको हुनुपर्छ।’

पत्रकारले उनलाई सोध्यो, ‘दियो भने के गर्नुहुन्छ?’

विमल गुरुङले जवाब फर्काए, ‘म डटेर विरोध गर्छु।’

कलकताको प्रेस सम्मेलनमा उनले आफूले ममता व्यानर्जीलाई भेट्न नपाएको तर तृणमूलका तल्लो नेताहरूसित कुराकानी गरेर ममतालाई चुनाउमा सघाउने निर्णय लिएको बताए।

सिलगढी आइपुग्दा विमलले भने, ‘मैले ममता व्यानर्जीसित स्थायी राजनैतिक समाधानको कुरा गरिसकेको छु।’

स्थायी राजनैतिक समाधान भनेको पहाड, तराई र डुवर्सवासीले छुट्टै राज्य गोर्खाल्याण्ड बुझेको छ।

ममता व्यानर्जी छुट्टै राज्य गोर्खाल्याण्डको विरोधी हुन्। विमल गुरुङहरूले छुट्टै राज्य गोर्खाल्याण्डकै आन्दोलन गरेको कारण युएपिएको मुद्दा लगाएको हो, आन्दोलनकारीहरूलाई भूमिगत बनाएको हो। आन्दोलनकारीहरूको घर कुड्की गरेको हो। 13 जना आन्दोलनकारीलाई गोली ठोकेको हो।

गोर्खालिग नेता मदन तामाङले जिउँदो हुँदा नै भनिसकेका हुन्, ‘विमल गुरुङ गोर्खाल्याण्डको घोडामा चढेर जिटिएको चौकी ताकिरहेका छन्।’

मदन तामाङको हत्या भयो। हत्याको आरोप विमल गुरुङ कै पार्टीका नेताहरूमाथि लागेको छ। मदन तामाङको हत्या भएको धेरै वर्ष बितिसक्यो। अहिले पनि मदन तामाङले भनेको उक्त कुरा विमल गुरुङको सन्दर्भमा भविष्यवाणी नै बनेको छ।

ममता व्यानर्जी बङ्गाल विभाजनको पक्षमा छैनन्। यद्यपि, ममता व्यानर्जीलाई चुनाउमा जिताउन विमल गुरुङले गरेको जनसभामा गोर्खाल्याण्डको उच्चारण भइरहेको छ।

ममता व्यानर्जी उत्तरबङ्गालको भ्रमणमा छिन्। यही मौकामा तृणमूल काङ्ग्रेसका पदाधिकारीहरूले ममतालाई पोल लाउन शुरु गरेका छन्।

उनीहरूले भनेका छन्, ‘विमल गुरुङ तृणमूललाई समर्थन गरिरहेका छन् तर बारम्बार  छुट्टै राज्य गोर्खाल्याण्डको माग गरिरहेका छन्। यसले त आउँदो चुनाउमा हानी पुऱ्याउँछ।’

विभिन्न राष्ट्रीय मिडियाहरूले तृणमूल काङ्ग्रेसका पदाधिकारीहरूको उक्त भनाई उल्लेख गरेको छ। मिडियाहरूले तृणमूलका पदाधिकारीहरूलाई उल्लेख गर्दै लेखेको छ,  ‘विमल गुरुङले जनसभाहरूमा गोर्खाल्याण्डको माग गरिरहेका छन्, यसले हाम्रा स्थानीय नेता र कार्यकर्ता ‘परेशान’ छन्। कार्यकर्ता, समर्थक र नेताहरूले प्रश्न गर्न थालेका छन्, विमल गुरुङलाई ल्याएर तृणमूल बङ्गाल विभाजनको बाटोमा किन हिँड्दैछ?’

मिडियाहरूले अझ लेखेको छ, ‘जसले गोर्खाल्याण्डको माग गरिरहेको छ, उसित मिलेर हामीले कसरी राजनैतिक कार्यक्रम गर्नु?’

राज्यका पर्यटन मन्त्री गौतम देवलाई यस्ता सैयौं गुनासो पुगेको छ, जो उनले ममता व्यानर्जीलाई राखेका छन्। त्यतिमात्र होइन विमल गुरुङले निक्कै पैसा खर्च गरेर सोसल मिडिया टिम गठन गरेको र भित्रभित्र  ‘विमल : अनली वे फर गोर्खाल्याण्ड’ क्याम्पानिङ गरिरहेको पनि तृणमूल नेताहरूले गुनासो गरिरहेको बताइएको छ।

विश्लेषकहरूले बताइरहेको छ, उत्तरबङ्गालमा ममता व्यानर्जी हाऱ्यो भने त्यसको कारण विमलको बङ्गाल विभाजन गर्ने गोर्खाल्याण्डको मुद्दा नै हो।

विमलले जनतालाई आफूतिर तान्न झुटमुठमा गोर्खाल्याण्डको उच्चारण गरे पनि त्यसले विधानसभा चुनाउमा व्यापक हानी पुऱ्याउने देखिएको छ। बताइएअनुसार ममताका विपक्षका आइटीसेलले विमलको गोर्खाल्याण्ड वयानलाई विधानसभा चुनाउमा प्रयोग गर्ने तयारी गरिरहेको छ। जो ममतालाई हराउनको निम्ति 50 प्रतिशत कारगर हुने विश्लेषकहरूको ठनाई छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन