एजेण्डा-सेटिङ थ्योरी र अबको बाटो

डिस्कोर्स

दार्जिलिङको सवालमा पनि एजेण्डा सेटिङ थ्योरी अनुपालन गर्न सकिन्छ। आउँदो विधानसभा चुनाव यसको निम्ति उर्वर भूमि हो। राज्यबाट फत्ते हुनसक्ने मुद्दाहरू जस्तै पर्जा पट्टा, नगरनिगम मान्यता, रोजगार, युनिभर्सिटी, रिजनल एससीसीहरूलगायत गोर्खका पुराना र मूलभूत एजेण्डालाई अन्तर्यमा राखेर जुन राज्य सरकारसित सहकार्य भइरहेको छ, यो एजेण्डा सेटिङकै दुरगामी रणनीति हो। किन भने झगडा गरेर केही प्राप्ती हुँदैन। यसको निम्ति सरकारसित सहकार्य चाहिन्छ। जब कुनै पनि काम गम्भीर रणनीतिसित अघि बढ्छ, त्यसलाई रोक्ने शक्ति पनि सक्रिय बन्छ। जस्तो, विमल बनाम बिनयको नाममा जुन द्वन्द्व चलिरहेको छ, त्यसको पछिल्तिर त्यही शक्ति सक्रिय छ।  त्यो शक्तिले कसलाई पश्रय दिइरहेको छ, त्यो बौद्धिकहरूले खुट्याएर जनतामा राख्नुपर्छ।


सपना छेत्री


राजनीतिमा ‘एजेण्डा सेटिङ’ भन्ने एउटा टर्मनालोजी नै हुन्छ। थ्योरी हुन्छ। नीति हुन्छ। जसको आधारमा सरकारले केही खास मुद्दाहरूमाथि विचार गर्नेगर्छ। त्यो विचारको जगमा भने ‘सार्वजनिक नीतिहरूको विकास्’ हुन्छ।

तर त्यो उसको हितमा हुन्छ।

जुन जुन सार्वजनिक नीति ओझलमा छन्, त्यसको खोजी गरेर त्यसलाई सतहमा ल्याउनु र त्यसलाई महत्वपूर्ण एजेण्डाकोरुपमा स्थापित गर्नु यो ‘एजेण्डा सेटिङ’-को खास काम हो। तर जुन जुन एजेण्डाहरूले उसको राजनीतिमा बाधा दिन्छ, त्यसलाई रोक्ने शक्ति पनि यही थ्योरी हो।

एजेण्डा यस्तो कारक हुनुपऱ्यो जसलाई सरकारद्वारा सतहमा ल्याइँदा सार्वजनिक फाइदा व्यापक होस्। त्यसैले ‘एजेण्डा सेटिङ’- एउटा स्कोप हो। विज्ञान हो।

एजेण्डा सेटिङको लागि व्यापक अध्ययन, अनुसन्धान, आलोचना, समिक्षा, विश्लेषण र तर्कशिलता चाहिन्छ। इतिहास, भूगोल, विज्ञान र म्याथ यसका मूल मन्त्रहरू हुन्छ। यसैको आधारमा यो थ्योरीको निर्माण हुन्छ। ती जम्मैलाई निर्देशन गर्छ-अर्थनीतिले।

यसैले विश्वमा आर्थ-शक्तिको लडाईँ चलिरहन्छ।

सार्वजनिक नीतिहरूको जगमा राजनैतिक घडेरी खन्ने र सत्ता र जनताबीचको सम्बन्धमा विश्वास पैदा गरेर वचाउको राजनीति गर्ने एजेण्डा सेटिङको मूलभूत गुण हो।

एजेण्डा-सेटिङको प्रक्रिया सार्वजनिक नीतिहरूको उत्पादनमा महत्वपूर्ण पनि हो। किनकि यसको विकास अनि परिणामले मासमा बृहत प्रभाव पार्छ। यो शक्तिको पनि प्रश्न हो।

यो विकास विकल्प, नीति विकल्प, स्पेस डिस्कभरी, सम्भावनाहरूको खोज पनि हो।

एजेण्डा-सेटिङ- प्रक्रियाको शोधले कुनै पनि मुद्दालाई  सरकारको ध्यान आकर्षित गराउन सक्छ। यसो भनौं, एजेण्डा सेटरहरूको ‘एजेण्डा’-नै देशमा सर्ववृहत डिस्कोर्स बन्न सक्छ।

एजेण्डा सेटरहरूको शक्ति के हो भने एजेण्डालाई बलियो रणनीतिकोरुपमा स्थापित गर्न सक्छ। यसको प्रयोग सर्ववृहत फाइदाको लागि गरिन्छ।

कुनै कुनै एजेण्डाले हानिकारक परिणाम ल्याउनसक्छ अथवा यसलाई गलत अर्थमा प्रचार गर्ने प्रोपोगाण्डा पनि हुनैसक्छ। एजेण्डा सेटरहरूले यसबाट बच्ने रणनीति पनि गर्तमा राखेको हुन्छ।

दार्जिलिङको सवालमा पनि एजेण्डा सेटिङ थ्योरी अनुपालन गर्न सकिन्छ। आउँदो विधानसभा चुनाव यसको निम्ति उर्वर भूमि हो।

राज्यबाट फत्ते हुनसक्ने मुद्दाहरू जस्तै पर्जा पट्टा, नगरनिगम मान्यता, रोजगार, युनिभर्सिटी, रिजनल एससीसीहरूलगायत गोर्खका पुराना र मूलभूत एजेण्डालाई अन्तर्यमा राखेर जुन राज्य सरकारसित सहकार्य भइरहेको छ, यो एजेण्डा सेटिङकै दुरगामी रणनीति हो।

किन भने झगडा गरेर केही प्राप्ती हुँदैन। यसको निम्ति सरकारसित सहकार्य चाहिन्छ। जब कुनै पनि काम गम्भीर रणनीतिसित अघि बढ्छ, त्यसलाई रोक्ने शक्ति पनि सक्रिय बन्छ।

जस्तो, विमल बनाम बिनयको नाममा जुन द्वन्द्व चलिरहेको छ, त्यसको पछिल्तिर त्यही शक्ति सक्रिय छ।  त्यो शक्तिले कसलाई पश्रय दिइरहेको छ, त्यो बौद्धिकहरूले खुट्याएर जनतामा राख्नुपर्छ।

 

1960-को दशकमा हामीले सङ्घर्षमय राजनीति गऱ्यौं।  1970 दशकको शुरुवातदेखि सत्ताको सिधा सरकारी एजेण्डा- सेटिङ-मार्फत हाम्रो राजनीतिलाई प्रभावित पार्ने काम गऱ्यो।

हाम्रा मुद्दाहरूलाई निस्तेज गर्न सरकारी जालझेल शुरु भयो। सरकारी एजेण्डा सेटर-को चक्रव्युहमा हाम्रो राजनीति फँस्दैफँस्दै आयो।

1990-को दशकसम्ममा त्यसले हामीलाई राजनीति बुझ्नै नसक्ने सामाजिक मनोविज्ञान दियो। नेतृत्वदेखिलिएर जनतासम्मै सरकारद्वारा तयार पारिएको सामाजिक-राजनैतिक मनोविज्ञानको शिकार बनाइयो।

अहिले हामी जे जे पनि बोल्छौं, राजनीति भनेर जेजे पनि गर्छौं, ती जम्मै सरकारी एजेण्डा सेटिङकै दुरगामी परिणतिहरू हुन्।

 

हामीलाई हाम्रै मुद्दादेखि, एजेण्डादेखि व्यवस्थितरुपमा टाडो  राखियो।

अबको नेतृत्वको माइन्डसेट अर्थात मनोभाव त्यो सरकारले तयार पारेको सामाजिक-राजनैतिक मनोविज्ञानबाट बाहिर हुनु अनिवार्य छ।

अब हामीले पनि काउन्टर एजेण्डा सेटर जन्माउन पऱ्यो। हामीसित हाम्रै एजेण्डा सेटिङ थ्योरी हुनुपऱ्यो। र दुरगामी रणनीतिहरूको निर्माण गर्नु पऱ्यो।

एजेण्डा सेटिङ थ्योरीले भन्छ, जब मुद्दाको पृष्ठभूमिमा नागरिक एकसाथ हुन्छन् तब उनीहरूको ‘एजेण्डा’ थाहा नपाई बदलाउने गर्छ। त्यसको साटो मूल मागबाट टाडा राख्न अनेकौं विकल्पहरूको निर्माण गरिन्छ।

दार्जिलिङको राजनैतिक इतिहास नै यही सरकारी एजेण्डा सेटिङ थ्योरीको प्रभावमा छ।

यसै दार्जिलिङको राजनीति फेरि नयाँ शिराबाट शुरु गरिनुपर्ने स्थिति बनेको छ। नत्र जसरी चुनाउहरूमा आश्वासनको बलमा दार्जिलिङको राजनीतिलाई खेतालाकोरुपमा परिभाषित गरिरहेको छ, त्यसले भोलि व्यापक सङ्कट निम्तो गर्छ।

बुझ्नुपर्ने कुरा हो, लोकसभा चुनाव केन्द्रकेन्द्रित मुद्दाको प्रतिस्पर्धा थियो। विधानसभा चुनाउ त्यसरी नै राज्यकेन्द्रित मुद्दाको चुनाउ हो।

अबको एजेण्डा सेटिङले लोकसभा र विधानसभा चुनाउलाई छासमिस गरेर मुद्दा र जनतालाई मिसगाइड गर्ने परम्परा तोड्नुपर्छ।

केन्द्र र राज्य अलगअलग सोर्स हो। दुवै सोर्ससित लड्ने एजेण्डा हातमा नबोकी राजनीति गर्छु भन्नु मुर्खता हो।  राजनैतिक पोलिसी र थ्योरी दुवै परिवर्तन गर्न अनिवार्य छ। लड्नेको निम्ति स्पेस सँधैलाई छ, हार्नेको लागि समर्पणको बाटो पनि खुल्ला छ। हाम्रो लडाईँ हार्नलाई होइन जित्नलाई हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन