केही सोसल मिडिया र द स्टेस्ट्समेनले फैलायो विनयखेमा भाजपामा जाने अफवाह : आयो खण्डन

‘यो समाचार फेसबुकका एक दुइ प्रायोजित अनि फर्जी पेजहरूको खेल हो, जो पहाडको शान्ति, स्थिरता अनि प्रगति चहाँदैनन् अनि पहाडलाई राजनैतिक टुँडिखेल मात्र बनाउन चहान्छन्’, फोनमार्फत बात गर्दै उनले भनेका छन्।


खबरम्यागजिन डेस्क


बङ्गाल बिधानसभा चुनाव नजिक आइरहेको बेला पहाडको राजनैतिक माहौल गर्माइरहेको स्पष्ट रूपमा देख्न सकिन्छ।

यता स्थायी राजनैतिक समाधानको लागि भनेर केन्द्रीय गृहमन्त्री अमित शाहद्वारा डाकिएको सभामा सहभागी बन्न गुरामुमो, क्रामाकपा लगायत पहाडका अन्य घटक दलका प्रतिनीधि टोली दिल्ली प्रस्थान गरिसकेका छन् भने उता राज्य सरकारले बोलाएको आपातकालिन् प्रशासनिक वैठकमा भाग लिनको निम्ति गोर्खा जनमुक्ति मोर्चा(विनय)का- अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापा हाल कलकत्तामा छन्।

चाखलाग्दो कुरा के छ भने, अहिले बिनय-अनित राज्यको तृणमुल काङ्ग्रेससँग नाता तोडेर कुनै पनि बेला भाजपामा सामेल हुन सक्ने सम्भावनाबारे सामाजिक सञ्जाल अनि केही फेसबुक समाचार पेजतिर व्यापक अड्कलबाजी चलिरहेको छ।

यहीँ कुरालाई केन्द्र गरेर अङ्ग्रेसी समाचारपत्र द स्टेट्सम्यानले बङ्गला समाचारपत्र आनन्दबजार पत्रिकाको रिपोर्टलाई उल्लेख गर्दै एउटा समाचार छापेको छ। उक्त समाचारमा विनय तामाङ अनि अनित थापा बुधबारको दिन अर्थात आज  भाजपा नेता कैलाश विजयवर्गियासँग एउटा सभा बस्ने अनि सभापछि आधिकारिक रूपमा भाजपामा सामेल भएको घोषणा गर्ने लख काटिएको छ।

यता कुनै पनि समय जिटिएको चौकी छोड्नको निम्ति अनित थापालाई राज्यबाट आदेश आउनसक्ने सङ्केत गर्दै यताका केही फेसबुक पेजहरूले समाचार छापेका छन्। तर यस विषयमा छापिएको समाचारको स्रोत भने पुष्टि भएको छैन।   कतिले त अनित थापालाई हटाएर विमल गुरुङलाई जिटिएमा राख्ने भन्ने पुष्ट समाचारसमेत छापेको छ।

२१ अक्टोबर २०२० को दिन तीन वर्षको विस्थापित जीवन बिताइसकेर अचानक कलकत्ताको सल्ट लेकमा देखा परेका विमल गुरुङले त्यही दिन प्रेस भेला गरेर भाजपासँग नाता तोडेको भन्दै आउँदो विधानसभा चुनावमा तृणमुल काङ्ग्रेसलाई सघाउने घोषणा गरेपश्चात पहाडको राजनीतिमा व्यापक उथुलपुथुल देखा परेको हो। विमल गुरुङलाई ममता व्यानर्जीले खुलला छोडेलगत्तै विभिन्न अफवाह फैलिन थालेको छ।

जायज छ, विमल गुरूङ गुटलाई ममताले आफ्नो घटक दलको रूपमा स्वीकार गरेपछि तीन वर्षदेखि दलमाथि प्रतिवद्धता जाहेर गरिरहेका विनय-अनित ममतासँग रूष्ट छन्।

‘एउटै दापमा दुइवटा खुकुरी हाल्ने काम गरिनु हुँदैन’ ,१३ दिसम्बरको सुकुना जनसभामा अनित थापाले सरकारलाई लाखेस गर्दै यसो भनेका थिए। यस्तो स्थितिमा पहाडमा खुनको खोला बग्नसक्ने चेतावनी पनि उनले सरकारलाई दिए।

 तर यता आफूहरू भाजपामा जाने अनि कुनै पनि समय जिटिएको चौकी छोड्नसक्ने कुरालाई विनय खेमाका महासचिव अनि वर्तमान जिटिए अध्यक्ष अनित थापाले सरासर गलत अनि अफवाह मात्र रहेको बताएका छन्।    

‘हामी केवल आधिकारिक सभाको निम्ति कलकत्ता आएका हौं। जिटिएको चौकी छोड्ने अनि भाजपासँग हात मिलाउने कुरा जनतालाई असमञ्जसमा पार्नको लागि फैलाइएको अफवाह मात्र हो’, उनले भने।

जनतालाई यस्ता अफवाहहरूमा विस्वास नगर्ने आह्वान पनि उनले गरे।

‘हामी भाजपामा जानसक्ने समाचार विल्कुल आधारहिन हो। भाजपाले हाम्रो जनताको पन्द्रह साल वर्वाद गरिसक्यो, अहिले आएर आउँदो विधानसभा चुनावको लागि जनता लोभ्याउन सेन्टिमेन्टल कार्ड खेलिरहेको छ। हाम्रो भविष्य वर्वाद गर्ने यस्तो पार्टीसँग हात मिलाउने सवाल उठ्दैन’, फेसबुक समाचार पेज चौतारी २४-सँग बात गरेर उनले भनेका छन्।

थापाले कलकत्ताको आधिकारिक वैठकपछि पहाड आएर एक प्रेस भेला आयोजना गर्ने कुरा पनि गरेका छन्।

  मोर्चा केन्द्रिय प्रवक्ता केशवराज पोख्रेलले पनि यस कुराको खण्डन गरेका छन्।

‘यो समाचार फेसबुकका एक दुइ प्रायोजित अनि फर्जी पेजहरूको खेल हो, जो पहाडको शान्ति, स्थिरता अनि प्रगति चहाँदैनन् अनि पहाडलाई राजनैतिक टुढिँखेल मात्र बनाउन चहान्छन्’, फोनमार्फत बात गर्दै उनले भनेका छन्।

फेसबुक समाचार पेज, न्यूज पोर्टल अनि सचेत व्यक्तिहरूले यस्ता बेतुका कुरा नफैलाइदिने उनले आह्वान पनि गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन