2017 मा हामीलाई ममता व्यानर्जीले जुन अत्याचार गरेको छ,  त्यसकारण हामी टिएमसीलाई भोट दिनेछैनौं-विनिता रोका

खबरम्यागजिन डेस्क


गोर्खा जनमुक्ति मोर्चाका नारी मोर्चाकी विनिता रोकाले तृणमूल सरकारलाई खबरदारी गरेको र  स्पष्ट सन्देश दिएको भन्दै विमल खेमाले तृणमूल काङ्ग्रेसलाई भोट नदिने बताएकी छन्। दार्जिलिङ मोटरस्ट्याण्डमा बोल्दै उनले तृणमूल काङ्ग्रेससित गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको जनाइन्।

‘2017 मा हामीलाई पोलिटिकल भिक्टिमाइज, पोलिटिकल केसेज र सबजुडिस् म्याटर भएकोले गर्दा  तृणमूल सरकारसित मिल्नु पर्ने हाम्रो बाध्यता थिय़ो,’ उनले बङ्गाल सरकारलाई चेतावनी दिँदै भनिन्, ‘हामीलाई एउटा एमपी दिने र तीनजना विधायक दिने भन्छ, तर त्यतिमात्र हुँदो हो बङ्गाल सरकारलाई हामीसित गठबन्धन गर्ने केही करकाप थिएन।’

उनले बाध्यताले बङ्गाल सरकारसित मिल्नु परेकोले तृणमूल काङ्ग्रेसलाई यसपालिको विधानसभा चुनाउमा भोट नदिने जनाइन्। उनले डिआईबीलाई अनुरोध गर्दै उनले भनिन्, ‘2017 मा बङ्गाल सरकारबाट हामीले जुन प्रकारको अत्याचार सहनु पऱ्यो, जुन हिसाबले त्राहीत्राही हुनु पऱ्यो, त्यो हिसाबले जनता त परै जावोस्, मै पनि टिएमसीको सिम्बोलमा भोट हाल्दिन। यो डिआईबीले सरकारलाई रिपोर्ट पुऱ्याउनुपर्छ, हामी टिएमसीको सिम्बोलमा भोट हाल्दैनौं। यो हाम्रो म्यासेज हो राज्य सरकारलाई। हाम्रो तीनवटा सिटमा हस्तक्षेप नगरिदिने अनुरोध गर्छु। 2017 मा जुन अत्याचार सहनु पऱ्यो, त्यो हेर्दा मेरै पनि टिएमसीलाई भोट हाल्न हात सर्दैन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन