गोर्खाल्याण्डको मानचित्र अर्थात स्थायी राजनैतिक समाधान बनाउन ममतालाई जिताऔं- रोशन गिरी

खबरम्यागजिन डेस्क


दार्जिलिङको मोटर स्ट्याण्डबाट विमल खेमा मोर्चाका नेताहरू भाजपा अनि विनय खेमालाई सकेको जति सबै प्रकारले खनिए। उनीहरूको निचोड थियो, आन्दोलन सही दिशामा थियो, विनय-अनितले सम्झौता गरिदिएकोले आन्दोलन बिथोलियो।

आन्दोलन चल्दैगर्दा दिल्ली हिँडेका विमल खेमा मोर्चाका महासचिव रोशन गिरीलेसमेत यही कुरा दोहोऱ्याए। यता 2009 देखि आफूहरूले भाजपालाई सघाए पनि आफूहरूलाई भाजपाका नेता र मन्त्रीहरूले धोका दिएको, छक्याएको र लण्ड्याएको पनि गिरीले जनाए।

भर्खरै केन्द्रिय-राज्य गृहमन्त्री जि. किसन रेड्डीसित क्रामाकपा, गोरामुमोलगायतका दलहरूले भेट गरेको र उनीहरू पनि अब लन्डिने गिरीले जनाए।

‘हामी दिल्लीबाट फर्किने घिल्लो दिन हामी पनि रेड्डीलाई भेट्न पुगेका थियौं, रेड्डी त जिटिएको फाइल बोकेर बसिरहेका थिए’, उनले भने, हामी त झिक्कियौं गोरामुमो र क्रामाकपा झुक्किनुहुँदैन। राजु विष्टले अमित शाहलाई भेटाउँछु भनेर जि किशनलाई भेटाए। अब तपाईँहरू पनि नलन्डिनुहोस्।’

आफूहरू तृणमूलसित मिल्नुको कारण पनि गिरीले खोले। उनले भने, ‘गोर्खाप्रति बङ्गाल र केन्द्रको दृष्टिकोण राम्रो छैन। त्यसैले हामीले राजनैतिक स्ट्याण्ड चेञ्ज गरेका हौं। 2021 मा ममता व्यानर्जीलाई जिताऔं। 2024 मा जस्ले गोर्खाल्याण्डको मुद्दालाई सपोर्ट गर्छ, उसैलाई समर्थन गर्छौं।  2021 मा बिजेपीलाई भोट दिनु हुँदैन।’

बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जीले पनि स्थायी राजनैतिक समाधान गर्छु भनेको भन्दै गिरीले थपें, ‘जबसम्म राज्यले हरियो झण्डा देखाउँदैन तबसम्म केन्द्रले केही गर्न सक्दैन। गोर्खाल्याण्ड राज्य सरकारले दिँदैन, यो केन्द्रको विषय हो। तर केन्द्र गोर्खाको मुद्दामा गम्भीर छैन। यसैले गोर्खाल्याण्डको मानचित्र बनाउनको लागि स्थायी राजनैतिक समाधान बनाउन ममतालाई जिताऔं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन