विमलको मनोवृत्ति जस्ताको त्यस्तै

विमलले मेरो हत्या नै गर्न खोजे पनि म पहाडमा नै रहनेछु-विनय


खबरम्यागजिन डेस्क


पहिले जुन मनोवृत्ति थियो, विमल गुरुङसित अहिले पनि त्यही मनोवृत्ति रहेको गोजमुमो अध्यक्ष विनय तामाङले जनाएका छन्। उनले भनेका छन्, ‘विमल गुरुङ पहाड फर्के त्यही मनोवृत्ति लिएर जुन मनोवृत्तिको साथ उनले पहाड छोडेका थिए।’

तामाङले जनाएअनुसार विमलको बोक्ने मूल्यहरु सबै अगणतान्त्रिक छन। २०१७ मा आफूहरूले विमलको यही मनोवृत्ति अनि मूल्यहरुको विरोध गरेको तामाङको जिकिर छ।

‘यही कारण उनीदेखि हामी छुट्टिएका थियौं,’ तामाङले भनेका छन्, ‘पहाडमा हाम्रो पदार्पणपछि गणतन्त्र बहाली भएको थियो। पहाडमा विपक्षीले राजनैतिक कार्यक्रम गर्न पाउँछ त्यसैले विमल गुरूङ आज पहाड आउनु सके। जबकि विमल गुरुङले सुबास घिसिङ्गको पत्नीको पार्थिव शरीरसम्म पहाड ल्याउनु दिएका थिएनन्।’

तामाङले राज्य सरकारले यो कुरा अनि आजको विमल गुरुङको भाषणलाई आफ्नो संज्ञानमा राख्नुपर्ने माग गर्दै भनेका छन्, ‘किन भने यो राज्यको सुरक्षा अनि कानुन राज्यको विषय हो।’

उनले थपेका छन्, ‘मैले सदैव पहाडको जनताको निम्ति नै काम गरें अनि भविष्यमा पनि गरी नैं रहनेछु। मुख्यमन्त्री ममता व्यानर्जीले २०११ मा राज्यको बागडोर सम्हालेपछि पहाडमा गणतन्त्र स्थापना भएको हो। तर विमल मार्का तालिवानी हामी कदापि सहन गर्नेछैनौं। विमलले मेरो हत्या गर्न खोजे पनि म पहाडमा नै रहनेछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन