तृणमूलमा पैह्रो जाने वित्तिकै प्रशान्त किशोरले खोले मुख : भने, ‘बङ्गालमा भाजपालाई डबल डिजिटको आँकडा पार गर्न पनि हम्मेहम्मे पर्नेछ।’

खबरम्यागजिन डेस्क


बङ्गालको सत्ता हत्याउने लक्ष्य राखेर भाजपाले राज्यमा व्यापक चुनाव प्रचार अभियान चलाइरहेको बेला, राजनैतिक रणनीतिकार प्रशान्त किशोरको आज बिहान आएको एउटा ट्वीट भाइरल बनिरहेको छ। ‘सरकार बनाउन त परको कुरा, भाजपाले बङ्गालमा डबल डिजिटको आँकडा पार गर्नको लागि पनि सङ्घर्ष गर्नेछ’, उनले ट्वीट गरेका छन्,‘बङ्गालमा भाजपाको चुनाव प्रचारलाई एक विशेष सहयोगी मिडिया समूहले प्रवर्धन गर्ने काम गरिरहेको छ।’

उल्लेखनीय छ, सन् २०१४ को लोकसभा चुनावमा भाजपा, सन् २०१५ को विहार विधानसभा चुनावमा जनता दल युनाइटेड अनि दिल्लीको अघिल्लो विधानसभा चुनावमा केजरीवालसँग मिलेर चुनाव रणनीतिकारको काम गरिसकेका प्रशान्त किशोरको अडकलबाजीले आजसम्म शायदै फेल खाएको छ।

केन्द्र सरकारद्वारा पारित नागरिक संसोधन कानूनको विरोध गरेको कारण नितिश कुमारको जनता दल युनाइटेडको उप-सभापतिको पदबाट निष्काशित प्रशान्त किशोरलाई भाजपाको सम्भावित खतराबाट बँच्न ममता व्यानर्जीले हाल राजनैतिक रणनीतिकारको रूपमा प्रयोग गरिरहेकी छिन्।

बङ्गालको बिधानसभा चुनावमा भाजपाले यदि आफूले भनेको भन्दा राम्रो परिणाम साबित गरेर देखाइदिए पिकेले आफ्नो पद छोडिदिने दावा पनि उक्त ट्वीटमा गरेका छन्।

प्रशान्त किशोरको यो ट्वीट बङ्गालमा गृहमन्त्री अमित शाहको चुनाव प्रचार अभियानको तुरन्त एक दिन पछि आएको हो। चुनाव प्रचारको क्रममा बङ्गालको जनतालाई पाँच सालको निम्ति म्यान्डेट माग्दै अमित शाहले बङ्गाललाई पाँच सालभित्रमा ‘सोनार बाङ्गला’ बनाइदिने बाचा गरिसकेका छन्।

शाहले राज्यको आउँदो विधानसभा चुनावमा २०० सिटको साथमा भाजपाले सरकार बनाउने दावा पनि पेश गरेका छन्।

गत शनिबारको दिन शाहले तृणमुल काङ्ग्रेसका केही बागी नेताहरूलाई भाजपामा सामेल गराएर राज्यमा दलको चुनाव प्रचार अभियान कति तीतो हुने हो त्यसको स्पष्ट सङ्केत दिइसकेका छन्।

त्यही दिन वर्धमानका तृणमुल सांसद सुनिल कुमार मण्डल, नौ विधायक अनि अन्य नेताहरूसँग भाजपामा सामेल भएका राज्यका भूतपूर्व यातायात मन्त्री सुवेन्दु अधिकारीको गढ मानिने मिदनापूरमा आयोजन गरिएको जनसभामा शाहले ममतालाई चुनौति दिँदै भने, ‘यो त केवल एक शुरूवात हो।’

चुनाव आउने बेलासम्म ममता व्यानर्जी एकलो हुने दावा पनि अमित शाहले त्यस जनसभाको मञ्चबाट दावा गरे।

‘यसचोटि बङ्गलादेशबाट अनुप्रवेशकारी रोक्न, राज्यमा व्यप्त राजनैतिक हत्याको सिलसिलालाई विराम लगाउन, धाँधली अनि भतिजाको दादागिरी रोक्न बङ्गालको जनता परिवर्तन चहान्छन्’, मुख्यमन्त्रीको भतिजा अभिशेष व्यानर्जीतिर निशाना साँध्दै अमित शाहले आइतबार भने।

बङ्गालको सत्ता हत्याउन भाजपाले हरेक तरिका अप्नाइरहेको बेला, ममताले आफ्नो सरकार बचाउन चुनाव अगाडि राज्यभरि लगभग ६०० ऱ्याली आयोजना गर्ने योजना तयार पारिरहेकी छिन्। स्रोत अनुसार सन् २०१९ को आम चुनावकै ढाँचामा भारतका सबै भाजपा विरोधी दललाई आमन्त्रण गरेर जनवरीभित्र ममताले कलकत्तामा एउटा विशाल ऱ्याली आयोजना गर्ने तयारी गरिरहेकी छिन्। उनले त्यस विराट ऱ्यालीमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, स्टालिन, एनसिपी नेता सरद पवार लगायत अन्य क्षेत्रिय दलका नेताहरूलाई निम्याउने सङ्केत पनि पाइएको छ।

 भाजपालाई बङ्गाल विधानसभा चुनावमा डबल डिजिटको आँकडा पार गर्न पनि हम्मेहम्मे पर्छ भन्ने प्रशान्त किशोरको ट्वीटको जवाबमा यता बङ्गाल भाजपा प्रभारी कैलाश विजयवर्गियाले पनि भर्खरै एउटा ट्वीट साझा गरेका छन्।

‘बङ्गालमा अहिले जसरी सुनामी चलिरहेको छ, सरकार बनिसकेपछि देशले एक चुनाव रणनीतिकार गुमाउने तय छ’, प्रशान्त किशोरतिर व्यङ्ग्य कस्दै विजयवर्गियाले ट्वीटमा लेखेका छन्।

यसै पनि भाजपाको गतिविधि तीब्र बन्नेमात्र होइन तृणमूलमा नै भटाभट पैह्रो जानेवित्तिकै प्रशान्त किशोरको यो ट्वीटले किशोर आफैलगायत तृणमूल काङ्ग्रेससमेत आत्तिसकेको हो कि भन्ने भनक भने दिएकै छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन